वातावरण सफा राखौं

 

– गिनिज वुढा

धाइ रहेछन्  आकासमा धुवाँका ,काला बादल

प्रदुषित छन् आज सबै जमिन, आकाश, पाताल ।

 

हरियाली सकियो चारै तिर छन् प्रदुषण

यही वातावरणले सबलाई गरिरहेछन् शोषण ।

 

चारै तिर फोहोर मैला धुवाँ, धुलो गन्ध

धरतीले गुमाउँदैछ  आफ्नो हरियो रंग ।

 

डुले सबै प्रदुषणमा खोला नाला नदी

मासिदै छन् प्राकृतिक स्रोत सबै भए जति।

 

वातावरण सफा भए नै छ जीवन पनि हाम्रो ।

वातावरण सफा राख्न सचेत भए राम्रो।

 

बोट रोपौ ,रुख रोपौ जोगाउँ है वन

वातावरण सफा भए यही हो ठूलो धन ।

सुरु गरौ सरसफाई सबै जागरुक भइ

बचाउनु पर्छ हाम्रो धरती मिलिजुली सबै।

(पद्म कन्या विद्याश्रम , मा . वि .,

डिल्लिबजार ,काठमाडौ ।  लेखन मितिः २०७९÷ ०३÷१५)

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित