(कविता )
पीताम्बर भट्टराई
रेडियो सुन्दै छु
लेनिन ग्राद भत्कदैछ
रुसी क्रान्तिको प्रतीक
विश्व सर्वहारा पहरेदार
सोभियत वीरहरूको बलिदान
मार्क्सवादी इतिहासको अग्रिम पाना
भन्दैछ आज लेनिन ग्राद भत्कदै छ
गद्दारहरूको नाइके ख्रुस्चेभ
हँसिया हथौड़ा लिएर
हँसिया हथौड़ाको प्रतीक
लेनिन ग्राद हिर्काउँछ
ब्रेझ्नेभ र गोर्भाचोभले
हथौड़ाले मात्र भत्काउन नसकी
गलले फेरि हिर्काउँछन्
जारशाही यल्त्सीनले
ह्वाइट हाउसको ईसारामा
लेनिन ग्राद भत्काउँदैछ
सोभियत जनता
संसारका मिहिनेतकस जनता
यल्त्सीनको प्रहारको विरोधमा
ढाल थाप्दैछन्
लेनिन ग्रादको सुरक्षाको लागि
नयाँ जारहरूको छातीमा
सुरक्षा संगीन रोप्दै छन् ,घोच्दै छन् ।
रचना मिति २०५१असार १३
Comments

