काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले सर्वपक्षीय अन्तरिम सरकारको माग गर्दै र्यालीसहित प्रदर्शन गरेको छ । जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रम लगायतका विषयमा पार्टीको धारणा आम जनतामाझ पुर्याउने उद्देश्यले सभा गरिएको नेकपाले बताएको छ । प्रदर्शन भृकुटीमण्डपमा पुगेर सभामा परिणत भएको छ । सभालाई महासचिव नेत्रविक्रम चन्द विप्लवले सम्बोधन गर्ने सो पार्टीले जनाएको छ ।
देशको पछिल्लो राजनीतिमा कम्युनिष्टहरुका बीचमा एकता र विभाजनको लहर चलेको छ । विप्लव नेतृत्वको नेकपाबाट पनि केही दिन अगाडि एक समुह विभाजित भएर माओवादी केन्द्रसहितको कम्युनिष्ट पार्टीहरुको एकीकरणमा सहभागी भएको थियो ।

Comments

