क्रान्ति हाँक्नुपर्छ

-करन दयाल

क्रान्ति भन्ने शब्द सजिलो हुने गर्छ
क्रान्ति गर्न धेरै कुराको जरुरत पर्छ।
क्रान्तिको लागि धेरै चिजबीजको
मिलान गरेर तर्जुमा बनाउनु पर्दछ

क्रान्तिमा डाक्टरको जरुरत हुन्छ
माक्र्सवाद ज्ञानको डाक्टर चाहिन्छ
सैद्धान्तिक वैचारिक निस्वार्थ ज्ञान र
सर्वहारा विचारबाट लैस डाक्टर चाहिन्छ ।

क्रान्तिको फुकुवा कुराले क्रान्ति हुदैन
अज्ञानी क्रान्तिका कुरामा तुक हुदैन
तुक नभएका क्रान्तिका फुकुवा कुराले
क्रान्ति विसर्जन हुन्छ उपलब्धि हुदै हुदैन ।

अध्ययन बिनाको क्रान्ति अपरिपक्व हुन्छ
त्यो क्रान्ति व्यक्ति स्वार्थमा अधारित हुन्छ
स्वार्थ सिद्ध गर्न मुठ्ठीभरहरूको बोलवाला र
दलाल बिगबिगीको प्रभुत्व भइरहेको हुन्छ ।

हिजोको क्रान्तिमा जनताले आत्मसात गरे
जनताको क्रान्तिलाई तुहाई दिएका थिए
त्यसैले जनताको जनयुद्ध ऐतिहासिक थियो
जनयुद्धलाई भडकाव बनाए विपरीत दिशा दिए ।

क्रान्तिमाथि गहन अध्ययन हुनुपर्ने होला
सैद्धान्तिक बैचारिक अनुशासन हुनुपर्ला
क्रान्ति बोलेर मात्र हुनेवाला होइन क्रान्ति
अलग भाग हुन्छन यो ध्यान गर्न होला ।

क्रान्ति बन्दुकले मात्र गर्दछ भन्नु गलत हुन्छ
क्रान्तिका तर्जुमा अलगअलग धारमा हुन्छ
क्रान्ति बन्दुक भन्दा पत्रिका द्वारा बलियो कसिलो
संगीत कविता द्वारा झन धारिलो भको हुन्छ ।

बन्दुकको गोलीले एकजना दुश्मन मर्न सक्छ
हजारौं दुश्मनका मुटुमा शब्दको तीरले रोपिन्छ
त्यसैले क्रान्तिका धेरै सुत्र हुने गरेका छन संगीत
गीत कविता पत्र पत्रिका क्रान्तिको हिस्साहुन्छ ।

सैद्धान्तिक क्रान्ति जनजनमा क्रान्ति गर्ने पत्रिका हो
पत्रिकामा संसारका आँखा हुन्छन त्यो पत्रिका हो
पत्रिकालाई संसारकै पुँजीवादी दलाल सामन्तीहरुले
हरूलेअध्ययन गर्छ खबरदारी गर्छत्याँ पत्रिका प्रमुख हो ।

क्रान्ति गर्न क्रान्तिकारी पार्टी अनिवार्य हुनुपर्दछ
माक्र्सवाद लेनिन माओविचारको ज्ञान हुनुपर्छ
माक्र्सवादी सिद्धान्तको बोध क्रान्तिकारी पार्टी
को मार्गदर्शनबाट क्रान्ति हाँक्न सक्नु पर्दछ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित