–नारायण योगी
डुङ्गाको ठेक्का बलरामपुरको प्रेमबहादुर चौधरी (गेदवा)को नाममा र मुल रूपमा बलरामपुरका सबै बासिन्दाहरूको भएको दिनदेखि नै बलरामपुर र सेमरहवा गाउँको बिचमा सु–सुप्त अवस्थामा असन्तुष्टिहरू देखिन थालेका थिए । यसै पनि गेदवा केही नखाँदा पनि विचार नपु¥याएर जथाभावी बोली हाल्ने मान्छे । खाएपछि त मै हूँ राजा भन्ने जस्तो गर्दथ्यो । स–सानो कुरामा सेमरहवाका गाउँलेहरूलाई हेपेर बोल्ने बानीले गर्दा डुङ्गा चलाउन जाने सबैलाई नरमाईलो लाग्नु स्वाभाविक नै थियो । यद्यपि यो कुरा प्रकट रूपमा देखिएको थिएन । यस सन्दर्भमा सन् १८१३–०१४ तिर इंग्ल्याण्डमा त्यहाँका मजदुरहरूले सुरु सुरुमा औद्योगिक विकास हुने बेला जब कारखानाको मालिकले आफ्नो उत्पादन वृद्धि गर्न नयाँ नयाँ कलकारखाना भित्र्याउने काम गरे र मजदुरहरूलाई पनि उक्त मेसिनसँग सगै काममा खटिनु पर्ने भयो । यसले उनीहरूको कामको समय पनि बढयो भने शारीरिक रूपमा काम गर्न कठिन पनि भयो । यो कठिनाइबाट उन्मुक्ति पाउन उनीहरूले कारखानाको मालिकद्वारा ल्याईएका ती नयाँ औजारहरूलाई दोषी ठानेर ती औजारहरूको तोडफोड गरेर आफ्नो आक्रोस पोख्ने काम गरे र यसरी नै समस्या समाधान हुन्छ भन्ने ठाने । तर पछि कारखानाको मालिकले उनीहरूलाई मुद्दा लगाउने पुलिस प्रशासनद्वारा यातना दिने काम गरे पश्चात् नै मजदुरले आफ्नो असली दुश्मन पहिचान गरेर आन्दोलन गरेको इतिहास छ । यहाँको अवस्था त्यस्तो त होईन तर डुङ्गाको ठेक्का बलरामपुरको र त्यो पनि गेदवा जस्तो मानिसको हातमा ठेक्काको पट्टा पर्न गएकोले सेमरहवामा एउटा असन्तुष्टि व्याप्त नै थियो । त्यस दिन डुङ्गा डुब्नुमा धेरै कारण मध्ये एउटा कारण पालोम रहेका घाटवालेहरूले डुङ्गा चलाउने जुन कि निकै संवेदनशील र गम्भीर हो, त्यस जिम्मेवारीमा भएको हेर्दा सानो लापरबाही देखिएपनि त्यसले निकै गम्भीर परिणाम निम्त्याउन प्रकारको काम ग¥यो । यसरी डुङ्गा चलाउने क्रममा त्यो जे भए पनि यदि समस्या प¥यो भने त्यो ठेकेदार बनेको गेदवालाई र बलरामपुरका गाउँलेहरूलाई हुनेछ भन्ने मनोभावका कारणले यो घटना घटनमा एउटा कारण बन्न गएको हुनसक्छ । भदौको महिना थियोे ।
डुङ्गा नदी पारी पुग्यो । डुङ्गाका यात्रीहरू ओरलिएका थिएनन् अरू यात्रीहरू चढनका लागि हतार गरेर चढ्न खोज्दै थिए । तर घाटवालेहरूले हप्काए पछि मात्र यात्रुहरू रोकिए । डुङ्गा जहाँबाट छोडने हो । त्यहीँ जान भने पछि सबै यात्रुहरू शिरानतर्फ लागे । गढवा र गगापरस्पुरका दुधवालाहरू पनि दुधको क्यान लिएर आईसकेका थिए । प्राय दुधवालाहरूलाई पहिलो खेप अर्थात् डुङ्गा पारी गएको बेला छ भने उनीहरू भन्दा पहिले आएका यात्रुलाई रोकेर दुधवालाहरूलाई तराउनु पर्दथ्यो किनकि दूध चाडैं बिग्रिएर जाने भएकोले त्यसलाई चिस्यान केन्द्रमा यथाशीघ्र पु¥याउनका लागि हामीले पनि महत्वका साथ चाडैं पु¥याउने विचारका कारण उनीहरूलाई तराउने गर्दथ्यौं । आज पनि दुधवालाहरू आईसकेका थिए । ती दुई जनाको क्यान डुङ्गामा राख्ने काम भयो र डुङ्गा तानेर माथि पु¥याएपछि यात्रुहरू बसे । यात्रुहरू बसिसकेपछि पछिल्लो सिटका चालकलाई अघिल्लो सिटका चालकले सोधे कि भारी ठीकै त छ ? उनले यसो दायाँ बायाँ हेरेर लल ठीकै छ डुङा खोल्नुहोस भने । डुङ्गा खोल्नु अगाडि पानीको एउटा ठुलो छालको पानीले अगाडिका यात्रुलाई लछप्पै रूझायो । दुधवाला र आमाको काखमा बसेकि ४–५ वर्षकी नानी डरले आमाभनेर जोडले चिच्याइन । डुङ्गा अन व्यालेन्स भैसकेको थियो । तैपनि डुङ्गा छुट्यो तर अपसोच डुङ्गा फन्क पश्चिम तर्फ मोडियो र त्यही क्रममा नदीमा उठेको छाल डुङ्गामा सरर पस्दै गयो र डुङ्गा डुबानमा प¥यो । डुङ्गा डुबेको हृदयविदारक पीडादायी दृश्य नदी वारी पारीकाले देखिरहेका थिए । डुङ्गा खोल्ने बित्तिकै डुबानमा परेकोले त्यति ठूलो क्षति हुनबाट जोगिने काम भयो । डुङ्गा डुबे पछि पौडिन जानेकाहरू पौडिदै नदी किनारमा गए । कतिपयलाई घाटवालेहरूले जोगाए । तर एउटी बालिका र दुई जना दुधवालाहरूलाई बचाउन सकिएन ।
सायद तीजको आसपास हो । त्यसदिन सेमरहवा गाउँको पालो थियो । नदी उफानमा थियोे । ठूला ठूला डुम्मा छालहरू उठिरहेका थिए । समय दिउँसोको करिब १ बज्न आँटेको थियोे । नदी पारी भीड बढन थालेको थियो । आज डुङ्गाको किस्ता तिर्नेे दिन गेदवाले जेन तेन १३ हजार रूपियाँ जुटाएर गाउँपालिकामा जाने सोचेर घोरहान घरका शिवलाल चौधरीलाई आफ्नो हातमा एउटा सुर्किने झोलामा राखिएको फुटकर, चानचुन पैसा जिम्मामा लगाउंदै भन्यो । ले डाडु यी झोला पकर मै जाईटुं लमही गाविस मे पैसा बु––– बुझाइ अ–––– अब्बे आ जैइम । ल दाजु यो पैसा समाउनुहोस । म गाविस गएर किस्ताको पेैसा तिरेर तुरुन्तै फर्किहाल्दछु । यति कुरा गरेर गेदवा सिगरेटको कस तान्दै लमही जाने बाटोमा लम्केर गयो । यता पालोमा रहेका पालेहरूले ठूलो डुङा तान्दै माथिसम्म पु¥याएका थिए । नदीमा पानीको सतह बढेको बखतमा धेरै लामो दुरीसम्म डुङ्गालाई तानेर लगे पश्चात् मात्रै डुङ्गामा यात्रुहरू बसालेर डुङ्गा खोल्ने गर्नुपर्ने स्थिति रहन्थ्यो । यसो गर्दा डुङ्गा वारिपारि गर्ने खेपको पालो घटदथ्यो । जसका कारणले हामीले साँझ परेपछि कैयौ यात्रुलाई फर्काउन पर्दथ्यो । यो सबै परिस्थितिमा आफुलाई सहज होस् र छिटो पुग्न सकियोस् भन्नका लागि पछि आएका मानिसहरू अरूको पालो मिचेर डुङ्गामा बसिहाल्दथे । जसका कारण विवाद हुने गर्दथ्यो । त्यतिबेला हामीले बाध्य बनेर डुङ्गा रोकिदिने गर्दथ्यांै । यो समस्या बुझेर कोही ओर्लिए भने डुङ्गा चल्दथ्यो । किनकि हामीले डुङ्गामा बस्ने पालाको लागि कुनै कुपन वा नम्बर लगाउने गरेका थिएनौं । जसका कारण बेला बेला समस्या बल्झिराख्दथ्यो । आज पनि निकै भीड थियोे । यात्रुलाई डुङ्गामा चढन भनेरै पछिल्लो टुँढमा बस्ने घाटवालेले डुङ्गा धकेलेर बुरुक्क उफ्रिए डुङ्गामा चढेर डुङ्गा खियाउन थाले । मैलेमाथि नै भनेको छु कि डुङ्गा डुब्नुमा एउटा कारण घाटवालेहरूको अवचेतन मनमा उठेको प्रश्न हो भने अर्को यात्रुहरू बलजफ्ती लोड बढि भएको डुङ्गामा बस्नु । पनि अर्को पनि कारण हो । यस बाहेक पानीको बहावलाई ध्यानमा राख्न नसकेर डुङा खोल्नु हो जसका कारण यो दुखद घटना घटन पुग्यो ।
डुङ्गा डुबानमा परेको र यात्रुहरू बेपत्ता भएको घटना गेदवाले चानचुन राखिएको सुर्किने झोला बोकेर उभिएका बलराम पुरका शिवलाल चौधरीको सातो नै गयो । बचाउँदा बचाउँदै जोगाउन नसकेका दुई जनाको मृत शरीर डुङ्गा चल्ने घाटको तल पश्चिमतर्फ बनेको टिहिरा, टापुमा निकाल्ने भयो । तर ती सानी बालिकाको कुनै अत्तोपत्तो भएन । डुङ्गा डुबेर मानवीय क्षति भएको खबर बनमा चैत वैशाखमा लाग्ने आगो झै फैलियो । शिवलाल आत्तिदै घरमा आए । उनको अनुहारको रङडरले फुङग उडेको थियोे । घर उनको जहानले पनि थाहा पाईसकेकी थिईन । दिउँसोको अर्नि खाने बेला भएकोले तीन चार घुंघा मकै पोलेर खान दिइन । तर शिवलालले भोक छैन भनेर टारी दिए । अलिकति जाँड खाएर फेरि नदी तर्फ लागे । त्यतिबेलासम्ममा गेदवा आईसकेको थियोे । शिवलालले अलिक लामो सास फेरे । बग्दै गरेको डुङ्गा वारिपारिका घाटवालेहरूले मिलेर समाए । ती दुई जनाको मृत शरीर सानो डुङ्गामा राखेर नदी वारी लगाए । नदीको किनारमा भीड बढ्यो । तर यो घटना सेमरहवाका घाटवालेहरूको पालाका भएकोले फुलराम सक्रिय भएर हल गर्न र सबैलाई गल्ती भएको र क्षमा माग्दै यसलाई न बढाउन अनुरोध गर्दै समस्या समाधानतर्फ अग्रसर भए । गेदवाले यो खवर थाहा पाए पछि हस्याङ फस्याङ गर्दै घाटमा आएको थियोे । उसले पहिले आफ्नो होटलमा पसेर एक आधा रक्सी चढायो त्यस पछि घाटमा गयो। दुई जना को लास हेरेर मानिसहरूले विभिन्न प्रतिकृयाहरू दिईरहेका थिए । उनीहरूका आफन्त जन आएर अलाप बिलाप गरिरहेका थिए ।
डुङ्गा डबेर बेपत्ता भए कि नानीको मावली घर आटिपाकर रहेछ । मलाई घरमा आएको बेलामा थाहा भयो मेरो आदरणीय मित्र गढवा माविका शिक्षक शोभराम पाण्डेको कान्छी छोरीका छोरी नातिनी पो रहिछन् । यो कुराले मन निकै व्यथित बनायो । आटिपाकर बनट पनि आक्रोसित बनेर झलारि बगाल आएका थिए । डुङ्गा काटेर फालिदिने धम्की पनि दिए । गेदवा पनि डरले थर हरि थियो । जेहोस् यो घटना कुनै पुर्व नियोजित घटना थिएन । यो एउटा भवितव्य घटना थियोे । यसमा घटना पुरव कुनै पनि सावधानी अपनाउन सक्ने साधन श्रोत नभएको ले यसलाई रोक्ने वा टाल्न सक्ने अवस्था थिएन । त्यही कारणले पनि जे हुनु भै गयो अब ती बालिकाको मृत शरीर खोज्ने काममा लाग्ने सल्लाह भयो र भोलि पल्ट पुलिसलाई लिएर गेदवा र गाउँका अरू मानिसहरू नदी पारीपट्टी झारबैरा गनउको नजिकै नयाँ टापुमा ती नानीको मृत शरीर फेला प¥यो । त्यो टापुमा गेदवा पौडिएर गयो र एक हातले तानेर वारी लिएर आए पश्चात् नदीमा डुबेर मृत्यु हुनेको खोजी कार्य समाप्त भयो । यस विषयम कसैलाई पनि कुनै मुद्दा लागेन र कुनै आर्थिक जरिवाना तिर्नु परेन । क्रमशः
ठूलो डुङ्गा डुबेको दिन
Comments

