मनु विक
उ सानो हुन चाहन्न
हो उ आफूलाई निकै महान छु भन्दछ
हो उ आफूलाई सबैभन्दा जान्ने हुँ ठान्दछ
महान, जान्ने ,हर्ताकर्ता ।
आफू नै विचारक
आफू नै अब्बल
उसले छेउछाउमा कोही देख्दैन ।
कसैले कति काम ग¥यो सोच्न सक्दैन
कमजोरी थाहा पाउँदैन
थाहा पाउनेले भनिदिँदा स्वीकार्दैन
आफ्नो ढिपी छोड्दैन
अघि पनि बढ्दैन
बाटो पनि जान्दैन
बाटोमा पनि आउँदैन ।
आफू मात्रै सबैकुरा भएपछि
समस्या त हुने नै भयो
यसले निकै गाह्रो ।
चल्न गाह्रो
टिक्न गाह्रो
टिकाउन गाह्रो
बुझ्न गाह्रो
बुझाउन गाह्रो
अरुलाई गाह्रो
आफैलाई गाह्रो ।
Comments

