गोरेटो

– मनु वि.क.
पहाडी बाटो सजिलो छैन । बाटो उकालो ,ओरालो रहेको छ । माथिबाट वर्षा होस या हिउँद माटो झरिरहेको हुन्छ । माटो संगै सानाठूला ढुङगाहरुपनि झरिरहेका हुन्छन् । यो ढुङगाहरु झर्ने कारण बाटोमा हिँडिरहेकाहरुलाई पनि डर लाग्ने हुन्छ । बाटो उकालो होस या ओरालो जस्तो सुकै भएपनि उकालो हिड्नेहरु उकालै हिड्नु प¥यो ओरालो हिड्नेहरु ओरालै हिड्नु प¥यो । आखिर हिड्नु त प¥यो ।आखिर गन्तव्यमा पुग्नु त प¥यो ।

पहाडी बाटोमा ढुङगाहरु चुच्चाचुच्ची रहेका छन् । ढुङगाको सानासाना टुक्राहरु यसो हिँड्दामात्रै पनि गुडुल्किन्छन् । बाटोमा गुडुल्किने ढुङगाहरुमा लर्किएर लड्ने अति सम्भावना छ । ढुङगामा लर्किएर रक्सी खाएका मान्छेहरु धेरै घाईते भएका छन् । खुट्टा मात्रै तलमाथि भयो भने सिधै खोलामा पुग्न कुनै बेर छैन । जे भएपनि बाटो निकै चलन चल्ती कै रहेको छ । बाटोमा घास काट्नेहरु दाउरा गर्नेहरु देखि लिएर व्यापार व्यवसाय गर्नेहरु ,भारी बाकेर बेसाहा बोक्नेहरु ,गाईबस्तु चराउने सबैले प्रयोग गर्दछन् । निकै होसियारी साथ हिड्नुपर्ने हुन्छ फेरी पनि मानिसहरु होसियारी साथ नै हिडेका हुन्छन् । केटाकेटीहरु होस या बुुढाबुढी हिडिरेका छन् ।बुढाबुढी लट्ठीको सहारामा भएपनि हिड्नु पर्ने भयो केटाकेटी त अलिकता पाईला राख्न पाएमा हिँडिहाल्छन् । जो यो बाटो हिडिरहने केटाकेटी छन् उनीहरु त फिलिलि कुदिहाल्छन् ।

यो बाटोमा हिड्नेहरु भारी बोकेर बजार भेट्न जान्छन् । बाटोका घासको भारी बोकेर हिड्नु निकै गाह्रो छ । घासको भारी बोकेर हिड्न तलबाट माथि उकालो उक्लन स्याँ स्याँ हुने नै भयो । ओरालोमा खुट्टा थरथराउनै नै भयो । घाम पानी नभनेर हिड्नु प¥यो । सकी सकी हिड्नु प¥यो । बाटो कहिले पहिरोले छेकिन्छ ।बाटोमा कहिले माथिबाट खसेका ठूला ठूला ढुङ्गा आएर बाटोलार्ई छेक्ने गर्दछन् । जब बाटोमा ढुङगा आएर छेक्दछ मानिसहरुले त्यो ढुङगालाई पन्छाउन पनि कुनै बेर लगाउँदैनन् । पहिरो आएर छेकेको बेलामा पनि त्यसलाई फाल्न कुनै बेर लगाउँदैनन् ।बाटो हो आखिर बाटो सबैलाई चाहियो । यो बाटो नबनेमा त मानिसहरुले अर्को बाटो प्रयोग गर्न पाउने कुरा केही छैन । बाटामा पहिरो आएर छेकेको अवस्थामा पनि बाटोमा हिड्न नै प¥यो । मानिसहरु बजारमा सामान बिक्री गर्न जान्छन् । बाटोमा बिस्तारै हिड्नु पर्ने हुन्छ । तलबाट चढ्दा उकालो तथा माथिबाट झर्दा ओरालो छ । बाटोमा विभिन्न मान्छेहरुको ओहोर दोहोर चलि नै रहन्छ ।

पहाड निकै माथि रहेको छ । गाउँदेखि छिटो हिड्ने मान्छे एक घण्टामा पुग्दछन् ्ढिलो हिड्ने मान्छेलाई दुई घण्टानै लाग्दछ । केटाकेटीहरु हिड्न निकै गाह्रो छ । माटो रातो खालको छ । यो बाटो हिँड्न निकै गाह्रो भएपनि मान्छेहरुले यो बाटोको प्रयोग नगरी रहन सक्दैनन् । सबैको प्रयोगमा रहेको यो बाटोमा टाढा पढ्न हिड्नेहरु पनि हिँड्दछन् । जो पढ्न हिँडेका छन् जसले भविश्यको खोजीमा हिँडेका छन् उनीहरु पनि यहि बाटोबाट हिँडेर माथि पुगे जो हिँड्दैछन् उनीहरु पनि यहि बाटो हिँडिरहेका छन् । बाटो हिड्दा हिड्दै मान्छेहरुले बस्न मिल्ने खालको स्थान बनाए । खने खोस्रेर बस्न मिल्ने गराए । उकालो बाटो भएकाले यो बाटोमा तलबाट चढ्नेहरुले माथि पुगेर सानो सास विसाउने आराम गर्ने स्थल बनाए । आराम गर्ने स्थानमा बसी मानिसहरुले तमाखु निकालेर स्याम्म खाई धित मार्दछन् । आखिर धित मरुन्जेल न आराम हो । यहाँ जो त्योले आराम पाउने कुरा भएन । संधै आराम गर्नेहरु त यो बाटोमा हिड्न पाउँदैनन् ।

यो बाटो गुण अवगुण दुवैले भरिएको छ । यो बाटो तल फेंदीबाट जब चढ्दै जान्छन माथि नपुग्दा सम्म लामै समय पाईलाहरु चाल्नु प¥यो । पाइलाहरु चाल्दाचाल्दै नै माथि पुगिने हो । शुरुमा हिड्न गाह्रो हिंडेपछि पुग्न गाह्रो पुगेपछि त पुगिहालियो नि । मान्छेले जे काम मापनि शुरु गर्न गाह्रो तथा पुग्न गाह्रो हुन्छ । यसको फेंदीबाट चढेपनि पुग्नलाई तीन घण्टा माथिबाट झरेपनि विश्रामस्थलसम्म आउन तीन घण्टा लाग्ने नै भयो । जे होस केही समयको कुरा नै हो । तलबाट माथि गएकाहरुलाई विश्राम स्थल पुग्न सम्म स्याँ स्याँ गर्नु पर्ने नै भयो चानचुने हिम्मतले पुगिँदैन विश्रामस्थल । विश्राम स्थलमा बसेर चिसो पानी खानु । पोको पारेर ल्याएको रोटी अथवा केही खाना खानु र शरीरमा उर्जा भर्नु शरीरले निकै आनन्दको महशुस गर्ने नै भयो । विश्राम स्थलमा पुगेर खाना खानु पानी पिउनु र शरिरको थकान मेट्नु निकै आनन्दको कुरा हुने भयो । त्यसमा उकालो गोरेटोमा रहेको विश्रामस्थलबाट देखिने माथिको दृश्य ,पर पर डाँडाहरुको दृश्य ।चराहरुले आफ्ना पखेटा नचाउँदै एक रुखबाट अर्को रुखमा पुगेको दृश्य, भँगेरा र रानीचरीहरुले आफ्ना पखेटालाई नचाउँदै वारि देखि पारी गरेको दृश्यले थकित मनमा पनि भरी आनन्द भर्दछ । ढुकुरको जोडी साच्ची मायाको डोरी एकको आवाजमा अर्कोलाई बोलाउने ,एक आवाजमा प्रेमीलाई चलाउने र जगाउने ।चराको जोडी हो देख्दा निकै मन लोभ्याउँदछ ।

ंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंमनलाई निकै चङगा बनाउँदछ । सबैले चरालाई हेरेर चरा जस्तै बन्न खोज्दछन् ।साँच्ची चरा स्वतन्त्र छ । यो डाली र त्यो डाली चाल्न । साँच्ची चरा स्वतन्त्र छ वारि र पारी गर्न । चराको माया ,चराको पिरती सबै सबै लोभलाग्दो ।चराको उडाई ,चराको हिडाई सबै आशालाग्दो र सपना भर्ने खालको ।

डाँडाका सल्ला र धुपीहरुमा रानी चरीले फुर्र फुर्र गर्दै चिरविराएको निकै कानमा नै गुन्जिरहन्छ । फूलमा माहुरीहरुले ,भीर माहुरीले रस चुस्दै उडेको निकै राम्रो देखिन्छ । माहुरीले रस मात्रै लिएर उड्दैन उसले विरुवामा परागसेचन समेत गरेर जान्छ । परागसेचन पछि फूलहरुले मिठो फल दिन्छन् । भँमराहरु यो फूल र त्यो फूल डुलेको देखेर यो गोरेटोमा हिड्नेहरु नै लठ्ठ पर्न पुग्दछन् । यो गोरेटोमा आउनेहरु थकाई मार्नलाई सिर सिर हावा चलिरहन्छ । हावासंगै गोरेटोका यात्रीहरुले आफ्ना पीर दुःख भुल्न पुग्दछन् ।

हो यो गोरेटो साँच्ची नै राम्रो छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण छन् । लहराहरुले बेरिएको ,लहराले झ्वाम्म ढाकेको भागमा जीवन दिने पानीको मुहान छ ।मुहानमा पानी खान जो पनि जान रोकिने कुरा भएन । भुल भुल पानी निस्कन्छ । निस्केको पानी अंजुली भरी उठाएर घट्घटी पिउँदाको मज्जा नै बेग्दै, जीवन नै बेग्लै ।

यस्तैमा रहेको छ यो गोरेटो । गोरेटोको यात्रामा सम्झना पनि त आफ्नै भविश्यको खोजी गर्न निस्किई एक दिन । एक दिन भदौ महिनाको अन्तिमतिरको दिन थियो । भदौ महिना आफैमा निकै राम्रो महिना हो । कहिले काहीँ सिम सिम पानी पर्ने , कहिले काहीँ बादल पनि लागि हाल्ने । पानी पर्दा पनि त्यति जोड सित पानी नपर्ने बादल लाग्दा पनि त्यति जोडसित नलाग्ने । डाँडाकाँडा हरियो भएको । माथि माथि बारीका पाटाहरुमा मकैका बोटहरु उभिईरहेको देख्दा नै मनै रमाईलो भईरहेको । यहि बेलामा सम्झना घरबाट विदा भएर आफ्नै भविश्यको खोजी गर्न निस्किई । आफ्नै भविश्य निर्माणको उद्देश्य लिएर उही गोरेटो भएर विस्तारै पाईला चालिरही । उकालोबाटो स्याँ स्याँ गर्दै हिँडिरही । उ बाटोमा हिँड्दै थिई कैयौं दिदी बहिनीहरुले वनको पाखामा विरहका गीत गाईरहेको सुनी । कैयौं दाउरेहरुले दाउरा ठ्वाक ठ्वाक पारेको सुनी । विहानको लालीका निस्केकी सम्झनाले झण्डै एक घण्टा सम्म नरोकिईकन हिँडी । बाटोमा सम्झनाले मनमनमा अनेकौं कल्पनाहरु गर्न पुगी । मेरो भविश्य के होला ? मेरो दिनहरु कसरी बित्लान ? मेरो अविभावकले मेरोलागि के के सम्मगर्न सक्ने होलान् ? म बाटोमा कहाँ कहाँ ठक्कर खानु पर्ने होला ? वा जीवन सजिलै पो काट्न सकिएलाकि ? यस्तै यस्तै त हुन् ।
बिहानैमा निस्केकी जब गोरेटो हुँदै माथि माथि गई घाम ले पनि मुस्कान फिँजाउँदै गयो ।घामले सम्झनालाई नै हेरे जस्तो गरी प्रकाशहरु फालिरह्यो । सम्झना माथि माथि घाम हेर्दै घामकै इशारामा पाईलाहरु चाल्दै गई जब पहाडको बाटो गोरेटो सम्म पुगी त्यहाँ घाम संगै चराहरुले सुनिरहँु लाग्ने खालको मिठो गीत गाईरहेको थिए । चराहरु चिरविराईरहेका थिए । गोरेटोका छेउछाउमा रातमा पोखिएका शितका थोपाहरुले इन्द्रेणी रंग भरेर टल्पलाउँदै थिए । घसौरेहरुले वनमा मीठा भाकामा गीत गाउँदै थिए ।जीवन जिउने गीत थियो त्यो जीवन जगाउने गीत थियो त्यो ।

