- सिर्जना विश्वकर्मा
बधाई शब्द
कति भारी कति वजनदार
ययसको गरिमा अझ अपरम्पार
त्यसै आर्जन गर्न नसकिने
त्यसै किन्न बेच्न नसकिने
तर यो चुनावले
बधाई दुब्लाए झैं लाग्छ
हलुंगो छ सजिलो छ
छरितो छ तितोतितो छ
म सोच्छु
यो बधाईको पनि प्रकार हुनुपर्ने
बिक्ने नबिक्ने चल्ने नचल्ने सर्ने नसर्ने
चुनावको प्रतिफल सँगै
फेसबुकका भित्तामा छरिएको
“बधाई” को रुपले दुखायो
एउटै “बधाई”
भ्रष्टाचारमा मुछिएकाले जित्दा पनि
पटकपटक देश कोपर्नेले जित्दा पन
मान्छे मारेर फुत्किएकोले जित्दा पनि
सात आठ जना मिलेर एउटैलाई कुट्दा पनि
अनि आफ्नो ताकत लगाएर आफै मूल फुट्दा पनि
तिम्रो रुप फेर बधाई
तिम्रो रुप फेर
Comments

