नेपाली हुनुमा नै गर्व छ

-अशोक विष्ट
उधारो कर्म र भाग्य बिक्रीमा
कसले राख्यो र
सपनाको महल किन चाहियो
मलाई त मेरै पसिना मिठो छ
यही माटो सुँघेर अघाउने मान्छे
नेपाली हुनुमा नै गर्व छ ।
मेरै रगतले लेख्छु नेपाल
नेपाली हुँ म नेपाली
चाहे डाँडा पारी लेख बेंसी गरुँ
उकाली ओराली घर खेत प्यारो
मातृभूमि नेपाल मेरो
सम्बोधन अरु चाहिन्न
नेपाली भन मन पर्छ ।
गुन्द्रुक ढिंडो मोहिसँग साँचेको मेरो पाखुरी
कर्ममा मलाई विश्वास छ
चाहिंदैन सुख सुविधा
नेपाली पारा चाहिन्छ
नेपाल हो घर नेपाल
चाहिन्न महल कसैको
पराले झुपडी आफ्नै छ ।
चाहिन्न सापटी सुविधा
दुःखले सुख साटिन्छ
कन्दमुल खाएर हुर्कियौं
दुनियाँमा नेपाली घर छ
स्वाभीमान आफ्नै घरको
युग युग नेपाल अमर छ ।
उधारो कर्म र भाग्य बिक्रीमा
कसले राख्यो र
सपनाको महल किन चाहियो
मलाई त मेरै पसिना मीठो छ
यही माटो सुँघेर अघाउने मान्छे
नेपाली हुनुमा नै गर्व छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित