डेंगी सचेतना राष्ट्रिय अभियान घोषणा

 

काठमाडौं । स्वास्थ्य मन्त्रालयले डेंगी संक्रमण नियन्त्रण गर्न डेंगी सचेतना राष्ट्रिय अभियान घोषणा गरेको छ। बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच स्वास्थ्य मन्त्री प्रदीप पौडेलले डेंगी नियन्त्रण गर्नकालागि श्रावण महिनालाई डेंगी सचेतना महिनाका रूपमा राष्ट्रिय अभियान सञ्चालन गर्ने पनि जानकारी गराए । मन्त्री पौडेलले देशभर डेङगी संक्रमण बढिरहेका बेला सचेतना राष्ट्रिय अभियान सञ्चालन हुन गइरहेको भन्दै सबै जनता यो विषयमा सचेत हुनु पर्ने कुरामा जोडदिए । डेङगीको संक्रमण भदौदेखि कात्तिकसम्म उच्च रहने स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार चालू आर्थिक वर्षमा मात्रै नेपालमा ५० हजारभन्दा बढी डेंगी संक्रमित भएका छन् । डेङगी लामखुट्टेको टोकाइबाट लाग्ने सरुवा रोग हो । डेङ्गीको संक्रमण फैलने जोखिम अहिले हिमाल पहाड, तराइँ, सबैतिर रहेको छ ।

 

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित