रचना / संगीत – नारायण योगी
आँसुले भिज्यो पसिनाले रुझ्यो यो मेरो चौबन्दी २
सम्झना एउटा जुनी भरीलाई ढाकाको गलबन्दी २
नौ चिरा पारी यो मुटु मेरो घर छोडी जानु भो
घरगाउँ शून्य पारेर हजुर किन बिरानो बन्नु भो
कसरी सम्झाउँ यो मनलाई आज छाती नै चर्किन्छ ।
सम्झेर प्यारा ती दिन हाम्रा मन मेरो धर्किन्छ ।२
आँसुले ……
छोरीले सोध्छिन् खै बाबा मेरो हेरेरै मैतिर
छोराले भन्छ बाबाले एक्लै किन जानु भो छाडेर
शून्य छ आज घर गाउँ हाम्रो उजाड वनपाखा
सुसेली हाल्दै कोइलीले गाउँछे दुःखीको त्यो भाका
आँसुले ……
पीडाले पोल्छ भत्भती मन एक्लो त्यो क्षणमा
छाती नै चिरी देखाउँकी पीडा भिडियो कलमा ।
कहिले फर्कने हो घरबार सम्झी, सम्झेर यो माटो
समुन्द्र झैं बग्ने आँसु थामेर हेर्दैछु यो बाटो ।
आँसुले ……….
२०८१ –४ –३१
Comments

