नारीको वेदना

–तारा शर्मा
हे घुमी फिरी तिज आयो खुशी छाउछ हामीलाई–२
सर्वप्रथम यो तीजमा स्वागत सबैलाई
सुन्नुहोला दिदीबहिनी सुन्नु होला दाजुभाई–२
चेलीको बेदना पोख्छौं बरिलै

हे कति नारी दमनमा छन् मुम्बईको कोठीमा २
बलात्कार हुन्छन् हुन्छ बरै एकै चोटीमा
नारी हत्या भायो भनी संजालमा जनाए २
के को फासी दिन्थ्यो तिनलाई गायव बनाए

हे सुरक्षित छैनन् नारी स्कूल अनि घरमा २
बाहिर पठाउ नारीहरु कसको भरमा
शान्ति र सुशासन देउन सरकार हामीलाई २
अपराधीलाई जेलमा राख सधैभरीलाई

हे हाम्रो देशमा नक्कल अनि फेशन पनि धेरै भो २
यति विधि भएको त डलरले हो
फेशन र विकृति झन झन बढ्दै गएको छ २
चेतना र समृद्धिको कमी भाको छ ।

हे उठौं जुटौं दिदी बहिनी हातेमालो गरेर २
संघर्षको मैदानमा अघि बढेर
लड्न परे लड्नी हो मर्न परे मर्नी हो २
अधिकार लिनलाई अघि सर्नि हो

हे ५० प्रतिशत अधिकार दियौं भन्छन् नारीलाई २
हत्या दमन यौनशोषण उस्तै छ हामलाई
आफ्नो हक अधिकार लिनुपर्छ लडेर २
उठौं अब नारी सारा हुन्न बसेर

तिजको गीत गाउँदा मन हुन्छ सरर २
चेन्नै उत्तर महिला संघको झण्डा फरर

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित