गतांकबाट क्रमशः
सबैको प्यारो फुलराम
मध्यम कद काठि, श्यामवर्णरंग हास्दां दाहिने गालामा खोबिल्टा पर्ने, छचरा दाँत, गोलो अनुहार, माथिका दुईवटा दाँत झरिसकेका थिए । हाँस्दा एउटा दाँत अलग्गै बाटोमा किलो गाडिएको झै देखिन्थ्यो । शिरमा साधारण निलो टोपी, टेरलिनको सर्ट, काँधमा एउटा रातो सेतो घर्के रूमाल, कछाड बाँधिरहने । तर डुङ्गा चलाउँदा उनले कछाड नबाँधेर केवल भेगुवा मात्र लगाउने गर्दथे । उनले चप्पल लगाएन्न । काठको पौला खराउँ जस्तो हुन्छ लगाए । फुलरामको परिवार निकै ठुलो थियोे । उनीहरूले भैँसीपालन गर्ने भसवार घरका पनि मानिसहरूले भन्दथे । उनी मुस्किलले ५–६ घन्टा सुत्ने र आरामको समय पनि उनको त्यही थियो । उनीबाट सिक्नु पर्ने धेरै कुरा थिए । जसमा सबैभन्दा ठुलो कुरो मैले देखेको त्यो थियोे – जे जस्तो सुकै काम भएपनि गर्न सकिन्न हँुदैन, या यस्तो कुराको जिम्मा नदिनुस आदि कुरा कहिल्यै गरेको मलाई ज्ञात छैन । आफुले गर्न नसक्ने कामलाई पनि उनले कुनै न कुनै स्रोत, सम्पर्क परिचयद्वारा सकेसम्म पूरा गरि छाडने नभ ए आफ्नो पूरा शक्ति लगाएरै छाडने।मानिसहरू उनी कहाँ अक्सर कुषि सम्बन्धि काम लिएर आउने गर्दथे । जसमा मुख्यतः जोत्नका लागि ठुला ,साना रागां, पाडाहरू र लैनो भैंसी चाहियो । यस बाहेक त्यतिबेला कमैया कम्लहरी राख्ने व्यापक चलन थियोे । देउखुरी उपत्यकाबाट यहाँ उत्पादन गरिएका वस्तुहरू त दाङ, काठमाडौ र राजधानीमा समेत जाने गर्दथे भने, बधु वा श्रमिकको रूपमा पनि मानिसहरू लैजाने चलन भएकोले उनको सम्पर्कमा रहेकाले यसको पनि व्यवस्था मिलाउन भन्ने गर्दथे । उनले मिलाउँथे पनि । उनी आफु पनि साक्षर थिएनन् । त्यसैले घरमा आफ्ना परिवारका सन्तानलाई शिक्षा दीक्षा दिने काम त्यति राम्रोसंग गर्न सकेनन् । अब डुङ्गासँग जोडिएका केही कुरा गरौं । उनलाई करिब करिब देउखुरीका अधिकांस मानिसहरूले चिन्दथे र दाङकाले पनि धेरैले नै जान्दथे । उनी यति धेरै व्यस्त रहन्थे कि कैयौं पटक त उनीसँग हिँडदा हिँडदै कुरा गर्नु पर्दथ्यो । उनको कारणले सेमरहवा र हाम्रा गाउँ बलरामपुरको बीचमा निकै प्रगाढ सम्बन्ध थियोे ।
त्यो एक दलीय राजतन्त्रात्मक तानाशाही पञ्चायती निरंकुश शासन थियो । त्यो अवस्थामा ठूलाले जे भने पनि मान्नु पर्ने, नमानेमा विभिन्न झुट्टा मुद्दा, जालझेल, जनताका लागि कुनै नौलो कुरा थिएन । तर त्यस बखतमा पनि अशिक्षित गाउँले भएर पनि उनले हामी घाटवालेहरूको पक्षमा डटेरै लडथे । यद्यपि उनको तरिका निकै फरक हुन्थ्यो । यसैपनि उनी ठुलाबडालाई नभई नहुने मानिस न भए । एक पटक धेरै नै भिड भाड थियोे । मानिसहरूलाई हामीले रोकेर पनि रोक्न सकेनौं । धेरै मानिसका कारणले डुङ्गा छेउमा गएर डुब्यो । मानिसहरूका सामानहरू अलि अलि बगे मानिसहरूको केही क्षति भए न घाटवालेहरूले सबैलाई जोगाए, यदि घाटवालेहरूले जोखिम मोलेर यात्रुलाई न जोगाएको भए कसै कसैको ज्यान नै जाने थियोे । तर यो कुरा नबुझेर आफु त्यसमा सवार भएका कारणले आक्रोशित भएर पुलिसका सईले घाटवालेलाई समाएर गढवाको थानामा लगेर थुनिहाले । फुलराम नदी वारिनै थिए । उनी तुरुन्तै दौडिएर त्यतिबेलाका कहलिएका प्रधान पञ्च शिव कुमार शर्मालाई हारगुहार गर्न जादैं हामीलाई भने–भैयौ मै जाईटुं बाजेक ठन तोहरे मजासे लाउ चलैहो ।
का हमार मनै नै हुईट ओस्टे हेलाहा करठां । के हाम्रा मानिस छैनन् हामीलाई त्यतिकै हेला गर्दछन् ।
त्यति भनेर उनी लामो लामो डेग चाल्दै उत्तर पश्चिम तर्फको गाउँ कोलही निस्किए । कोलही गाउँमा उनी जसलाई भेट्न गैरहेका थिए उनी देउखुरीमा कहलिएका प्रधान पञ्च थिए । उनले जे भन्यो त्यहि हुन्थ्यो,त्यो पनि ठाउँको ठाउँ । गहुँ गोरो रङ, अग्लो कद काठी, चौडा ललाट, कुर्ता सुरूवाल उनको पोसाक, उनी प्रायः सेतो टांङघन घोडामा हिड्ने गर्दथृे । उनी पञ्चायतका भक्त भएपनि विपि कोईरालाको समाजवादी विचार बाट उनी बनारसमा अध्ययन गर्न गएको बेलादेखि नै त्यसमा सामेल थिए । तर बाहिर पञ्चायती व्यवस्थाबाट लाभ लिँदै त्यसको सेवामा तल्लीन थिए । हुन पनि त्यतिबेला निरङकुश राजतन्त्रको जगजगी थियोे । त्यो बेला ठुलो संख्यामा कम्युनिस्ट भन्नेहरू र कांग्रेस भन्नेहरू टाठा बाठा सबैले पञ्चाय प्रवेश गरेर सत्ताको स्वाद लिई रहेका थिए । उनको दाइ त राष्ट्रिय पञ्चायतका सदस्य थिए तर स्वभाव भने निकै फरक थियो । उनी नरम दिलका थिए भने, भाईचाहि हठी स्वभावका थिए । फुलरामलाई यति कुरा त थाहा थियोे कि म बिना यिनीहरूको काम चल्दैन, त्यही भएर नै मलाई खोज्दछन् भन्ने थियो । उनी हिंडेको केही बेरमै सेतो घोडा तीव्रगतिका साथ हामीहरू भएको स्थानमा आईपुग्यो । उनी घोडाबाट ओर्लिएर ठेकेदारको काम गर्नेलाई सोधे के भएको होर, खै प्रधानजी म त वारी थिएँ यसलाई थाहा होला भनेर जगतरामतिर औला देखाएँ । रिसले उनको चौडा ललाट खुम्चियो, मान्छेका फेला नपरेका यी पुलिस यस्तै हुन्छन् भतुवाहरू । ल घोडातराउ भनेर उनी आफु पारी जाने डुङ्गामा बसे । हामीले डुङ्गामा अरू यात्रुलाई बस्न भन्यौं र डुङ्गा खोल्यांै ।
घोडालाई जगतरामले नदी पारी पु¥याउने काम गरे । प्रधानपञ्च शिव कुमार शर्माले घाटवालेहरूलाई डुङ्गा बाटघोडाको गद्दी निकालेर घोडामा कस्न लगाएर घोडालाई सरपट दौडाउंदै गढवाको ठानातर्फ लागे । उनी गएको घण्टा भरपनि भएको थिएन । उनीहरू आई पुगे । लिखराम, रामलखन, जगत प्रसादलाई लिएर गएको थियो ठानेदारले । लिखराम अलि अलि मुस्कुराईरहेका थिए । बाँकीको अनुहार त्यति उज्यालो थिएन । कुटपिट चाहिँ गरेन । तर खोरमा थुनेको थियोे रे । अनि राति धुलाई गर्ने, ठेंडुकामा राख्ने हो भनेर थर्काउने काम ठानेदारले गरेको थियो । यस्तो जीवनमा कहलैय नपरेकोले जगतप्रसाद साह्रै डराएका थिए । अरू त्यति विधि डराएका थिएनन । त्यो कुरा बलरामपुर, सेमरहवामा भुसको आगो झैं फैलिएको थियोे । घाटवालेका परिवारका घरमुली र जहानहरू हस्याङ फस्याङ गर्दै घाटमा आएर गढवाबाट फर्केर आउने कुराको प्रतिक्षा गरिरहेका थिए । उनीहरू आए पश्चात् रोकिएर राखेको डुङ्गा जो पारी नै थियोे त्यसलाई वारी आउने यात्रुलाई बसालेर लिएर आए । फुलराम बरापुले भने पिटना टे नै पिटल पुलिसवा उनीहरूले एक स्वरमा भने । नै पिटल– पिटेन । अरे मै तुहिन संगे ओहंपार नै रहु नै टे तुहरिन ठानामे का लैजनई देहटुं–म नदी पारी तिमीहरूसँग भएको भए तिमीहरूलाई ठानामा लैजानै दिने थिएन । फुलरामले आफ्नो रवाफ देखाउन खोजे । एक छिन केही कुरा ग¥र्याैं र दिउँसोको खाजा खाने समय भएको थियोे र त्यहाँ आएका घाटवालेका परिवारसँग चारजना खाजा खान गए । हामीहरू डुङ्गा चलाउने काममा गयौं । यस घटनाले हामीलाई साह्र्रै नरमाइलो लागि रह्यो । केही दिन यही कुरा यात्रुहरूले सोधनी गर्ने र घाटमा बस्ने घाटवालेहरूले जवाफ दिने चलिरह्यो । क्रमशः

