मनु वि.क.
नेपाली साँच्ची नै आफ्नै देशमा बस्न चाहन्थे
देशमै आफ्नो पसिना पोख्न चाहन्थे
के कमी छर नेपाल देशमा ?
नेपाली आफ््नै देशमा रम्न चाहन्थे
नेपाली आफ्नै देशमा घुम्न चाहन्थे
के कमी छर नेपाल देशमा ?
नेपाली आफ्नै देशको पानी खान चाहन्थे
नेपाली आफनै देशको हावा खान्थे
के कमी छ र नेपाल देशमा ?
नेपाली आफ्नै पाखो खन्न चाहन्थे
नेपाली अब्बल बन्न चाहन्थे
के कमी छर नेपाल देशमा ?
नेपाली आफ्नै पाखा डुल्न चाहन्थे
आमाको काखमा भूल्न चाहन्थे
के कमी छर नेपाल देशमा ?
नेपाली हिमाली शिरको रातो घाम हेर्न चाहन्थे
पहाडी माटोमा डुल्न चाहन्थे
के कमी छर नेपाल देशमा ?
नेपाली तराईको फाँटमा उम्रिन चाहन्थे
तराईको फाँटमा डुल्न चाहन्थे
के कमी छ र नेपाल देशमा ?
नेपाली आफ्नै देशको गौरवमा रम्न चाहन्थे
नेपाली आफ्नै पाखुरीको पौरखमा खुल्न चाहन्थे
के कमी छर नेपाल देशमा ?
नेपाली आफ्नै रगत पोखेर बाँच्न चाहन्थे
नेपाली आफ्नै जोस उमारेर नाँच्न चाहन्थे
के कमी छर नेपाल देशमा ?
तर नेपाली पुगेका छन् विदेश
रोइरहेको छ यो देश
नीति र नेता गलत भएपछि
जनताले देश छाड्ने नै भए
जनताले दुःख पाउने नै भए
जनता विदेश धाउने नै भए ।
देशमै बस्न चाहने नेपाली
Comments

