मुक्तकहरू

करन दयाल

(मुक्तक १)
मलाई अछुत भनेर जताततै हेला गरिन्छ
मानव भएर पशु जस्तो व्यवहार गरिन्छ
यस्तो चलनको अन्त भइसक्यो भन्ने गर्थे
यहाँ त दिन प्रतिदिन अपहेलित भइन्छ

अछुतहरू केही मात्रामा पनिअलग देखिदैन
हाडमासु रगत कुनैमा पनि फरक देखिदैन
अछुत र अरूहरूमा तुलना ग¥यौं गर्याै भने
पनि कहि कतै तर्कमा पनि फरक देखिदैन ।

बरू अछुत भनिनेहरूको खुबी राम्रो छ
अनुशासन धैर्यता लगनशील बानी भकोछ
उनीहरू सीपश्रमका अति सिपालु देखिन्छन
सबै जातजातिहरू भन्दा अछुत सर्वाेपरि छ।

सियो देखि चन्द्रमा पुग्ने यान बनाउने दलितले
संसारलाई रोलमोडल डिजाइन बनाउने दलितले
सीप श्रमको सम्मान गर्नुको सट्टामा अपहेलना
विकृति अमानवीय व्यवहार सहन पर्ने दलितले ।

सीप श्रम दलितले गर्दैन भने संसारै न चल्ने।
दलितको सीप श्रममा छुवाछूत हुन्न यो सबै चल्ने ।
दलितको सिपबाट बनेका गहना जति चल्नेबरू
दलितको केटीहरू चल्ने दलित पटक्कै नचल्ले।

जुन पक्षले संसार हराभरा गरेको छ त्यही अपहेलित छ
काम गर्ने कालू मकै खाने भालु भनेझैं भएको छ
अछुतहरू सीप कलाका मालिक भएर आदर्श नभाको
छर्लङ्गै देखिएको छदै छ अरू अपमान झेल्नुपरेको छ।

अछुत भनिनेहरू मानव भएर पशु व्यवहारमा छन्
पशु भन्दा नि तल्लो श्रेणीको अपहेलना झेलेका छन
मानव भएर पशु व्यवहार झेल्नु परेको अछुत हरूले
अब अत्याचारको विरूद्वमा संघर्षशील भएका छन् ।

मागेर होइन खोसेर आफ्नो अधिकार लिनुपर्छ
अधिकारको लडाइँको लागि आफै तयार हुनुपर्छ ।
अधिकार प्राप्तिको लागि सम्पुर्ण दलित एकता हुनु
पर्ने जरूरि देखिन्छ, त्यसैले अछुतहरू एकता हुनुपर्छ ।

दलितले दलितलाई छोइछिटो गर्ने चलन अझै छन्
यी समस्या दलितहरूमा अझैसम्म बाजिएका छन्
दलितले दलितमाथि हुने छुवाछूत प्रथाको अन्त गरी
सम्पुर्ण दलित एकजुट भए समस्या समाधान हुने छन् ।

कानुनमा लेखिएकै छ व्यवहारमा उतार्न सकेको छैन
कानुनले जति लेखे पनि व्यवहारमा लागू गरेको छैन
अछुतहरूको हित र कल्याणका लागि बनेको कानुन
व्यवहारिक दिने बेला दलितको हितमा कहीं पनि हँुदैन ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित