बिदेशिन बाध्य नेपाल (कविता)

– करन दयाल
मेरो देशका युवाहरूको रगत बगेको छ।
युवाहरू देशमा छैनन बिदेशीन बाध्य छ।
युवाहरूको ज्यान वेहकमा गइसकेको छ।
अब देश नर्मस भएर ग्रस्त भइसकेको छ।

जताततै मर्न बाध्य भए नेपाली हरू।
मर्न बाध्य पार्यो सरकारले नेपाली हरू।
अर्काको देशमा बेहकमा मरे वीर हरू।
देशका होनहार नागरिक मरे नेपाली हरू।

जताततै शहरहरूमा नेपाली मरेका छन।
नेपालीहरू मरेका हजारौ घटना सुनिन्छन।
जहाँपनि नेपालीका घटनाहरू मात्रै छन।
यसको जिम्मेवार को छ प्रश्न उठेका छन।

भारतको सबै शहरबाट घटना घटेको हुन्छ।
यो घटनाको विवरण खै कस कसले सुन्छ।
घटनाहरू कसरी रोकथाम गर्न सकिन्छ।
घटनाहरूमा हाम्रो सरकारलेअमल गर्न पर्छ।

देशभित्र गासबास अपुर्तिले बिदेश आयौं।
घरपरिवार धान्न नसकेर प्रदेश बाध्य भयौं
प्रदेशमा हजारौं दुःख कष्ट सहेर बस्यौं ।
घरपरिवार चलाउन नसकेर प्रदेशि भयौं।

बिदेशबाट दिनहुँ नेपाल लासआएका छन।
दिनमा चारपाँच लासहरू आइरहेका छन।
भारतमा दैनिक घटनाहरू घटिरहेका छन।
घटनाहरू कस्ले कसरी समाधान गर्ने हुन।

भरखरै १२जना नेपालीहरूको ज्यान गयो।
लखनउ महारास्ट जाने रेलमा घटना भयो।
कमाउला खाउला भन्ने अवस्थामा ज्यान गयो
मनमा साँचिएका सपनाहरू अधुरा रह्यो ।

बस रेल दर्घटना अन्य घटनाहरू घटदै छन
अब नेपाली कुनै देशमा पनि असुरक्षित छन।
हाम्रो देशका नेता कान छोपेर सुतेका छन।
त्यो रेलमा यात्रा गर्ने नेपाली थुप्रै रहेका छन।

घाइते हुनेमा कति छन पहिचान खुल्न बाकी छ।
कसैको पहिचान सम्म भको छैन तेत्तिकै छ।
हाम्रो देशको सरकारले बोलेको छैन मौन छ
हाम्रो सरकारले नागरिकको लागि के गरेको छ।

सरकार देश समाप्त हुन लागेको छ ध्यान गर।
देशको युवा शक्ति बिदेशी गुलाम छ बचाउ गर।
सरकार दलाल प्रवृत्ति बाटोलाई अन्त्य गर्ने गर।
देश रहेन भने तिम्रो हविगत के हुने ख्याल् गर।

बिदेशमा भौतारिएका युवा फर्काउ सरकार
रूखोसुखो देशमै गुजारा गरौला सरकार।
स्वतन्त्र तथा सम्मानित नागरिक हौ सरकार।
भोको पेटभए पनि आफ्नै देश हो सरकार।

बिदेशमा नेपाली माथि अत्याचार गरेको छ।
नेपाली नागरिक ईच्छा नहुदा नि बिदेशन बाध्य छ।
प्रत्यक्ष अप्रत्यक्ष नेपाली मरेको खबर दैनिक छ।
बिदेशीले नेपाली नागरिकलाई अपहेलित गर्छ।

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित