– दुर्गा सुवेदी, चेन्नै
जति पीडा भए पनि नाचनी गाउनी आज त
उपस्थित दर्शकलाई गर्छौं स्वागत
देशको खबर पढ्दा पनि आउँछ मुटु कामेर
सुन्न होला दर्शकले मन थामेर
कालो मुस्लो धुँवा निस्क्यो हवाई जहाज खसेर
मरे यात्रु आगोमा जिउँदै जलेर
मर्मत गर्न पर्ने विमान किन उडान भरेको
काठमाडौंमा नगरी पोखरा हिंडेको
बिग्रेको जहाज चलाउनर्ला किन आदेश दिएको
सरकारले हो जनताको ज्यान लिएको
नसुरक्षा उडेर छ, न सुरक्षा गुडेर
जहाज र बसका यात्रु लग्यो चुडेर
त्रिशुलीमा खोजी कार्य बल्ल बल्ल रोकियो
हेलिकोप्टर विमान खसी पीडा थपियो
जहाज खसी मर्नेलाई राष्ट्रध्वज झुकाउनी
बस खसी मर्दा सरकार टाउको लुकाउनी
पक्षपात गर्न हुन्न सबै जनता एकै हुन
विचल्लिमा परेकालाई लगाउ सरकार गुन
सरकारको यो व्यवहारले देशको भयो लाजनीति
मरेका लासमाथि नगर राजनीति
पुँजीवादले शासन ग¥यो कम्युनिस्टको नाउमा
गरिब दुखी जनतालाई रुवायौं ठाउँ ठाउँमा
विदेशका कवाडी माल नेपालमा आको छ
यही कारणले मानव क्षति धेरै भाको छ
सरकारलाई चिन्ता छैन जनता मरी गएर
एक चोटी सोच सरकार गम्भीर भएर
दुर्घटना रोक्छु भनी सरकार हल्ला गर्दछ
ड्राइभर र पाइलट दक्ष हुनुपर्दछ
सरकार गम्भीर हुनुपर्छ हैन अब लाजमर्दो
एयरपोर्ट र राजमार्ग बनाउ भरपर्दो
आधुनिक टेक्नोलोजी देशमा प्रयोग गरन
दुर्घटनामा जनता नदिउ अब मरन
दुर्घटनामा परी भए धेरै साथी विरानो
नयाँ किनौं अब विमान हैन पुरानो
सबै जनता एकजुट बनी देश बनाउ चमत्कार
यति भन्दै विदा लिन्छौं ह्वस्त नमस्कार ।

