करण दयाल
अखिल भारतको अधिवेशन हैदराबाद भयो
भारतका सबै प्रान्तबाट प्रतिनिधित्व रहेको थियो
भारतको अधिवेशन भव्य रूपमा सफल भयो
सैद्धान्तिक वैचारिक पोख्ताहरूको सहमति रह्यो ।
भारत स्तरमा सांगठनिक यात्रा जुझारु हुनेछ
अखिल भारतको रक्तरन्जित रातो झण्डा फराउने छ
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट रहिरहने छ
भारतभरी सांगठनिक यात्रीहरूको हातेमालो हुनेछ।
एकता अधिवेशन सफल दिशातिर लम्किदै छ
एकताको उदघोष देश व्यापी रूपमा चिनाउँदै छ
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल उदियमान छ
देशको जिल्ला जिल्लामा यसको निरन्तर यात्राछ।
देशव्यापी जनलहर जनसागरमापरिणत हुने भयो
जनसमक्ष उर्लिएर सागरमात्रै होइन महासागर भयो
यो क्रान्तिकारीहरूको प्रगाढ एकताले हुने भयो
क्रान्तिकारी कम्युनिस्टहरूले देशैभरि उदघोष यो ग¥यो।
देशको जनसभाले झारपात समितको हिसाब गर्नेछ
जनताका समस्या देशको संरचनामा कटिबद्ध हुनेछ
देशमाथि भई परिआउने समस्याको डटेर सामना गर्नेछ
देश जनताका जल्दाबल्दा समस्या समाधान गर्ने छ।
अधिवेशनलाई गाउँ गाउँमा लगौं निरासा हुनुहुदैन
जन एकता देशको धारिलो हतियार यसमा शंकाछैन
गरिब बस्तीहरूको अवलोकन गरौं शहर जानपर्दैन
गरिबकोअधिकार गाउबस्तिमा छ शहर धान्नपर्दैन।
कयौं साथी संगि निराशा देखिनुले चिन्ताको विषय भयो
निराशाले समाधान हुदैन बुझ्नु बुझाउन प्रमुख कुरा भयो
लक्ष्य एउटै हाम्रो बाटो पनि त्यै कदम फरक किन भयो
देश जनताको निम्ति लिएको उदेश्य हो निराश किन हो।
देश जनताका लागि केही गुमाउनु छ भने गुमाउनु प¥यो ।
हाम्रो उदेश्य देशकोलागि हो भने हामीले अठोट हुनु प¥यो
पिठो भित्र लुकेको खोस्टा फालेर छानेको पिठो हुनु प¥यो
पिठोले खोस्टा बोक्न भएन पिठोले साप आफै रहनु प¥यो।
पिठोले जति पिसिए पनि खोस्टा पिसिन्न त्यस्तै रहने गर्दछ
पिठोलाई बिगार्न खोस्टा प्रयास गर्छ खोस्टो आफै मर्छ
पिठोमा खोस्टाअलग्गै छानिन्छ खोस्टा आफै किनारा लाग्छ
पिठो भित्र खोस्टालाई हटाएर सापशुद्ध पिठो राख्न पर्छ।
पिठो खोस्टाको सन्दर्भ सित सम्बन्धित बनेको कविता हो
बुझाई अबुझाई सितको सम्बन्ध मिलाएर बनेको कला हो
पिठो खोस्टा बुझाई अबुझाइको उदाहरणका लागि हो
खोस्टाका कारण पिठोको अविरल गन्तव्य रोक्न गलत हो।
खोस्टाको गन्तव्य अलग्गै भएको हुनाले पिठोसित मिल्दैन
पिठोबाट नै खोस्टाको जन्महुन्छ तर एकआपसमा मिल्दैन
दानाबाट पिठोखोस्टा दुइटै जन्मिन्छ दुइटैका स्वरूप मिल्दैन
पिठो खोस्टा एकै दानाबाट भएपनि दुइटैमा मिलान हुदैन।
खोस्टामा परिणत नहौं पिठो बनेर साथसाथमा रम्ने गरौं
खोस्टा बनेर शंकाको विषय बन्ने अलग थलग गर्ने नगरौं
जनहित हाम्रो उदेश्य हो पुर्वाग्रह के छर हातेमालो गरौं
थोपा थोपा बनेर सागरलाई महासागरमा परिणत गरौं । भारत

