झुठो सत्य

सिर्जना विश्वकर्मा

जब आस्थामा चमत्कारी कोट लाग्छ
तब झुठ सत्य बन्छ सत्यमा खोट लाग्छ
ईश्वरी पत्थरमा शिर ठोक त चोट लाग्छ
चोट ठिक पार्न प्रसाद होईन नोट लाग्छ ।

सर्वश्रेष्ठ प्राणी त तिमी आफै हो जगतको
तर सर्वोपरी मान्छौ किन मुर्ती फगतको ?
तिम्रो भगवान आफै भोको किन रगतको ?
देखेका छौ प्रार्थना तथास्तु भएको भगतको ?

तिम्रो विश्वासले सत्य बनेको झुठो पनि
ठुलो व्यापार हो यो थुपार्ने मनी मनी
पत्थर राखेर भगवानको व्यापारी बनी
उ मोटाउछ तिमी सिद्धिन्छौ मिल्छ भनी ।

भ्रष्ट सामन्ती दलाल बलात्कारी पनी
मन्दिर मस्जिद चर्च पस्छ भक्तालु बनी
सर्वहारा दुखी गरिब पिडीत रोगी पनी
त्यही पस्छ सबै सबै पुरा हुन्छ भनी
किन भष्म हुदैनन् त्यहा पुग्ने व्यभिचारी ?
किन आयुष्मान हुदैन भगवानकै पुजारी ?
अब त
झुठो सत्य त्यागेर मानवता बचाउ
झुठो सत्य फालेर यथार्थमा रमाउ
सेतो झुठ मारेर कालो सत्य समाउ
अन्धभक्ती अन्धविश्वास सबै जलाउ ।

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित