काठमाण्डौ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले जनसम्बन्ध विस्तार अभियानकालागि केन्द्रबाट गठन गरेको ४ वटै टोलीले जनताका बीचमा कार्यक्रम अगाडि बढाइरहेका छन् । केन्द्रबाट गठित जनसम्बन्ध विस्तार अभियानको ४ वटा टोलीको २०८१ चैत्र ३१ गते सम्पन्न कार्यक्रम निम्न अनुसार छन् –
टोली नं ः१
टोली नं १ लार्य पार्टिका १३ नं व्यूरो सेक्रेटरी रामनारायण सिंहलाई १द्द नंव्यूरोइञ्चार्ज विरेन्द्र कुमार यादव र व्यूरो सेक्रेटर पवन पटेललाई वागमती पुलमा हस्तान्त्ररण कार्यक्रम भयो । १२ नं इञ्चार्ज विरेन्द्र कुमर यादवले केन्द्रीय अभियान टोलीलाई खादा ओढाएर अभियान टोलीलाई स्वागत गरेको थियो । अभियान टोलीले रौतहट जिल्लामा चैत्र ३१ गते तीन वटा कोण सभा सम्पन्न गरेको छ
पहिलो कोण सभा ः
अधियान टोलीले चन्द्रपुरमा राजमार्गक्ँे मुख्य चोकमा कोण सभा सम्पन्न गरेको छ । कोण सभालाई क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका स्थायी समिति सदस्य रामसिङ श्रीसले सम्बोधन गर्नु भएको थियो। दोस्रो कोणसभा ः
चन्द्रनिगाहापुरको हाट बजारमा कोण सभा सम्पन्न भयो कोण सभालाई १२ नं व्यूरो इञ्चार्ज विरेन्द्र कुमार ादवले सम्बोधन गर्नु भएको थियो ।
तेस्रो कोण सभा ः
चन्द्र निगाहापुरको सन्तपुर चोकमा कोणसभा सम्पन्न भयो । कोण सभालाई क्रान्तिकारी कम्युनिष्ट पार्टि नेपालका केन्द्रीय सदस्य टेक बहादुर विश्वकर्माले सम्बोधन गर्नु भएको थियो । माथि उल्लेखित तीनवटै कोण सभालाई पार्टिका १२ नं व्यूरो सेक्रेटरी पवन पटेलले सञ्चालन गर्नुभएको थियो । अभियान टोलीले नारा जुलुस सहित चन्द्रनिगाहापुर बजार परिक्रमा गरेको थियो । कोणसभा सम्पन्न गरिएका ठाँउहरुमा पर्चा वितरण र भित्ते लेखन गरिएका थिए ।
![]()
टोली नं .२
यो अभियान टोलीले अभियानको अठ्ठाइसऔं दिन अर्थात् चैत्र ३१ गते सिन्धुली जिल्ला गोलान्जोर गाउँपालिका वडा नम्बर ३ मा घरदैलो कार्यक्रम गर्दै सदस्यता वितरण गर्ने, पर्चा वितरण गर्ने र जनतालाई संगठित गर्ने काम गरेको छ । सहिद बाबुराम बरालको स्मृति पार्क बन्दै गरेकोले अभियान टोलीले त्यहाँ स्मृति पार्क निर्माण कार्यलाई मद्दत गर्न श्रम शिविर संचालन गरेको छ ।
![]()
टोली नं. ३
अभियान टोलीले विहान बागलुङको गल्कोटबाट हिंडेर घोडा बाँधेमा पर्चा बाँड्ने काम गरेको छ । अभियान टोली रिजाल चोकमा नास्ता गरेर पैदल यात्रा गर्दै सहिद मार्गमा अभियानको प्रचार गर्दै, भित्ते लेखन गर्दै तारा खोला गाउँपालिकाको भुस्कात पुगेको छ । भुस्कातमा आम जनता सित छलफल गर्ने पूर्व निर्धारित कार्यक्रम सफल हुन सकेन । कार्यक्रम स्थल नजिकै कार्यक्रमकै दिन एक जना व्यक्तिले आत्मदाह गरेकाले सबै गाउँले त्यस घटना तर्फ केन्द्रित हुनुपर्ने भएकाले कार्यक्रम हुन नसकेको हो ।
![]()
![]()
टोली नं.४
यो टोलीले कपिलवस्तुका ५ स्थानमा कोणसभा तथा जनभेटघाट कार्यक्रम सम्पन्न गरेको छ।कपिलवस्तुको कृष्णनगरको कोणसभालाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल कपिलवस्तु जिल्लाका सचिव हिमलाल वाग्लेले सञ्चालन र पार्टीका केन्द्रिय कमिटी सदस्य नविन खड्काले सम्वोधन गर्नु भएको थियो । त्यसैगरी वहादुरगञ्ज, चद्रौटामा कोणसभालाई क्रमश पार्टीका सिसिएम दिनेश थापाले सञ्चालन ,सिसिएम हुकुम खड्का र पिविएम धन्नेश्वर पोखरेलले सम्वोधन गर्नु भएको थियो ।
कपिलवस्तुको वुढीचोक र कोइली वनगाइका कोणसभालाई पिविएम लालवहादुर जाग्रीले सम्वोधन र हिमलाल वाग्लेले सञ्चालन गर्नु भएको थियो । कपिलवस्तुको गोरुसिङ्गेको कोणसभालाई पार्टीको स्थायी समिति सदस्य तथा टोली न.४ का नेता हेमन्त प्रकाश ओलीले सम्वोधन र दिनेश थापाले सञ्चालन गर्नु भएको थियो ।![]()
![]()