सम्झनाले मन भारी बनाउँदै पाईला चालिरेकी थिई । त्यहाँ एक जना गाउँकै अलि पाको चिनेको दाई देखी । उनी संगै एक जना नचिनेको भर्खरको कलिलो उमेरको उनको साथी पनि देखी । उनलाई देख्नेवित्तिकै नमस्कार गरी । उनलेपनि नमस्कार फर्काए र सोधे कहाँ जाने बहिनी ? सम्झनाले जवाफ फर्काई क्याम्पस पढ्न हिनेको के भएको छ कुन्नि ? मलाई क्याम्पसको बारेमा केही कुरा थाहा छैन । त्यहि भएर बुझ्न हिँडेको ।उनले मलाई अहिले क्याम्पस खुलेपनि पढाई शुरु नभएको सम्झनालाई कुरा सुनाए । उनी दाई संगै आएको मान्छेलाई हेर्न सक्ने कुरा भएन ।

उनलाई देखेर सम्झना हेरेको हे¥यै हुन पुगी । सम्झनालाई उनीसंग बोल्न मन लागेको थियो तर बोल्न सकिन । मनमा केही कुरा आएको थियो तर भन्न सकिन । सम्झनालाई अघि भन्दा फरकपन आयो ।सम्झना पसिनाले भिजे भन्दा पानी पानी भई । गाउँको दाईसंग कुरा गरी तर बोल्न मन दाईसंग आउने दाईको साथी संग थियो तर बोल्न सकिन ।

गोरेटोमा भेटिएका उनीहरुमा दाईको साथीलाई उसले एक छिन मात्रै देखेको थियो ।एक चोटी मात्रै पहिलो पटक देखेको थियो । तर उसले विर्सनै सक्ने कुरा भएन । नजरले यस्तो भईकी सम्झनाले सारा कुरा भूल्न पुगी । गोरेटोमा भेटिएका गाउँका दाईहरु आफ्नै बाटो लागे । सम्झनाले गोरेटो पार गरेर अगाडि जानु पर्ने थियो गई । पार गरेपछि सम्झनाले गाडीको बाटो भेट्न पुगी गाडीमा बस्दै भर्खर भेटेको मान्छेकै कल्पना गर्न थाली । दिनहरु ढिलो चाँडो बित्न थाले ।

सम्झनाले आफ्नै बाटो लागी । सम्झनाले मनमा उहीदाईसंगै आउने मान्छेको अनुहार मनमा खेलाउँदै हिँडी । मनमा उसंगै भेट भएको ,उसंगै बसेको ,उसंगै दाउरा घाँसमा गएको ,उसकै वरिपरि भुलेको कल्पनामा रमाउँदै हिड्ने भई । क्याम्पस आई पढाईमा लागी तर सम्झनाले उसलाई बिर्सन सकिन । सम्झनाले उसलाई नै मनमा बोकेर हिँडी रही । एक दिनको कुरा हो सम्झनाले जो मान्छेलाई आफूले मनमा बोकेर हिँडेकी थिई उसलाई आन्दोलन संघर्षमा लागेको देखी । यो देखेपछि सम्झनाले सोची साँच्ची यो मान्छे त मैलै गाउँको दाईसंग देखेको मान्छे हो भनेर मन मनमा सोची तर केही बोलिन । उसले मनमनमा सोची म उनी हिँडेको बाटो हिड्न सक्छु या सक्दिन्न । मैले पनि यो बाटो हिँडेमा हाम्रो भेट होलाकि नहोला ? तर उसंग कहिल्यै पनि भेट हुन सकेन किनकि सम्झनाको विचार भन्दा फरक विचारको राजनीति गरेर हिँडेको रहेछ । फरक स्वभाव बोकेर हिँडेको रहेछ । उसले मन मनमा सोची भेट हुनकोलागि त बानी ,व्यहोरा राजनीति विचार सबै मिल्नु पर्दछ । संगै हिड्नकोलागि त झनै सबै कुरा मिल्नु पर्दछ ।तर मिल्ने कुरा भएन ।

उसले मनलाई अरु माथिल्लो विचारतिर मोडी । तर कहिलेकाही सम्झनाको सपना या विपनामा उ भने आईरहन्छ । सम्झनाले अर्कै राजनीति बोकेर हिँड्न थाली । त्यो थियो गरिब दुःखीको लागि जिउन सिकाउने राजनीति गरिब दुःखीको घरमा जाने राजनीति गरब दुःखीको मुक्ति यात्रामा सघाउने राजनीति ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित