मानबहादुर भण्डारी खजुरा बाँके
ए कता ?
यता कि उता
लौ न बता
तँ न जा उता
आ बरु यता
नगर एकता
बिचरा बाध्यता ।
अनेकतामा एकता
जडता तोडि लचकता
ओढेर एउटै छाता
सिंगार्नु छ जगत
तातो रातो रगत।
बर्ग शत्रुको लिई राहत
वर्गसंघर्षलाई पारी आहत
क्रान्तिलाई बनाई मर्माहत
सुनिन्छ उनकै बर्बराहट।
आउँछन बनी विद्वान
अनि गाउँछन गुणगान
आफुलाई ठानी महान
शान्त तलाउमा ढुंगा नहान।
बनेको छ नयाँ घर
छैन कुनै भय डर
खुल्नेछ आकाश
छर्ने छ प्रकाश
हुँदैछ आभास ।
Comments

