गजल

–मेघराज भट्टराई

कुनै युद्ध चले जसरी तिमी त विदेशी भयौ यसरी
त्यो सुन्दर गाउँ घर वनपाखा विरान भयो बेस्सरी

गाउँमा वजन छोड़े मादल मुरली मुर्चूँगा खÞैजडी
न बिहे हुन्छ न छैटी, न्वारान खुसी छैन बाँचने कसरी

उजाड़ भए छन हरियाली गाउँ बस्ती युवा विहीन
अब त अत्ति भए छ मलामी नि पाउन छोड़े जसरी

विकास आफÞैले गर्नु पर्छ आफ्नो लागि गाउँ ठाउँको
आज प्रदेशमा मर्नु परेको छ कोही नभएको जसरी

हाम्रा वाद्यय वादन गीत संगीत सबै लोप हुन लागे रे
तिमी अर्काको संगित संस्कृति मैं रमाउँदा यसरी

तिम्रो मातृ भूमि विदेशीको खेल मैदान भए छ बाबु
सम्पदा सम्पत्तिमा लुट चलेछ चौकीदार नहुँदा जसरी

न चाडपर्व न मेला हुन्छ त्यो हाम्रो जन्मे हुर्केको ठाउँमा
खुशी खोजी प्रदेश गयौ खुशी आएन दुःख बेस्सरी

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित