राम बसु
(१)
महापुरुषहरु पैदा हुने सियारेस कम्पनीले बञ्जर पा¥यो
मातृत्वमा हुने तेज तत्व त्यसको पनि बिज मा¥यो
बेलैमा ख्याल भएन गरिएन भने
व्यक्ति भएपनि व्यक्तित्व पाउन देशलाई पर्छ पछि गाह्रो ।
(२)
श्रृङगारले मात्र सुन्दर शरिर जोश जाँगर हराई सक्यो
खानपान र पोशाकमा पनि आफ्नोपन छैन विदेशीले खाली गराईसक्यो
देशको भविष्य डावाँडोल छ हजुर
देख्दा देख्दै यो मन त्यसै डराई सक्यो । ।
(३)
मानिस पनि यस्तो हो र व्यवहार पनि कस्तो ग¥यो
सामाजिक मयार्दा त राख्नु पर्ने त्यो भन्दा नि तल झ¥यो
जीवितै अंगका गोपनीयता भंग गरे
मरेपछि पाटले किन मुर्दा शरीर ढाक्नु प¥यो ?
Comments

