देशभक्ति

–इन्द्रा शर्मा
आजसम्म गाइयो गीत शत्रुुता र शक्तिको
यो तीजमा गाउँछु गीत देश भक्तिको ।

बहादुरी सत्ता गरे सत्तामा कोही चुकेनन्
देशका लागि कति गरे कतै झुकेनन् ।

भाईभाई लड्नाले दोस्रो पक्ष अघि भो
चारैतिर सिमानामा उनकै दावी भयो ।

शत्रु पराजित गरे दाजभाुई मिलेर
भोक लाग्दा पानीसँग सातु निलेर ।

आकाश हाम्रा बाबा अनि धर्ती हाम्री आमा हुन्
त्यही सम्झेर तिर्नुपर्छ जन्मिएको गुन ।

दुई ढु्ंगाको तरुल झै बीचमा परी किचिँदा
गिरिराछौं सिमानामा जमिन मिचिदा ।

बेचिसक्यो नालापानी बेची सक्यो इमान
हेर्दा हेर्दै कति घट्यो हाम्रो सिमाना ।

कहिले चुच्चे नक्सा भन्दै छारो हाल्छौं आँखामा
स्वार्थ मिले फेर्छौं कुरा एउटै भाकामा ।

राष्ट्रियता, राष्ट्रपति सधै भलो चिताए
कछाड र कमेजमा रात बिताए ।

सोझा जनता जता भन्यो त्यतै दाप हान्दिन्छन्
जसो भन्यो नेताले त्यसै मान्दिन्छन् ।

जे मा पनि परनिर्भर छैन मन सितलो
परराष्ट्र नीति हाम्रो हुँदा फितलो ।

सडक, सदन, चोक चोकै चर्को नारा लाउँदैमा
हुन्न विकास विपक्षीलाई गाली गर्दैमा ।

कहिले रोयो, चाँदनी कहिले रोयो लिपुलेक
उठौं जागौं नेपाली हुनुपर्छ एक ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित