निःसन्तान व्यवस्थापन सेवा सञ्चालन सम्बन्धी मापदण्ड २०८२ स्वीकृत

काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रालयले तयार पारेको निःसन्तान व्यवस्थापन सेवा सञ्चालन सम्बन्धी मापदण्ड २०८२ स्वीकृत गरेका छन् ।
मन्त्री पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै स्वीकृत सो मापदण्ड स्वीकृत गरेका हुन् । निःसन्तान व्यवस्थापन सेवा सञ्चालन सम्बन्धी मापदण्ड २०८२ मा डिम्ब तथा शुक्रकीट दाताको उमेर स्वास्थ्य अवस्था,विवाहित भए श्रीमान श्रीमतीको स्वीकृति लिनु पर्ने,उमेर २०–३५ वर्षको हुनु पर्ने ,एक डोनरले ६ पटक मात्रै दिन पाउने,डोनरको पहिचान गोप्य राख्नु पर्ने र दाताले दान गर्दा शुल्क लिन पाउने जस्ता विषयहरु समावेश भएका छन् ।
त्यस्तै गरी निःसन्तान उपचार केन्द्रहरु सूचिकरण हुनु पर्ने,उपचार केन्द्रहरुले मन्त्रालयले निर्धारण गरे अनुसार मात्रै सेवा शुल्क लिन पाउने, आवश्यक प्रयोगशाला जनशक्ति ,व्यवस्थापन मन्त्रालयले निर्धारण गरे बमोजिम हुनुपर्ने लगायतका विषयहरु समावेश भएका छन् ।
आइ भिएफ (इन भिट्रो फर्टिलाइजेशन)को व्यवस्था स्वास्थ्य संस्थाहरुमा सरकारी तथा निजी तहमा भए पनि अहिले सम्म मापदण्ड बनेको थिएन । पछिल्लो समय निःसन्तान उपचार केन्द्रहरुले उपचारको नाममा महंगो शुल्क लिँदै उपचार गर्दै आइरहेको र उमेर कम भएका दाताहरुबाट समेत संकलन भएको भन्ने समाचारहरु प्रकाशित हुँदै आएका थिए । यो मापदण्डको दूरोपयोग हुन नदिन सम्बन्धित निकायको ध्यान जानु पर्ने देखिन्छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित