मुक्तक

राम बसु
चुनावी घोषणा पत्रमा नेता गजबका कुरा लेख्छन्
युवाहरुलाई देशभित्र रोजगार यस्तो शब्दजाल फेक्छन्
देशको जनशक्ति विदेशलाई सस्तोमा बेची
यो देशलाई नेताहरु सिंगापुर र स्वीजरल्याण्ड देख्छन् ।

राष्ट्रिय स्वाधिनता र समृद्धिको भाषण फलाक्छ
जन उत्तरदायित्वबाट पन्छिने प्रवृतिमा उस्तै चलाख छ
नेता यो देशका कतिपय संसद मन्त्रीहरुलाई
गुण्डाभन्दा पनि शब्दको अपमान भएजस्तो लाग्छ ।

सत्तामा बस्नुको उन्माद कस्तो विवेकहीन छ
दलित शब्द उत्पीडन हो त्यसलाई राज्य जातीय संज्ञा दिन्छ
जाति मूक्तिका कुरा ती दलितहरुले गरे भने
त्यही नेता भोलि साम्प्रदायिक भो भन्दै हिड्छ ।

नेताहरुको दृष्टि कस्तो कस्तो यीनको कार्यदिशा
युवा विदेश पठाउन फ्रि टिकट फ्रि भिसा
राष्ट्र समृद्ध बनाउने होला कि वृद्ध
यो कहानी गरेको होला कि किस्सा ?

वुर्जुवा शिक्षा खारेज गर नेताले यस्तो भाषण दिन्छ
यो शिक्षाले केही हुन्न नकाम भन्दै आफै हिन्छ
आफूले त्यही शिक्षा पढेर डिग्री लिन्छ
भएन भने पटना पुगेर पनि डिग्री किन्छ । अर्घाखाँची

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित