वर्षौंदेखिको कारवाहीको माग

– मनु वि.क.

कारवाही गर !कारवाही गर !
सडकमा लागिरहेछ
कारवाही गर! कारवाही गर !को नारा
लागिरहेछ सरकारसंग मागको नारा
सडकमा खाली खुट्टा
महिनौं दिनसम्म हिँडेर आएका छन्
काठमाण्डौ अर्थात शासकको आँगनमा
न्याय माग्न ।
माग केही होईन कारवाहीको छ
माग केहीको होइन न्यायको छ
हातमा केही छैन खाली छ
न्यायको व्यार्नर र कारबाही गर! को नारा छ
र आस एक कारवाहीको छ ।
मैलो धैलो लुगामा नारा लगाएकाहरुको आवाज
दबाउन कतै सडकमा छेकिन्छ
कतै द्वारमा रोकिन्छ
परिचालन गरिन्छ सुरक्षाकर्मीलाई
कतै वर्षाईन्छ लाठी र गोली
कतै ढालिन्छ योद्धाहरुलाई ।
कतै दबाईन्छ बातले
कतै लडाईन्छ घातले
त्यहीँ बात र घात सहँदै उठिरहेको छ
कारवाहीको माग ,उठिरहेछ न्यायको आवाज ।
समाजमा चरम ठगी र शोषण छ
समाजमा गरिब लुटिएको छ
लुटमा सरकारको साथ पाएको छ
साहु महाजन मोटाएको छ
गरिबलाई सिध्याएको छ
घरबास उठिबास बनाएको छ
एक सास धान्न गरिबलाई धौ बनाएको छ ।
संधै सहेर को बस्न सक्छर हजुर ?

त्यसैले त कारवाही गर! को नारा लागेको छ
न्यायको माग उठेको छ
कारबाही नगर्ने कमजोरी त हजुरकै हो हजुर
तर मत कारबाहीको माग गरिरहेको छु वर्षौदेखि ।

२०८० /११ /१४ काठमाण्डौ

 

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित