रचना संगीत हरिकला थापा र सुर्य थापा
घुम्दै फिर्दै आयो तीज तपाईं हाम्रो माझमा
एकासी साल तीजको शुभकामना ।
अखिल भारत नेपाली एकता समाज छ
अब हेर हाम्रो आवाज देशमै फैलिन्छ।
भारत भरी छरिएका दिदीबहिनी दाजुभार्इ
संगठनको सदस्य बन्ने गरौं है।
भारत भरी चलिराछ अहिले हाम्रो एकता
अब हेर हाम्रो आवाज कहाँ पुग्नेछ ।
अहिले हाम्रो एकता देशै भरी फैले छ
सामन्त र दलाल सरकार ढाल्नु पर्नेछ ।
झुट्टो आशा देखाएर किन त्यसै दौडिन्छौ ?
विचार गर अब फेरी आफै ढल्ने छौ।
दुःखी गरिब जनताको आवाज यहाँ आउनु छ
जनताले चाहेको शासन ल्याउनु छ।
हेर हेर जनता आवाज हाम्रो उठेछ
क्रान्तिकारी आवाजले संसार जित्नु छ।
तारा हाम्रो चम्किलो मुठ्ठी हाम्रो एकता
जनताको साथमा हामी अघि बढौंन।
जहाँ रहे पनि हामी एकताको छाया छ
देशको लागि लड्न हामी तयार हुनु छ।
देशको लागि रातो झन्डा फर्फराउनु पर्नेछ
क्रान्तिकारी युद्धले संसार जित्नुछ।
संसार जित्नु छ
Comments

