-तारा शर्मा, चितवन टाँडी
फूलको बगैंचामा फूलैफूलको भावना २
हाम्रो देश नेपालको सुन बइन ।
कहिल्यै शान्ति आउने होईन अशान्ति छ देशमा २
देश रित्याउन थालेकाछन् फरक भेषमा
राम्रो काम गर्नेलाई नेताज्यूको दबाब हो २
रोजगारी शिक्षा दिक्षा सँधै अभाव भो ।
नेपालमा रोजगार छैन जानु प¥यो विदेशमा २
उद्योगधन्दा खोल नेता अब यो देशमा ।
नत देशको विकास गर्ने नत यिनी छेउ लाग्ने २
कुर्ची नै तानातान भो कसो गर्ने ।
कष्टकर जनशक्ति कस्तो आयो बेला यो २
निर्मलाको हत्याकाण्ड त्यसै सेलायो ।
एउटा नारी मात्र होईन धरै नारी मारिने २
न्याय मिल्छ भन्दा भन्दै आसै मारेनी ।
दुइ हजार एकासी साल असार अठ्ठाईस बिहान २
दुईटा बसका यात्रुहरु भए चिहान ।
हाम फलेर तीन यनत्रु बाँच्न सफल भएका२
अरु यात्रु कहाँ गए गायव भए नी ।
शरिरको अंग भंग टाउको पनि थिचेर २
गुहार पनि पाएनन् विचरा ।
मृतकको अस्तु चिन्न आफन्तलाई गाह्रो भो २
यस्तो घटना देख्दा पनि सहन गाह्रो भो।
यस्तो देख्दा पनि के हेरेर बसेको २
एक हप्ता नबित्दैमा जहाज खसेको ।
बिचिल्लीमा परेकालाई गुहार पनि छैन २
नेताहरु कुर्चीमा गर्छन चयन ।
अनगिन्ती गरिब जनता छन हेर मरेका२
खैत सरकार जनताको वास्ता गरेको ।
विकास र समृद्धिको हाम्रो थियो भावना२
हस्त विदा हुन्छौं हामी शुभकमना ।
(तीज गीत)

