गीत- क्रान्तिकारी एकजुट बन

-जेसिसिंजाली सुर्य थापा

क्रान्तिकारी एक हुट हुदा किन तिमलाई पीडा हुन्छ
जनताको राज्यसत्ता
ल्याउन हामी अघि बढ्दा

वर्ग सत्तुर एक जुट हुँदा उसै संग मिलि हिड्छौं
जनताको सेवा भन्दा उसै संग जुटि हिड्छौ

क्रान्तिकारी एक जुट हुँदा तिमलाई डाहा किन हुन्छ
देशकोलागि एक जुट हुँदा किन तर्सित हुनुपर्छ ।

क्रान्तिकारी कुरा गरी चिल्ला गाडी चढि हिड्ने
जनताको सेवा भन्दा सत्ता प्रमुख भन्दै हिड्ने ।

क्रान्तिकारी एक जुट हुँदा
किन यति धेरै चिन्ता
लाज सरम छैन तिमलाई क्रान्तिकारी भनी हिड्दा

देशको माया छ भने
अब एक जुट बनी हिड
क्रान्तिकारी एक जुट हुदा राज्यसत्ता हाम्रै हुन्छ
जनताको राज्य ल्याउन क्रान्तिकारी एक जुट बन

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित