काठमाडौं । चिरन पुनले लेखेको गीत दरम खोला भिडियो सहित बजारमा आएको छ ।
नेपालमा आज पनि विद्धमान रहेको परिवेशलाई गीतले यसरी चित्रण गरेको छ, ’सिरान घरे सानेको बाउलाई रातो बाकसमा ल्याएठुलाथरे पातली पनि फर्किनन् उतै विलाए हजुर गाँउघरले जा भन्छ, बनैले आ भन्छ उमेरले नेटो काट्यो न युवा गाउमा छन् न रोजगार देशमा छ हातमुख क्यारी जोड्नु हजुर मोदी खोला फनफनी घुम्यो पर्वतैको विच हजुर’ गीतले सवै मिलेर नेपालमै केही गर्न सकिन्छ भन्दै नेपाली युवाहरुलाई आफ्नै देशमा पसिना बगाउन सुन्दर ढङ्गले अपील गरेको छ । ’सुनै फल्ने नेपाली माटो पौरखमा सम्वृद्धि रोपौ हजुर’ । ’घुम्टेको लेक, न्युरेको बन हलेसी ढुकुर बास्छ आफ्नै पसिनामा रमाउनसक्छौ, फर्किदेउ प्रदेशी भन्छ हजुर स्वाभीमानी पुर्खाको देश पराइको हप्की कति, सुनैफल्ने नेपाली माटो पौरखमा सम्वृद्धि रोपौ हजुर तम्मुखोला फनफनी घुम्यो सुखौराको बीच हजुर’, नेपालकै बहुचर्चित एवम् सुप्रसिद्ध गजल गायक थानेश्वर गौतम, चर्चित जनवादी गायीका केशरी घर्तिमगर ’एलिना’ र गायीका सविता बस्नेतले गीतमा मिठो र न्यायपूर्ण आवाज दिएका छन् । गीतको सङ्गीत संयोजन, मिक्सिङ एबम् मास्टरिङ कुशल एरेन्जर नरेन्द्र वियोगीले गरेका छन् भने गीतको अडियो वेव स्टुडियो, अनामनगरमा तयार पारेको छ । गीतको भिडियोमा पश्चिम नेपालको बागलुङ, म्याग्दी, पर्वत, गुल्मीका सुन्दर र मनोरम दृष्यहरु कैद गरिएको छ । गीतको भिडियोमा मोडल निर्मल क्षेत्री एवम् कुशुम थापाको मुख्य भुमिका देखाइएको छ । क्यामरा तर्फ भुवन केसीले गीतलाई छायाँङ्कन गरेका छन् । भिडियो सम्पादन मिलन विश्वकर्मा गरेका छन् भने गीतको निर्देशन आफै गायक थानेश्वर गौतमका रहेको छ । गीतको भिडियो सार्वजनिक हुनु भन्दा अगाडि नै अडियो प्लेटफर्म मार्फत रिल, फेसबुक, टिकटकमा हजारौ भिडियो बनिसकेको र गीत सवैले मन पराइदिनुहुने
अपेक्षा निमार्ण पक्षले राखेको छ ।
दरम खोला फनफनी घुम्यो गीतको भिडियो सार्वजनिक
Comments

