जनसम्बन्ध विस्तार अभियानको २७ औं दिन कुन टोलीको के कार्यक्रम सम्पन्न भयो?

 

काठमाण्डौ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले जनसम्बन्ध विस्तार अभियानकालागि केन्द्रबाट गठन गरेको ४ वटै टोलीले जनताका बीचमा कार्यक्रम अगाडि बढाइरहेका छन् । केन्द्रबाट गठित जनसम्बन्ध विस्तार अभियानको ४ वटा टोलीको २०८१ चैत्र ३० गते सम्पन्न कार्यक्रम निम्न अनुसार छन् –

टोली नं ः१

यो टोलीले दिनभरी सर्लाही जिल्लामा ९ वटा कोणसभाहरु सम्पन्न गरेको छ ।
पहिलो कोणसभा ः
सर्लाहीको ब्रह्मपुरी बजारमा कोण सभा सम्पन्न भएको छ । उक्त कोणसभालाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पोलिटब्युरो सदस्य राम नारायण सिंहले सम्बोधन गर्नु भएको थियो ।

दोस्रो कोणसभा
सर्लाहीको भेल्ही बजारमा कोण सभा सम्पन्न भएकोछ । उक्त कोणसभालाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पोलिटब्युरो सदस्य राम नारायण सिंहले सम्बोधन गर्नु भएको थियो ।

तेस्रो कोणसभाः
सर्लाहीको त्रिभुवन नगरमा कोणसभा सम्पन्न भएको छ । उक्त कोणसभालाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पोलिटब्युरो सदस्य राम नारायण सिंहले सम्बोधन गर्नु भएको थियो ।

चौथो कोण सभा ः
सर्लाहीको सदरमुकाम मलङ्गवा बजारमा कोण सभा सम्पन्न भयो । उक्त कोणसभालाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य राम सिंह श्रीसले सम्बोधन गर्नु भएको थियो । अभियान टोलीले सिरसिया चोकमा जनसाधारण सँग अन्तरक्रिया गरेको थियो ।

पाँचौं कोणसभा
सर्लाहीको गैरमा कोण सभा सम्पन्न गरिएको थियो । उक्त कोणसभालाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पोलिटब्युरो सदस्य राम नारायण सिंह र केन्द्रीय सदस्य टेक बहादुर बि .क.ले सम्बोधन गर्नु भएको थियो ।

छैटौं कोण सभा
सर्लाही जिल्लाको नवलपुर बजारमा कोणसभा सम्पन्न गरिएको थियो । उक्त कोणसभालाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य टेक बहादुर बि. क.ले सम्बोधन गर्नु भएको थियो ।

सातौं कोण सभा ः
सर्लाहीको हरिवन बजारमा कोण सभा सम्पन्न भएको थियो । उक्त कोणसभालाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य राम सिंह श्रीसले सम्बोधन गर्नु भएको थियो ।

आठौ कोण सभा
सर्लाही जिल्लाको सोल्टी बजारमा कोणसभा सम्पन्न भयो ।उक्त कोणसभालाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य टेक बहादुर बि.क. ले सम्बोधन गर्नु भएको थियो ।

 

नवौ कोणसभा ः
सर्लाही जिल्लाको बरहचा बजारमा कोण सभा सम्पन्न भएको थियो । उक्त कोणसभालाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पोलिटब्युरो सदस्य राम नारायण सिंह र अर्का पि.बि.एम.शारदा महतले सम्बोधन गर्नु भएको थियो ।

माथि उल्लेखित सबै कोणसभाहरूलाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका सर्लाही जिल्ला सचिव सन्ध्या प्रधानले सन्चालन गर्नु भएको थियो । कोणसभा सम्पन्न गरिएका ठाँउहरुमा पर्चा वितरण र भित्ते लेखन गरिएका थिए ।

 

 

 

टोली नं.२

 

अभियानको सत्ताइसऔं दिन अर्थात् चैत्र ३० गते १४ नम्बर ब्यूरो (ओखलढुंगा)जिल्लाबाट बिदाई भए पश्चात् १० नम्बर ब्यूरो ( सिन्धुली) जिल्ला प्रवेश गरेको छ । १४ नम्बर ब्यूरो इन्चार्ज पुष्कर श्रेष्ठ र ब्यूरो सचीव गगन, जिल्ला इन्चार्ज कमरेड पर्वतले अभियान टोलीलाई बिदाइ गरेको हो । ब्यूरो नम्बर १० को इन्चार्ज प्रवेश र ब्यूरो सचिव विकास र सिन्धुली जिल्ला इन्चार्ज भरत बुर्जाले र सिन्धुली जिल्ला पार्टीले अबिर र खादा लगाएर भब्य स्वागत गरेको छ । स्वागत पश्चात् अभियान टोलीले भित्तेलेखन, पर्चा वितरण, जनतासँग भेटघाट तथा छलफल कार्यक्रम बृहत् रुपमा संचालन गरेको छ ।

टोली नं. ३

अभियान टोली विहान बुर्तिवाङबाट गल्कोट हिड्यो। बाटोमा पर्ने बजार क्षेत्रमा पर्चा वितरण र वाल पेन्टिङ गर्यो। गल्कोटको हटिया बजारमा वाल पेन्टिङ, पर्चा वितरण गर्नुका साथै हटिया बजारमा कोणसभा सम्पन्न भयो। कोणसभामा ३ नम्बर अभियान टोली प्रमुख तथा स्थायी समितिसदस्य कृष्णराज पौडेलले सम्बोधन गर्नु भएको थियो। सम्बोधनमा भन्नु भयो नेताहरुलाई हामीले भोट पनि हाल्नु पर्ने, कर तिरेर तलब भत्ता खुवाउनु पनि पर्ने र हाम्रा भोटले जितेकाले जनताको पक्षमा केही काम गर्नु नपर्ने। यो कस्तो बिडम्बना हो ? नेताहरुमा त नैतिकता रहेन ,रहेन हामी जनताले पनि आलोचनात्मक चेत राख्न सकेनौ। हामी पनि सच्चिनु पर्छ भन्नुभयो। कार्यक्रमको सञ्चालन अभियान टोली सदस्य नारायण योगीले गर्नु भएको थियो भने उहाँले उठ्नुपर्ने भो जुट्नुपर्ने भो भन्ने बोलको गीत पनि गाउनु भएको थियो।

टोली नं.४

यो टोलीले अर्घाखाँची जिल्लाको सन्धिखर्कमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य तथा जनसम्बन्ध विस्तार अभियान टोली नम्बर ४ का प्रमुख हेमन्त प्रकाश ओली सुदर्शन हुनुहुन्थ्यो ।
सुदर्शनले अन्तरक्रियामा कार्यपत्र प्रस्तुत गर्नु भएकोथियो । सुदर्शनले माक्र्सवाद पुरानो नभएको दाबी गर्नु भयो । माक्र्सवाद पुरानो भयो भनेर भ्रम फिँजाईरहेका भन्दै सुदर्शन्ले केपी ओली, प्रचण्ड र बाबुरामलाई प्रश्न गर्नु भयो – माक्र्सवाद पुरानो भयो भने तपाइँको नयाँ सिद्धान्त केहो त? माक्र्सवाद भन्दा पनि पुरानो महाभारत बोकेर हिँड्ने ,चितवनको थोरी तिर गएर राम मन्दिर बनाउने ,पशुपतिमा राज्यकोषबा करोडौंको जलहरी चढाउने , अनि माक्र्सवादलाई पुरानो भन्ने ? सुदर्शनले सर्वहारा अधिनायकत्व ,सर्वहारा साँस्कृतिक क्रान्ति र निरन्तर क्रान्तिको सिद्धान्तलाई नमान्नेहरु कम्युनिष्ट होइनन् भन्नु भयो ।


कार्यक्रममा कार्यपत्रमाथि टिप्पणी गर्नेहरुमा नेपाल पत्रकार महासंघ भू पु अध्यक्ष तथा प्रेस चौतारी लुम्बिनी प्रदेश अध्यक्ष शोभाकर भुसाल , पाणिनी बहुमुखी क्याम्पस प्रमुख बुद्धिराम भुसाल, ( नेकपा माओवादी केन्द्र )का प्रदेश सल्लाहकार भेष बहादुर के सी ,नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सदस्य पदम नेपाली,नेकपा एकीकृत समाजवादीका अर्घाखाँची जिल्ला अध्यक्ष राम बहादुर चौहान,नेपाल समाजवादी पार्टी नयाँ शक्तिका पुष्करनाथ आचार्य , राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला अध्यक्ष हरी प्रशाद भुसाल ,जनता समाजवादी पार्टीका वसन्त बहादुर खवास ,प्रगतिशील लेखक संघका अर्घाखाँची जिल्ला सदस्य कृष्ण प्रशाद भुसाल, लगायत हुनुहुन्थ्यो । नेपाल पत्रकार महासंघका प्रदेश परिषद सदस्य अनिल नेपाली, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पोलिटब्युरो सदस्य तथा ५ नम्बर ब्युरो इन्चार्ज प्रेम सुवेदी, पोलिटब्युरो सदस्य धनेश्वर पोख्रेल , पोलिटब्युरो सदस्य तथा ४ नम्बर ब्युरो इन्चार्ज श्याम बहादुर बोहोरा, केन्द्रीय सल्लाहकार पिताम्बर भट्टराई , केन्द्रीय सल्लाहकार बुद्धिराम गैरे ,पोलिटब्युरो सदस्य तथा ३ नम्बर ब्युरो इन्चार्ज लालबहादुर जाग्री, पोलिटब्युरो सदस्य कृष्ण के सी , पोलिटब्युरो सदस्य नरेन्द्र बहादुर थापा,नेकपा ९माओवादी केन्द्र०का प्रदेश सल्लाहकार भेष बहादुर के सी ,नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सदस्य पदम नेपाली,नेकपा एकीकृत समाजवादीका अर्घाखाँची जिल्ला अध्यक्ष राम बहादुर चौहान,नेपाल समाजवादी पार्टी नयाँ शक्तिका पुष्करनाथ आचार्य , राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला अध्यक्ष हरी प्रशाद भुसाल ,जनता समाजवादी पार्टीका वसन्त बहादुर खवास नेपाल पत्रकार महासंघका प्रदेश परिषद सदस्य अनिल नेपाली,प्रगतिशील लेखक संघका अर्घाखाँची जिल्ला सदस्य कृष्ण प्रशाद भुसाल, अनौपचारिक सेवा केन्द्र का कुल बहादुर नेपाली लगायतलाई अतिथि आसन ग्रहण गराइएको थियो । कार्यक्रमको अध्यक्षता क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका अर्घाखाँची जिल्ला सचिव राजेन्द्र कुमार नेपाली , सञ्चालन सचिवालय सदस्य कमल भूषाल र स्वागत जिल्ला सचिवालय तकमान राउतले गर्नु भएको थियो । अन्त्यमा उठेका विषयवस्तुमाथि प्रमुख अतिथि सुदर्शनले स्पष्ट गर्नु भएको थियो।

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित