बेङ्गलोरमा प्रगतिशील हरितालिका तीज कार्यक्रम सम्पन्न

बेङलोर
अखिल भारत नेपाली एकता समाज बेङ्गलोर दक्षिण महिला नगर विभागको आयोजनामा २०८२ सालको प्रगतिशील हरितालिकातीज कार्यक्रम २७ अगष्ट २०२५ मा सम्पन्न भयो। उक्त कार्यक्रमको अध्यक्षता महिला विभाग कि अध्यक्ष कलावती दयाल ले गर्नुभएको थियो। आशन ग्रहण बाट बोल्दै महिला दिदीबहिनीहरु असामाजिक र अशिक्षितका कारण पछाडी परेकोले अखिल भारत नेपाली एकता समाजको सदस्यता लिएर संगठनमा आबद्ध हुदै आफ्नो हकअधिकार सुनिश्चित गर्नको लागि सब्य र दक्ष बनौं महिला सशक्तिकरण गरौँ भन्नुभयो ।
कार्यक्रम सन्चालन समिति सचिव मिना विक ले गर्नुभएको थियो। भने प्रमुख अतिथि अखिल भारत नेपाली एकता समाज केन्द्रीय उपाध्यक्ष किसन बहादुर किक, विशेष अतिथि केन्द्रीय सदस्य धर्म राम विक, केन्द्रीय अतिथि केन्द्रीय सचिव रामसिंह विक, केन्द्रीय सदस्य करन दयाल,केन्द्रीय सेर बहादुर दयाल, केन्द्रीय सदस्य गणेश विक, केन्द्रीय सदस्य शेरसिंह विक, केन्द्रीय ज्ञानमती विक, केन्द्रीय केन्द्रीय सदस्य राम दत्त पाण्डेय, केन्द्रीय सदस्य हरिश विक, दक्षिण भारत क्षेत्रिय समिति बाट अथिति बिरेन्द्र विक, शिब राम विक‌, राजेन्द्र विक जनक बयानी, द्रोपती विक, वसन्ती विक,हिरा ओड, अरूणा विक, लक्ष्मी भट्ट, सुन्दरी कोली, पार्वती बयानी, बिध्यार्थि केन्द्रीय समिति बाट उपाध्यक्ष प्रकाश दयाल सदस्य प्रतिभा बि क, नविना दयाल सरिता बि क, बिन्दु बि क रक्तिम साँस्कृतिक बाट पुस्सपा दयाल, दिपक बयानि टउनहाल एरिया समिति का अध्यक्ष दिपक भण्डारी, लालबाग एरिया समिति का अध्यक्ष पदम मल्या, बी। टी। एम एरिया समितिका अध्यक्ष बिनोद कुमार वि को बिध्यारानीपुरा एरियामा समितिका गोरख नेपाली, सज्जापुर रोड एरिया समिति का अध्यक्ष कमल ओड,नेपाली समाज भारत कर्नाटक राज्य समितिका उपाध्यक्ष दिपक विक, नेपाली समाज कर्नाटक राज्य समिति कि उपाध्यक्ष दिपा विक प।क्। थलो का सन्चालक रजनीकोहिली ‌ बेङ्गलोर दक्षिण नगर समिति बाट उपाध्यक्ष उदैसिंह बिष्ट सहसचिव अर्जुन भाट,बोम बहादुर परियार, स्याम बहादुर परियार, नेपाल प्रहरी बाट अवकाश पाएका भुपु जगदीश कोली, को अतिथ्या रहेको थियो। अतिथि आशन ग्रहण पछि देश तथा जनताको लागि बलिदान दिएर सहादत प्राप्त गर्नुभएका विज्ञा ज्ञातअज्ञात सहिद प्रति एक मिनेट मौनधारण गरिएको थियो। त्यस उपस्थित जनमानसलाई लक्ष्मी भट्ट ले शब्द बाट र रक्तिम सांस्कृतिक अभियानका कलाकारहरूले ले गित र संगीत बाट स्वागत गर्नुभएको थियो। स्वागत गित पछि केन्द्रीय उपाध्यक्ष किसन बहादुर विक ले तालिकोगडगडाहट का साथ दिपप्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्दै तीजको महत्व र महिला हरूको मौलिकता सम्बन्धि स्पष्ट पार्दै देशको समसामयिक अबस्था बिकृति र बिसंगति का बिरुद्ध गीतका माध्यमबाट आवाजहरु बुलन्ध गर्ने माध्यमको अवसर पनि हो। त्यसैले हामी संसारको जुन सुकै कुनामा रहे पनि हाम्रो धर्म , सस्कृति र परम्परा हरुलाई बिश्वमा नै प्रचार प्रसार गर्दै जगेर्ना गर्न मेला उत्सवहरु का साथ मनाउदै चेतना जागरण गराउने ज्ञानको आदान प्रधान हुनु अति आबस्यक छ। जसले गर्दा नेपाली नारीहरु बीच सदभाव र माया बढ्न गई सकारात्मक धारणाको विकास हुन जान्छ।
यसको लागि जति नारीहरु सक्रिय हुन्छन् त्यति नै पुरुषहरुको सदभाब र सहयोगको खाँचो परेको हुन्छ। यसरी नारी र पुरुष मिलि गरेका सकारात्मक कामहरुले मेलमिलापको बिकास हुन गई आत्मीय भावना जागरुक हुन जान्छ। हाम्रो गाउँ घर समाजमा अशिक्षा र अन्धविश्वासले अझै पनि रोमलिरहेको छ। चुलो चौकामा सिमित रहेका दिदी बहिनी हरूलाई परिवर्तन गराउने शिक्षाको विकास गर्न सक्ने आधार निर्माण गर्दै देशलाई समुन्नति र सम्वृद्धि बनाउनको लागि चेतना र शिक्षाको अति जरुरी हुन्छ। यस्तो जागरणले गाउँ घर देखि देशलाई नै समुन्नत पार्दै अन्धबिस्वस लाई चिरफार गर्दै महिला सशक्तिकरण को आधारभूत बन्न सक्ने छ।आज
विदेशमा पनि नेपाली चेली जम्मा भएर यो पर्व मनाउने गरेको लामो इतिहास छ। नेपाली महिलाहरूले हरितालिका तीजको दिन दर खाने र तीजको दिन आफूले भोगेका दुःख सुखका घटना लाई गीतमा उतार्दै नाचेर मनोरञ्जन गर्छन् । तर आजभोलि भने दरका नाममा भोज गर्ने अनि तीजका गीतमा मौलिकता हराउँदै गर्दा तीज विकृत बन्दै गएको छ । यसलाई सुधार्नु पर्ने देखिन्छ ।यसरी तीज पर्वले समाजको मौलिक अवस्थालाई विशेष ध्यान दिदै महिला शसक्तिकरण अभियान द्वारा शान्ति समुन्नतिका साथै सर्वभौमिक सम्पन्न राष्ट्रको निम्ति टेवा पुग्ने खालको हुन पर्दछ । विश्वका विभिन्न मुलुकहरुमा छरिएर रहेका सम्पूर्ण दाजुभाई तथा दिदी बहिनीहरु बाट एक आपसमा मेलमिलापको भावना जगाउँदै ब्याक्तित्व विकास का साथै देशको यो भिसम परिस्थितिलाई यो तीज पर्बमा आशा गरौँ शान्ति स्थापनाका लागि जोडदार गीतको माध्यमबाट र वक्ताहरुले नेपाल सरकार लाई ध्यानाकर्षण गराउन चाहन्छौं। भन्दै प्रगतिशील हरितालिका तीजको शुभकामना दिनुभएको थियो।नेपाली समाज भारत कर्नाटक राज्य समितिका उपाध्यक्ष दिपक विकले बैचारीक रूपले अलग भएपनि मेरो पहिलो पाठशाला अखिल भारत नेपाली एकता समाज नैं हो भन्दै व्याक्तिगत रुपले मेरो सहयोग रहने छ भन्न भएको थियो। अन्य वक्ताहरूले तीजको शुभकामना दिनुभएको थियो।
अन्तमा प्रगतिशील हरितालिका तीज कार्यक्रम भव्य रूपमा सफल भएको घोषणा गर्दै मन्च सांस्कृतिक कलाकार तथा महिला दिदी बहिनी हरूलाई हस्तान्तरण गर्नुभएको थियो। दिदीबहिनी हरूले विदेशको भूमिमा पनि दुःख सुख लाई गीतको माध्यमबाट नेपाली चेलीको कथा र ब्यथा पोख्दै उपस्थित जनमानसलाई भावुक बनाउन भएको थियो।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित