जनसम्बन्ध विस्तार अभियानको नवौं दिन कुन टोलीले के कार्यक्रम ग¥यो ?

जनसम्बन्ध विस्तार अभियानको नवौं दिन कुन टोलीले के कार्यक्रम ग¥यो ?
चैत्र – १२, काठमाडौ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले जनसम्बन्ध विस्तार अभियानकालागि केन्द्रबाट गठन गरेको ४ वटै टोलीले जनताका बीचमा प्रचार प्रसार ,सदस्यता वितरण ,जनभेटघाट, वालपेन्टिङ ,सभा,जुलुस लगायतका कार्यक्रम सम्पन्न गर्दै निरन्तर अगाडि बढिरहेको छ ।
टोली नम्बर १ ः
जन सम्बन्ध विस्तार अभियानको केन्द्रबाट गठित ४ टोली मध्ये नेपाल– भारतको सिमाना पाँचथरको चियोभन्ज्याङबाट ४ गते उद्घाटन गरी अगाडि बढेको यो टोली पाँचथर,तेह्रथुम हुँदै धनकुटाको सदरमुकाममा हिजो कार्यक्रम सम्पन्न गरेर आज धनकुटाको पश्चिम छिन्ताङ र आँखीसल्ला लगायतका गाउँमा कार्यक्रम गरेको छ । टोलीले बिहानमा धनकुटामा वाल पेटिङ गरेर छिन्ताङ पुगेको हो । २०३६ सालमा तत्कालीन पञ्चायती प्रशासनले छिन्ताङ गाउँ घेरा हालेर १६ जना छिन्ताङबासीहरुलाई हत्या गरेको थियो। जनयुद्ध कालमा यस गाउँबाट चार जना शहिद भएका थिए । अभियान टोलीले शहिद परिवारसित भेटघाट गरेको छ । आँखीसल्ला ,छिन्ताङमा प्रचार प्रसार गरेर अभियान टोली हिले बजार आइ जुलुश प्रदर्शन सहित कोण सभा सम्पन्न गरेको छ । कोणसभालाई व्यूरो सचिव डिल्लीबोहोराले सम्बोधन गर्नु भएको थियो । धनकुटा जिल्ला सदस्य मातृका राइले कार्यक्रमको सञ्चालन गर्नु भएको थियो ।

नम्बर २ ः
जन सम्बन्ध विस्तार अभियानको केन्द्रबाट गठित ४ टोली मध्ये भारतको सिमाना झापाको काँकडभिट्टाबाट ४ गते उद्घाटन गरी अगाडि बढेको यस टोलीले आज विहानमा सुनसरी जिल्लाको बुढा सुब्बा डांडाँमा कोण सभा सम्पन्न गरेको छ । अभियान टोलीले चिनियाँ चोकमा कोण सभा गरे पछि दिउँसो धरान नगरपालिकाको भानु चोकमा एक अन्तर्कृया कार्यक्रम सम्पन्न गरेको छ । अभियानको नवौं दिन अर्थात चैत्र १२ गते धरानको १४ वडाको पिण्डेश्वर चोकमा कोणसभा गरेको छ। कोणसभाको संचालन रविकिरण पार्टीको जिल्ला सचिवालय सदस्यले गर्नुभएको हो । अभियानबारे किसान नेता क्षेत्रबहादुर थापा र दलित नेत्री शोभा सेन्चुरीले आफ्नो महत्त्वपूर्ण बिषय राख्नुभयो । त्यसपश्चात टोलीले सहिद दिपबहादुर बनको परिवारसँग भेटघाट गरेको छ। उहाँको श्रीमती कालीदेबी बन लगायत सम्पुर्ण परिवारलाई भेट गरेको छ । २०५८ पौष ९ गते सोलुमा सहिद हुनुभएको दिपबहादुर बन । उहाँको सपना पूरा गर्न हाम्रो पार्टी लागिरहेको कुरा पार्टीको स्थायी कमिटी सदस्य कमरेड प्रतिकले राख्नुभयो । टोलीले धरान वडा नम्बर ३ को चीनिया चोकमा कोणसभा गरेको छ , कोणसभाको संचालन पार्टीको जिल्ला कमिटी सदस्य एवम् मजदुरका जिल्ला अध्यक्ष गोपि भण्डारीले गर्नुभएको हो । अभियानबारे मजदुर नेता तथा पार्टी केन्द्रिय सदस्य रंगवीर दोङले महत्त्वपूर्ण विषय राख्नुभयो । सुनसरी जिल्ला धरानको भानु चोकमा संघीय जनगणतन्त्र र बैज्ञानिक समाजबाद बिषयक खुल्ला अन्तरक्रिया कार्यक्रम गरेको छ । कार्यक्रमको अध्यक्षता धरान नगरपालिकाले सचीव बिबि राईले गर्नुभएको हो । अतिथिहरु पार्टीको स्थायी कमिटी सदस्य एवम् अभियान टोलीका सम्पुर्ण सदस्यहरु, माओवादीका उद्दब लिम्बू , सहिद परिवारका सदस्यहरु, किरता राई लक्मी राई, जसपा नेपालका नगर अध्यक्ष ताजुप लिम्बू , नमिता राई, स्वागत मन्तव्य धरान नगरका सह सचिव दिपबहादुर खड्काले राख्नुभएको हो । विभिन्न पार्टीको प्रतिनिधिहरु एवम् अतिथिहरुले जनसम्बन्ध अभियान कार्य राम्रो भएको र यो जनसम्बन्ध कार्यक्रम सफलताको कामना समेत गर्नुभएको थियोे । उहाँहरुको प्रश्नहरुको टिपोट गरी अभियानका सदस्य कृष्ण देव सिंह दनुवार एवम् प्रमुख वक्ता हरिभक्त कडेलले राख्नुभएको छ भने सास्कृतिक प्रस्तुति नारायण शर्माले राख्नुभएको हो ।


टोली नम्बर ३ः
जन सम्बन्ध विस्तार अभियानको केन्द्रबाट गठित ४ टोली मध्ये भारतको सिमाना कञ्चनपुरकोे गड्डाचौकीबाट चैत्र ४ गते उद्घाटन गरी अगाडि बढेको यस टोलीले चैत्र १२ गते बिहान लम्कीचुहा नगरपालिका ६ , चैनपुरमा स्थानीय बासिन्दाको बिचमा अभियान टोलीले छलफल अन्तरक्रिया कार्यक्रम गर्यो। अभियान टोली प्रमुख तथा पार्टीका स्थाई समिति सदस्य कृष्णराज पौडेलले समसामयिक तात्कालिक राजनीतिक विषयमा र किसानहरुको हक अधिकारका बिषयमा बोल्नु भएको थियो। कार्यक्रम अभियान टोली सदस्य तथा संयोजक अम्बिका मुडभरी ( अञ्जना ) ले पनि महिला आन्दोलन र अधिकारको बिषयमा बोल्नु भयो। अभियान टोली सदस्य नारायण योगीले सिमली छायाँमा बसी भन्ने गीत गाउनु भएको थियो। कार्यक्रमको सहजीकरण शेरबहादुर देउवाले गर्नु भएको थियो।

 

अभियान टोलीले क्रान्तिकारी किसान महासंघ नेपाल चैनपुर टोल समिति गठन गरेको छ।
अध्यक्ष–पुष्कल वुढा
उपाध्यक्ष– कृष्ण विष्ट
सचिव– डण्डी प्रशाद ढकाल
कोषाध्यक्ष– पार्वती जैसी
सदस्यहरू–दिपक बि क
डिल्ली बटाला
कुम्भ विष्ट
कालु बि क
करबिर देउवा
भगी देउवा
अमर देउवा
प्रसादले देउवा
लोक बहादुर देउवा
बहादुरे देउवा
सल्लाहकार लोक बहादुर बि क

क्रान्तिकारी महिला संगठन चैनपुर टोल समिति गठन गरेको छ।
अध्यक्ष –देवसरा उपाध्याय
उपाध्यक्ष– विपना देउवा
सचिव –कृष्णा कलेल ९ देउवा०
सदस्यहरू–खगीसरा बि क
पदमा देउवा
मिना देउवा
सिता ढकाल
सरश्वती देउवा
पार्वती जैसी
मना देउवा
वसन्ती देउवा
कोकिला देउवा
सरस्वती महरा
पुष्पा देउवा
अमृता देउवा
पवित्र देउवा

लम्कीचुहा नगरपालिका –६ चैनपुरमा स्थानीय बासिन्दाको बीचमा अभियान टोलीले छलफल अन्तरक्रिया कार्यक्रम गर्यो। अभियान टोली प्रमुख तथा पार्टीका स्थाई समिति सदस्य कमरेड कृष्ण पौडेलले समसामयिक तात्कालिक राजनीतिक विषयमा र किसानहरुको हक अधिकारका विषयमा बोल्नु भएको थियो। कार्यक्रम अभियान टोली सदस्य तथा संयोजक अम्बिका मुडभरी (अञ्जना) ले पनि महिला आन्दोलन र अधिकारको विषयमा बोल्नु भयो। अभियान टोली सदस्य नारायण योगीले सिमली छायाँमा बसी भन्ने गीत गाउनु भएको थियो। कार्यक्रमको सहजीकरण शेरबहादुर देउवाले गर्नु भएको थियो।लम्कीचुहा नगरपालिका –१ लम्की बजारमा कोणसभा सम्पन्न भएको छ। कोणसभा सम्पन्न गर्नु अगाडी प्रचा वितरण गर्नुका साथै क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल जिन्दावाद, जनसम्बन्ध विस्तार अभियान सफल पारौं भन्दै लम्की चौराहा चोक परिक्रमा गरेको थियो।


अभियान टोली सदस्य तथा १ नम्बर व्यूरो ईन्चार्ज  शेरबहादुर देउवाले कोणसभालाई सम्बोधन गर्नु भएको थियो। नेपालमा हुने हरेक आन्दोलन तथा संघर्ष जब उत्कर्षमा पुग्न आँटेको हुन्छ त्यतिबेला विभिन्न विदेशी शक्तिकेन्द्रहरुको इसारा वा दवावमा आन्दोलनलाई संझौतामा टुङ्ग्याउने गरिएको छ भन्नु भयो। योगी आदित्यनाथको फोटो झुण्ड्याएर, हिन्दु अधिराज्यको स्थापना गर्ने र ज्ञानेन्द्र शाहले आफु राजा बन्ने सपना न देखे हुन्छ भन्दै देश अव अग्रगमनको दिशामा अगाडि बढ्ने भन्नुभयो। कोणसभाको सञ्चालन अभियान टोली सदस्य दिलबहादुर कठायतले गर्नु भएको थियो।
जोशीपुर गाँउपालिका–२ जोशीपुर बजार, कैलालीमा कोणसभा सम्पन्न भएको छ। कोणसभालाई अभियान टोली सदस्य तथा विद्यार्थी नेता दिपक विष्टले सम्बोधन गर्नु भएको थियो भने सञ्चालन कैलाली जिल्ला सचिव रुद्र कडेलले सञ्चालन गर्नु भएको थियो।जोशीपुर गाँउपालिका–७ मा शहिद शिवराज ज्ञवाली र रुपा चौधरीको घर परिवारसँग अभियान टोलीले सामुहिक भेटघाट गरेको छ। उक्त भेटघाटमा अभियान टोली प्रमुख कमरेड कृष्ण पौडेलले जनसम्बन्ध विस्तार अभियानको उद्श्यका बारेमा बताउनु भएको थियो। शहिद शिवराज ज्ञवालीको आमा प्रभा ज्ञवालीले अभियान टोलीको उद्देश्य राम्रो भएको र पार्टीले राम्रो काम गर्ने छ भन्ने अपेक्षा राखेको भन्नु भयो। अभियान टोली साँझ कैलाली जिल्ला को टिकापुरमा बास बस्ने छ। क्रान्तिकारी महिला संगठन नेपाल कैलालीको जिल्ला भेला सम्पन्न भएको छ। उक्त भेलामा केन्द्रीय संयोजक अम्बिका मुडभरिको विशेष उपस्थिति रहेको थियो। भेलाले कैलाली जिल्ला सम्मेलन आयोजक समिति गठन गरिएको छ। आगामी २०८२ जेष्ठ ९ र १० गते कैलाली जिल्ला सम्मेलन गर्ने भएको छ।

 

मिना कडालको संयोजकत्वमा १३ सदस्य जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको छ।
संयोजक ः मिना कडाल
सचिवः बबिता थापा
सदस्यः जलु दमाई
सदस्यः तारा बि क
सदस्यः जगु दमाई
सदस्यः लक्ष्मी चुनारा
सदस्यः लाली दमाई
सदस्यः धना नागरी
सदस्यः मीना चौधरी
सदस्यः चम्पा लोहार
सदस्यः निमा लोहार
सदस्यः अतुरनिया चौधरी

टोली नम्बर ४ः
जन सम्बन्ध विस्तार अभियानको केन्द्रबाट गठित ४ टोली मध्ये भारतको सिमाना बैतडीको
झुलाघाटबाट ४ गते उद्घाटन गरी अगाडि बढेको यो टोलीले आज विहानमा अछामको जयगढीमा कोण सभा गरेको छ।कोण सभालाई अछाम इञचार्च शिवराम बजगाइँले सन्चालन गर्नु भएको थियो र कोण सभालाई सम्बोधन टोली नेता तथा क्रान्तिकारी कम्युनिष्ट पार्टीको स्थायी समिति सदस्य हेमन्त प्रकाश ओलीले सम्बोधन गर्नु भएको थियो । रामरोशन बजारमा पार्टीका पिविएम धनेश्वर पाख्रेल र बझाङ र बाजुरा जिल्ला इञ्चार्ज केशव उपाध्यायले सम्बोधन गर्नु भएको थियो । सञ्चालन शिव राज बजगाइँले नै गर्नु भएको थियो ।त्यसपछि टोली अछामको सदरमुकाम मंगलसेन प्रवेश ग¥यो त्यहाँ टोलीले प्रमुख जिल्ला अधिकारी सित भेटघाट गरी छलफल गरेको थियो ।मंगलसेनको कोणसभालाई टोली नेता  हेमन्तप्रकाश ओलीले सम्बोधन गर्नु भएको थियो । शिवराज बजगाईले कार्यक्रमको सञ्चालन गर्नु भएको थियो। अभियान टोली आज अछामको कमल बजार आइ बास बसेको छ ।

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित