सावधानी रहनुहोला हिन्दा बाटामा

रुपमा शर्मा, चेन्नै
सकिन म दबाएर राख्न पीडा मनमा
सुन्नु होला सुनाउँदै छौं एउटा घटना
लय मिलाई शब्द राख्यौं तिजको भाकामा

२०८१ साल असार २८ विहान
७२ जना नेपालीको एउटै चिहान
पूर्व पर्ने पर्सा जिल्ला यात्रा राजधानी
त्रिशुलीले बगाई लग्यो जीवन कहानी

चितवन जिल्ला सिमलटार कालले पर्खि बसेको
दुईवटा बस त्रिशुलीमा थिए खसेका
जापान जानी जीवन कहानी त्रिशुलीले लै दियो
जीवनभरी भुल्न गाह्रो पीडा भैदियो

मृत्यु मार्ग हुँदै गयो त्रिशुलीको किनार
नेपाल सरकार बसेको छ किन निदाएर
बाल बच्चा टुहुरा भए, सिउँदो खाली चेलीको
त्यो बाटोले हजारौंको ज्यान लाने भो ।

प्रतिक्षामा बसेका ती आफन्तको विचल्ली
मृत्यु मार्ग बन्छ किन बाटो त्रिशुली
गाडी चढी हिंडौं भने त्रिशुलीले बगाउनी
प्लेन चढी हिंडौं भने आगो लागनी

कोहीलाई खुशी, कोहीलाई आँसु भयो चाडबाडमा
सावधानी रहनुहोला हिन्दा बाटामा
शोकमा डुबो सारा देश श्रद्धाञ्जली मृतकलाई
यस्तो पीडा अबदेखि नहोस् कसैलाई

घटनाको गीत लेख्दा लेख्दै बन्द भयो कलम
यो गीतको अन्त्य भयो लाल सलाम

(तीज गीत)

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित