देशका वीर सपुत

कविता

– प्रबिन खड्का

पहाडका झरना कति स्वच्छ भै झर्छन
यो देशका वीर सपूत देश कै लागि मर्छन,
कोमल हात, पाखुराहरु यै माटोमा खियाउँछ्न
सारा श्रम पसिनाहरु यै माटोमा मिसाउँछ्न,
युवा शक्ति एक जुट भै देशको सेवा गर्छन
यो देशका वीर सपूत देशकै लागि मर्छन !

कोपिला हो यो देश हाम्रो फुलेपछि सुवास देला
विकासले फुलाउनु छ यो देशलाई यति बेला,
भुल्नु हुन्न वीर शहिद शहिदको बाटोलाई
परिश्रमले फुलाउनु छ यो देशको माटोलाई,
गोर्खालीको विरता देखि सत्रु ज्युँदै मर्छन
यो देशका वीर सपूत देशकै लागि मर्छन,

मेची काली दुइ हात हाम्रा सगरमाथा शिर
सम्झिरहन्छ शहिदको रगत नेपाली यो वीर,
प्रकृतिले भरिपूर्ण नेपाल देशलाई ठान्छन्
गोर्खाली हुन वीर भनी संसार भरी मान्छन्,
पहाडका झरना कति स्वच्छ भै झर्छन्
यो देशका वीर सपूत देशकै लागि मर्छन् ।
घोराही–१४, दाङ

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित