जनसम्बन्ध विस्तारको आठौं दिन कुन टोलीले के कार्यक्रम ग¥यो ?

 

चैत्र – ११,काठमाडौ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले जनसम्बन्ध विस्तार अभियानका लागि केन्द्रबाट गठन गरेको ४ वटै टोलीले आज पनि पूर्व निर्धारित कार्यक्रम सम्पन्न गरेका छन् । चार वटै अभियान टोली जनताका बीचमा प्रचार प्रसार,सदस्यता वितरण,जनभेटघाट, वालपेन्टिङ ,सभा,जुलुस लगायतका कार्यक्रम सम्पन्न गर्दै निरन्तर अगाडि बढिरहेको छ ।

टोली नम्बर १ ः
जन सम्बन्ध विस्तार अभियानको केन्द्रबाट गठित ४ टोली मध्ये नेपाल –भारत सिमाना पाँचथरको चियोभन्ज्याङबाट चैत्र ४ गते उद्घाटन गरी अगाडि बढेको यो टोलीले आज धनकुटाको सदरमुकाम धनकुटा बजारमा वाल पेन्टिङ, पर्चा वितरण, जुलुस र कोण सभाको कार्यक्रम सम्पन्न गरेको छ । जुलसमा वीर शहिद लाल सलाम ,क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल जिन्दावाद ,महिला हिंसा बन्द गर भ्रष्टाचारीलार्य कारवही गर । जातीय विभेदको अन्त्य गर ।युवाहरुलाई रोजगारी दे , असमान सन्धि सम्झौता खारेज गर । माक्र्सवाद लेनिनवाद माओवाद जिन्दावाद , सबै खाले संशोधनवाद मुर्दावाद लगायतका नाराहरु लगाउँदै जुलुशले बजार परिक्रमा गरेको थियो । जनसम्बन्ध विस्तार अभियान अन्तर्गत १ नं. केन्द्रीय अभियान टोलीले आज धनकुटाको मदनचोकमा कोणसभा सम्पन्न गरेको छ । कोणसभाको आयोजना गर्नुपूर्व अभियान टोलीले नारा जुलुससहित धनकुटा नगरपालिका बजार परिक्रमा गरेको थियो । पर्चा वितरण र वालपेन्टिङ समेत गरेको थियो ।आज सम्पन्न कोणसभालाई अभियान टोलीका प्रमुख समेत रहनु भएका क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य रामसिंह श्रीस, महिला नेतृ तथा पार्टीकी पोलिटब्यूरो सदस्य शारदा महत र बालकृष्ण सुवेदीले समेत सम्बोधन गर्नुभएको थियो ।कोणसभाको सञ्चालन पार्टीका धनकुटा सेक्रेटरी गोपाल विकले गर्नुभएको थियो ।

 

 

टोली नम्बर २ ः
जन सम्बन्ध विस्तार अभियानको केन्द्रबाट गठित ४ टोली मध्ये भारतको सिमाना झापाको काँकडभिट्टाबाट ४ गते उद्घाटन गरी अगाडि बढेको यस टोलीले आज विहानमा मोरङको बुढिगङ्गा गाउँपालिकाको गङ्गा चोकमा कोण सभा सम्पन्न गरिएको छ ।आठौं दिन अर्थात चैत्र ११ गते मोरङ जिल्ला बुडिगङ्गा गाउँपालिका वडा नम्बर १ गङगा चोकमा कोणसभा गरियो । सभाको सन्चालन कमरेड बद्री पासवान (मदुर संगठनका प्रदेश सह संयोजक)ले गर्नुभयो । जनवादी गित नारायण शर्माले गाउनुभयो । अभियान बारे कमरेड कृष्ण देव सिंह दनुवारले भोजपुरी भाषामा बिस्तृत बिषय राख्नुभयो । मोरङको गङ्गा चोकमा खाना खाएर सुनसरी जिल्लामा प्रवेश । दुहबी नगरपालिका वडा नम्बर ३ दुहबी बजारमा केन्द्रिय टोलिलाई भब्य स्वागत गरिएको छ । स्वागत पश्चात् कोणसभा गरिएको हो सभाको सन्चालन सुनसरी जिल्लाका सचव पारस लिम्बुले गर्नुभएको छ । सभाको सम्बोधन पार्टीको पोलिट्ब्युरो सदस्य कृष्ण देव सिंह दनुवारले स्थानीय भाषा भोजपुरिमा सम्बोधन गर्नुभयो । सास्कृतिक प्रस्तुति नारायण शर्मा राधा खतिवडाले दिनुभयो । टोली नम्बर दुईका प्रमुख पार्टीको स्थायी कमिटी सदस्य कमरेड प्रतिकले अभियानबारे राख्नुभयो ।आजै यस अभियान टोलीलाई पार्टीको १६ नं व्यूरोले विदाई गर्ने र १५ नं व्यूरोले स्वागत गर्ने कार्यक्रम पनि सम्पन्न भयो । यो अभियान टोली मोरङ जिल्ला छाडेर सुनसरी जिल्ला प्रवेश गरेको छ ।अर्थात १६ नं व्यूरोबाट १५ नं व्यूरोमा अभियान प्रवेश गरेको छ । १६ नं व्यूरोका इञ्चार्ज सुरेन्द्र भण्डारी, मोरङ जिल्ला सेक्रेटरी बादलसहितको टोलीले केन्द्रीय अभियान टोलीलार्य बिदाई गरेको थियो भने १५ नंव्यूरो इञ्चार्ज सिताराम बुढाथोकी , व्यूरो सचिव पारस लिम्बु सहित जिल्ला सदस्यहरुले केन्द्रीय अभियान टोलीलाई स्वागत गर्नुभएको थियो । सुनसरीको इटहरी उप महानगरपालिकाको दुहवी बजारमा केन्द्रीय टोली हस्तान्त्रण र स्वागत कार्यक्रम सम्पन्न भएको थियो । उक्त हस्तान्तरण र स्वागत कार्यक्रममा टोली प्रमख तथा पार्टी स्थायी समिति सदस्य हरिभक्त कंडेल प्रतिक र पार्टीका पोलिटव्यूरो सदस्य कृष्णदेवसिङ दनुवारले मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको सञ्चालन पारस लिम्बुले गर्नु भएको थियो । उक्त समारोहमा १६ नं व्यूरोले केन्द्रीय टोलीलाई आफ्नो क्षेत्रमा आई जनताको बीचमा दुःख सुख बाँड्न तयार भएकोमा केन्द्रीय टोलीलाई हार्दिक धन्यवाद दिएको थियो । त्यस अवसरमा १५नं व्यूरोले केन्द्रीय टोलीलाई माइक्रोफो हस्तान्तरण गरी व्यूरो अन्तर्गतका चार दिने कार्यक्रमको तालिका जानकारी गराएको थियो। अभियान टोली आज धरानको बुढासुब्बा डाँडामा बास बसेको थियो ।

टोली नम्बर ३ः
जन सम्बन्ध विस्तार अभियानको केन्द्रबाट गठित ४ टोली मध्ये भारतको सिमाना कञ्चनपुरकोे गड्डाचौकीबाट चैत्र ४ गते उद्घाटन गरी अगाडि बढेको यस टोलीले चैत्र ११ गतेकैलाली जिल्लाका विभिन्न ठाउँहरुमा कार्यक्रम सम्पन्न ग¥यो ।अभियान टोलीले श्री सीताकुण्ड सामुदायिक वन उपभोक्ता समुह घोडाघोडी नपा–४ गैंडाखेडाको सभाहलमा सामुहिक बसाई पछि सोही ठाउँमा बस्ने तिलक बहादुर डम्बरपाल थापा मगरको घरमा बिहानको चियापान गरेको थियो । अभियान टोली प्रमुख कृष्णराज पौडल र कैलाली जिल्ला सचिव रुद्र कडेलले सोही गाउँका स्थानीय किसानहरुको बीचमा अन्तरक्रियात्मक प्रशिक्षण चलाउनु भएको थियो।कैलाली जिल्लाको घोडाघोडी नगरपालिका–१० पहलमानपुरमा कोणसभा सम्पन्न भएको छ। अभियान टोली सदस्य दिलबहादुर कठायतले सञ्चालन गर्नु भएको कोणसभालाई २ नम्बर व्यूरो सचिव रामबहादुर के सीले सम्बोधन गर्नु भएको थियो। हामी राष्ट्र प्रेमको भावले गर्दा नै जनसम्बन्ध विस्तार अभियान सञ्चालन गरेका हौं। जनतन्त्र, जनजीविका र स्वाधीन राष्ट्र निर्माण गर्नु हाम्रो दायित्व हो, तसर्थ हामी सबै क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको झन्डामा गोलबद्ध बनौं भन्नु भयो।अभियान टोलीले घोडाघोडी नगरपालिका –८ आमफाटामा रामबहादुर रसाइलीको घरमा दिउँसो को खाना खाएको थियो । खाना पछि त्यहाँका स्थानीय बासिन्दाकोबीचमा अभियान टोली प्रमुख कृष्णराज पौडलले अन्तरक्रियात्मक प्रशिक्षण दिनुभएको थियो । अभिनय टोली सदस्य नारायण योगीले सिमली छायाँमा भन्ने गीत गाउनु भएको थियो।

घोडाघोडी नगरपालिका–२ साँडेपानी जंगपुर वजारमा कोणसभा सम्पन्न भएको छ। कोणसभालाई अभियान टोली सदस्य तथा पिबिएम नारायण योगीले सम्बोधन गर्नु भएको थियो, सञ्चालन कैलाली जिल्ला सचिव रुद्र कडेलले गर्नु भएको थियो। बजार क्षेत्रमा पर्चा वितरण गरिएको थियो।बर्दगोरिया गाउँपालिका(४ मुडा बजार, कैलालीमा कोणसभा तथा पर्चा वितरण कार्यक्रम सम्पन्न भएको छ। कोणसभामा पार्टीका वैकल्पीक केन्द्रीय सदस्य टंक कोइरालाले सम्बोधन गर्नु भएको थियो। गजडिया, ड्रगिस्ट र तस्करहरुको नाइके ज्ञानेन्द्र शाह र उनका छोरा पारस शाहले नेपाली जनताको जीवनस्तर सुधार गर्ने के कार्यक्रम छ रु भन्दै केहि प्रतिगमनकारी को उक्साहटमा न लाग्न ज्ञानेन्द्र शाहलाई सुझाव दिनुभयो। यदि उनले टेरेनन् भने त्यसको परिणाम भयानक हुनेछ भन्नुभयो। कार्यक्रमको सञ्चालन कैलाली जिल्ला सचिव कमरेड रुद्र कडेलले गर्नु भएको थियो।

बर्दगोरिया गाउँपालिका–१ सडकपुर बौनियाँ चौराहामा कोणसभा सम्पन्न भएको छ। कार्यक्रमको सञ्चालन अभियान टोली सदस्य दिलबहादुर कठायतले गर्नु भएको थियो भने सम्बोधन अभियान टोली सदस्य तथा वैकल्पिक पिबिएम जितामित्र सुनारलो गर्नु भएको थियो। वक्ता सुनारले नेपालको तिनै तहका सरकारमा भ्रष्टाचार ब्यापक भएको र अझ धेरै भ्रष्टाचार स्थानीय तहमा भएको भन्नु भयो। नेपालको सार्वजनिक खरिद ऐनले नै नीतिगत भ्रष्टाचार हुने वातावरण सिर्जना गरेको छ। महालेखा परीक्षकका कर्मचारी नै स्थानीय तहमा आएर भ्रष्टाचार गर्न प्रोत्साहन गर्ने गरेको बताउनु भयो।

लम्कीचुहा नगरपालिका –३ चिसापानी, कैलाली जिल्लामा कोणसभा सम्पन्न भएको छ। कोणसभाको सञ्चालन कैलाली जिल्ला सचिव रुद्र कडेलले गर्नुभएको थियो। सम्बोधन अभियान टोली सदस्य तथा पिबिएम सिपि शर्माले गर्नु भएको थियो। संविधानमा समाजवाद उन्मुख नेपाल भनेर लेखे पनि अहिले समाजवादी अर्थव्यवस्थाको लागु भएको छैन। शिक्षा, स्वास्थ्य र रोजगारीको जिम्मा लिनु नै समाजवादी व्यवस्थाको विशेषता हो। यो सबै चौपट पारिएको छ। तसर्थ आफुलाई समाजवादी भन्नेहरू आज सबै भन्दा बढी समाज विरोध हुन भन्नुभयो। साथै उहाँको जोड थियो अहिलेको समस्या को समाधान पश्चगमन पनि होईन र यथास्थिति पनि हामी अग्रगमनको दिशामा अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो।साँझको खाना अभियान टोली सदस्य तथा १ नम्बर व्यूरो ईन्चार्ज शेरबहादुर देउवा को घर लम्कीचुवा नगरपालिका –६ चैनपुरमा भएको छ र हरेक दिन जसो समीक्षा बैठक बसेको छ।

टोली नम्बर ४ः
जन सम्बन्ध विस्तार अभियानको केन्द्रबाट गठित ४ टोली मध्ये भारतको सिमाना बैतडीको झुलाघाटबाट ४ गते उद्घाटन गरी अगाडि बढेको यो टोलीले आज विहानमा डोटीको सदरमुकाम शिलगडीमा एक कोण सभा सम्पन्न गरेको छ । यस टोलीले डोटीको फ्लोटमा भित्तेलेखन गरेर ,त्यस क्षेत्रमा प्रचारप्रसार गरेको  छ । कोण सभामा अभियान टोलीका नेता तथा पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली र पार्टीका वैकल्पिक केन्द्रीय सदस्य नवीन खड्काले मन्तव्य राख्नु भएको थियो । डोटीको चौखुट्टेमा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका पिविएम धनेश्वर पोख्रेल र अर्का पिविएम रामबहादुर थापा महानले मन्तव्य राख्नु भएको थियो । डोटी र अछामको सिमाना चोखुट्टे बजारमा केन्द्रीय अभियान टोलीलाई पार्टीका अछाम जिल्ला इञ्चार्च शिवराज बजगाइँ र अछामका सचिव विज्ञान सहतिको टोलीले स्वागत गरेको थियो ।अछामको सदरमुकाम साफेबगर पुगेपछि साफेबगरको पश्चिमपट्टिको बजारमा पार्टीका पिविएमहरु धनेश्वर पोख्रेल र रामबहादुर थारुले मन्तव्य राख्नु भएको थियो ।शिवराज बजगाइँले कार्यक्रमको सहजीकरण गर्नु भएको थियो त्यसरी नै साफेबगरको पूर्वपट्टिको बजारमा टोलीनेता एवम् पार्टीका स्थायी कसमिति सदस्य हेमन्तप्रकाश ओली र अखिल क्रान्तिकारीका सचिवालय सदस्य नविन खड्काले मन्तव्य राख्नु भएको थियो । आज यो अभियान टोली अछामको बाङगे गढी गाउँपालिकाको जयगढ भन्ने ठाउँमा पुगेर बास बसेको छ ।अभियान टोलीले अछाम र डोटीका विभिन्न ठाउँमा वाल पेन्टिङ गरेको थियो ।

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित