अमृतकुमार (खड्का)के सि
हाल , भारत राजस्थान
दशैं यतै तिहारमा चाहिं आउने भाको छु आमा
एक महिने लामो छुट्टी पाउने भाको छु आमा ।
यसपाली त देउसी भैलो खेल्दै नाँच्ने धोको छहै
साथिसंगी भैली भाका पनि गाउने भाको छु आमा ।
दिदी नि खुसि होलिन्, भाइ आउने खबर सुन्दा
यसपाली साँच्चै भाइ टिका, लाउने भाकोछु आमा
बालाई मोबाइल किनेछु, भाइलाई एउटा घड़ी
हजुरलाई छिट्को गुन्यो, ल्याउने भाकोछु आमा।
गैरी खेतमा मार्सी धान, लह–लह झुल्दै होलान्
लेक र बेसी मेलापातमा, धाउने भाकोछु आमा ।
Comments

