शुभ–कामना छ तिमीलाई

–कुमार

म सानो हुंदा सुन्ने गरेको थिंएं

हलो काटेर मुंग्रो,

अनि त्यसरी नै सुनेको थिंएं

न बजे बांसुरी,न रहे बांस

आजकलका दिनहरुको मुल्याङ्कनमा लाग्छ

हामी कतै त्यस्तै अबस्थामा त छैनौं ?

 

यतिबेला जीबनले कोल्टे फेर्न थालेकोछ

तिमीसंग लाप्पा खेल्दा खेल्दै थाकेर म

बिस्तरामा लम्पसार परेर सोचिरहेकोछु

किसानका धानका फांटहरुमा पहेल्पुर बन्दै

ब्यापारीका गोदाम र पसलहरुमाा सुगन्ध छर्दै

तिमी आफ्नो गुमेको जवानी प्राप्त गर्न

आंट,शाहस र हिम्मत बोकेर

गाउँंबाट भरखर शहर छिरेका ठिटीहरुले जस्तै

शरिरमा लगाइएका बस्त्रहरु छरपष्ट भए पनि

शिकारुले ओठमा पोतेको लाली छुट्टिएको भए पनि

उत्रेकी छौ सुन्दरी प्रतियोगितमा

शहरीया नबयौबनाहरुसैगै !

 

तिम्रो घांस,दाउरा,उकाली,ओराली

भन्ज्याङ्ग र द्योरालीहरुमा दौडेको अनुभब

सुन्दरीहरुको प्रतियोगितामा

क्याटवाकको मापदण्ड भित्र पर्छ,पर्दैन ?

तिम्रो प्राकृतिक सुन्दरताले

कृतिम रुपमा सजिएका सुन्दरीहरुसंग

प्रतिष्पर्धा गर्न सक्छ कि सक्दैन ?

सार्बजनिक धारोहरुमा नुहांउंदाको अनुभबले

सुन्दरी प्रतियोगिताको शरिर जंचाउने होडमा

काम गर्छ कि गर्दैन ?

 

शुभ–कामना छ तिमीलाई

आजको स्लिम रुचाइने युगमा पनि

भद्धा र स्थुल शरिर लिएर पनि

उत्रेकीछौ सुन्दरी प्रतियोगितामा

उमेरको हदले पिरोल्ने ठांउमा पनि

चार दशक पार गरीसकेकी तिमी

प्रतिष्पर्धाको लाममा बसेकी छौ ।

 

हामीलाई थाहा छ

प्रतिष्पर्धीहरुले तिमीलाई घेरीरहेका छन

यसर्थ कि

तिम्रो अनुभब अनी कार्य सन्जाल

थोरबहुत रुपमा चल्दै गरेको ऋद्यक्

कतै तिमी आउने त होइनौं

गोमन सांपको रुपमा हुङ्कार गर्दै ?

 

यतिबेला शिखरमा पुगेको बिश्व पूंजीबादले

ग्लोबल ईकोनोमिक क्राईसिसबाट तर्सिएर

दास क्यापिटलका पानाहरुमा समाधान खोज्न थाले जस्तै

कुनै दिन ग्लोबल मार्केटका ईकोनमिक सुन्दरीहरु

नेपाल र नेपालीहरुको मौलिकता खोज्न

तिमीले पहिचान गरेको कठिन बाटो रोज्न

तिम्रो अनुभबको सिको गर्न थाल्नेछन

त्यसैले प्रतिष्पर्धाका हरेक मोड र घुम्तीहरुमा

शुभ–कामना छ तिमीलाई सदा उत्कृष्ट बन्न ।

 

पाटनढोका

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित