काठमाण्डौ । इच्छुक साँस्कृतिक प्रतिष्ठानद्वारा आयोजित सिर्जना र संवादको सातौं शृङ्खला २०८१ पौष २० गते शनिवार घट्टेकुलो स्थित इच्छुक साँस्कृतिक प्रतिष्ठानमा संस्कार र संस्कृतिमा नयाँ विकल्प शीर्षकमाथि बहस गर्दै सम्पन्न भएको छ ।
कार्यक्रमको सुरुवातमा स्रष्टा आस्था घिमिरेले उल्लेखित शीर्षकमा आफ्नो अवधारण प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रममा सहभागी सबै स्रष्टा तथा समालोचकहरूबाट आ –आफ्ना अनुभवसहित दृष्टिकोण व्यक्त गरिएको थियो । अवधारणा प्रस्तुत कर्ता घिमिरेले समाजमा विद्यमान अन्धविश्वास र भ्रमपूर्ण दृष्टिकोणले समाजको प्रगतिको मार्ग अवरुद्ध गरेको कुरामा जोड दिँदै अग्रगमनका लागि अन्धविश्वास, अशिक्षा र रुढीवादी संस्काररसंस्कृतिहरूले बढाएको अन्याय, अत्याचार, विभेद, र असमानतालाई वैज्ञानिक चेतनाद्वारा नयाँ संस्कृतिको निर्माण गरेर विकृत परम्परागत संस्कृतिहरूको प्रभावबाट मुक्त बनाउन अपरिहार्य भएको भाव व्यक्त गर्नु भएको थियो ।
परम्परागत रीतिरिवाजभित्रका सकारात्मक र नकारात्मक पक्षका आधारमा त्याज्य तथा ग्रहणयोग्य संस्काररसंस्कृतिको निर्क्योल गर्नु पर्ने र त्याज्य संस्कार संस्कृतिको विकल्पमा मार्क्सवादी दृष्टिकोणमा नया निर्माण गर्नु पर्ने आवश्यकता रहेकोमा प्रायस्सबै सहभागीहरूको धारणा रहेको उक्त कार्यकममा मार्क्सवादी समालोचक जगदीशचन्द्र भण्डारी, मित्रलाल पंज्ञानी, मोदनाथ मरहट्टा, नन्दिश अधिकारी, शिला योगी, इस्माली, छायँदत्त न्यौपाने, गौरी देवकोटा, विष्णु न्यौपाने, पुन्यप्रसाद आचार्य, हेमा सुवेदी, पार्वती कट्टेल, जानुका गौतम लगायतले आ आफ्नो मन्तव्य व्यक्त गर्नु भएको थियो ।
संयोजक गौरी देवकोटाको अध्यक्षतामा सम्पन्न ुसिर्जना र संवादु कार्यक्रममा शिक्षाप्रद अनुभवहरू साटासाट गर्दै बालबालिकालाई पनि गलत संस्कार र संस्कृतिको बारेमा प्रशिक्षित गर्नुपर्ने र जतिसुकै जटिलता आइपरे पनि परिवर्तनको प्रयास आँफैबाट हुनु पर्ने कुरामा जोड दिइएकोको सातौं शृङ्खलालाई स्रष्टा विष्णु न्यौपानेले सञ्चालन गर्नुभएको थियो ।

