नेपाल कम्युनिष्ट पार्टी   केन्द्रिय समिति बैठकका प्रारम्भिक निर्णयहरु सार्वजनिक

काठमाण्डौ । नेपाल कम्युनिष्ट  केन्द्रिय समिति बैठकका प्रारम्भिक निर्णयहरु सार्वजनिक भएको छ । नेपाल कम्युनिष्ट पार्टीका संयोजक लोकनारायण सुवेदीले
२०८२ कार्तिक २५ सो निर्णयहरु सार्वजनिक गर्नु भएको छ । सार्वजनिक गरिएको निर्णयहरु यसप्रकार रहेको छ –

“नेपालका दुई क्रान्तिकारी कम्युनिष्ट पार्टीहरु– नेपाल कम्युनिष्ट पार्टी र अखिल नेपाल कम्युनिष्ट पार्टीका बीच एकतापछि पुनर्गठित नेपाल कम्युनिष्ट पार्टी एकीकृत केन्द्रीय समितिको पहिलो बैठक २०८२ कार्तिक २२ देखि २४ सम्म ढल्केबर, धनुषामा सफलताका साथ सम्पन्न भयो । महान् अक्टोबर क्रान्तिको १०९औं बार्षिकोत्सवको ऐतिहासिक सन्दर्भमा बसेको यस बैठकको प्रारम्भ त्यस महान क्रान्ति र त्यसले विश्वका शोषित–पीडित सर्वहारा श्रमजीवी जनताको मुक्तिका लागि दिएको प्रेरणास्पद क्रान्तिकारी सन्देशको स्मरण र उक्त क्रान्तिका शहीदहरुलगायत संसारभरका क्रान्तिकारी आन्दोलनका सम्पूर्ण सहिद, बेपत्ता र घाइते–अपाङ्ग योद्धाहरुप्रति सम्झना र सम्मान प्रकट गर्दै पार्टीका संयोजक क. लोकनारायण सुवेदीले बैठकको अध्यक्षतामा बैठक शुरु भएको थियो । देशको बिचलनकारी भयावह राष्ट्रिय राजनीति तथा पेचिलो बन्दो अन्तर्राष्ट्रिय परिस्थितिका बीच सम्पन्न यस ऐतिहासिक बैठकले आजको जटील राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिका चूनौतिहरुको सामना गर्न क्रान्तिकारी शक्तिहरुको ब्यापक एकता र निरन्तर सहकार्यको आवश्यकतामाथि विशेष जोड दिइएको राजनीतिक प्रतिवेदनमाथि व्यापक छलफल गरी आवश्यक परिमार्जनका साथ पारित गरेको छ । बैठकले लिएका निर्णयहरुको प्रारम्भिक जानकारीको लागि यो प्रेस–विज्ञप्ति जारी गरिएको छ ।
१. बैठकले साम्राज्यबादपरस्त सामन्ती, दलाल तथा नोकरशाही पुँजीवादी राज्यसत्ता र त्यस अन्तर्गतका विभिन्न सरकारहरुका साथै पछिल्लो समय नेका–एमालेजस्ता ठूला देखिएका प्रतिक्रियावादी शक्तिहरुद्वारा निर्मित स्थिर र शक्तिशाली सकारको नाम दिइएको तत्कालीन ओली सरकारका समेतको पछिल्लो भ्रष्ट, निरंकुश र दमनकारी कुशासन र कदमका कारण जेन जी नामक यूवाहरुको आन्दोलन स्वाभाविक र जायज आन्दोलनको रुपमा सुरुवात भएको ठहर गरेको छ । तर २०८२ भाद्र २३ गते शुरु भएको उक्त आन्दोलनलाई दुरुपयोग गर्ने र देसमा आफ्नो पूर्ण कठपुतली सरकार कायम गरी नेपाललाई वैदेशिक शक्तिकेन्द्रहरुको प्रत्यक्षतः चरम हालीमुहाली गर्ने कुनियतसहितको सुनियोजित षड्यन्त्रमा आन्दोलनमाथि राज्यको क्रूरतम र निकृष्टतम दमन गराइयो । तत्पश्चात् त्यसका विरुद्धमा भड्किएको जनआक्रोशलाई समेत पूर्ब नियोजित किसिमले हाइज्याक गरेर राष्ट्रबिरोधी साम्राज्यवादी र जनविरोधी प्रतिगमनकारी प्रकृतिका बाह्य र आन्तरिक जनता र राष्ट्र बिरोधी शक्तिहरुले अकल्पनीय आगजनी, बिध्वंश, लुटपाट र हत्या गरी पूरै देसलाई नै बन्धक बनाई भयावह मोडमा धकेलिदिए । त्यस स्थितिबाट नेपालको साम्राज्यबाद परस्त राज्य सत्ता र त्यसका सञ्चालहरुले देश र जनताको रक्षा गर्न असफल साबित भएको र राज्यको अस्तित्व नै अभूतपूर्व संकटमा पर्न गएको प्रष्ट भएको निष्कर्श बैठकले निकालेको छ ।
२. प्रतिगमनकारी, यथास्थितिवादी र साम्राज्यबादपरस्त शक्तिहरुले उत्पन्न गरेको यस प्रकारको चक्रब्यूहमा परेको देशको अत्यन्तै नाजुकतम स्थितिमा प्रतिगमन, यथास्थितिबाद र साम्राज्यबाद बिरुद्ध संघर्षरत राष्ट्र र जनताकाप्रति समर्पित, चिन्तित र सिद्धान्तनिष्ठ सबै सच्चा क्रान्तिकारी कम्युनिष्ट, सच्चा लोकतन्त्रबादी र सच्चा देशभक्त शक्तिहरु विभिन्न रुप र स्तरमा एक जुट हुनु आजको अपरिहार्य राष्ट्रिय आवश्यकता बनेको कुरा यो बैठकले पुनः जोडदाररुपमा दोहो¥याउँदै अबिलम्ब एकताबद्ध हुन र देस र जनताको अस्तित्व र सार्वभौमिकताको रक्षा गर्दै अघि बढ्न सम्बन्धित सबैलाई पुनः आह्वान गरेको छ । यसका निम्ति निरन्तर पहल र प्रयत्न जारी राख्ने निर्णय समेत बैठकले लिएको छ ।
३. नेपाललाई चिन बिरोधी सैन्य अखडामा परिणत गर्ने रण मैदानमा तुल्याउन जुन किसिमका अबाञ्छित, राष्ट्रघाती र जनद्रोही एमसीसी, एसपीपी लगायतका सम्झौताहरु सत्ताका सञ्चालकहरुले गर्दै आएका छन्, त्यसले गर्दा मुलुकको राष्ट्रिय स्वत्व–अस्तित्व नै भयानक संकटमा परेको यथार्थ पछिल्लो समय नेपालमा घटे–घटाइएको जेनजी आन्दोलनका क्रमका अभूतपूर्ब घटनाक्रमले प्रष्ट पारेको छ । अतः १९५० को भारतसँगको असमान सम्झौता तथा एमसीसी, एसपीपी लगायत सबै राष्ट्रघाती सन्धिसम्झौतहरु खारेज गर्ने तथा राष्टिय हित र समानतामा आधारित नयाँ सम्झौता कायम गर्ने आन्दोलनमा अझ बढी सचेतताका साथ सहभागी हुन र संलग्न रहन बैठकले नेपाली जनतालाई पनि पुनः जोडदार आह्वान गरेको छ ।
४. किसानलाई जमिन, जल, जंगल, जटीबुटीको सामूहिक स्वामित्व प्रदान गर र जनशक्तिलगायका अन्य आवश्यक भौतिक–आर्थिक व्यवस्था गर भन्ने जोडदार माग गर्दै बैठकले मिटर ब्याज, लघुबित्त र सहकारी ठगीमा परेका किसानहरुलाई अबिलम्ब त्यसबाट मुक्त गरी न्याय प्रदान गरेर किसान र कृषि उत्पदनलाई आत्मनिर्भर र उन्नत तुल्यान व्यापक रोजगारी पैदा गर भन्ने माग गरेको छ ।
५. शिक्षा र स्वास्थ्य निशुल्क तुल्याउन नीजीकरण बन्द गर र राज्यको मातहतमा ल्याउ, सबैका लागि शिक्षा, स्वास्थ्य र रोजगारीको सुनिश्चितता (ग्यारेण्टी) गर र त्यसको निरन्तरताका लागि राष्ट्रिय वाताबरण बनाऊ भन्ने जोडदार माग पनि बैठकले गरेको छ ।
६.आर्थिक शोषण र समाजिक उत्पीडनबाट जन साधारणलाई मुक्त गर र तिनको सुनिश्चित, सुरक्षित र सार्थक भबिष्य ग्यारेण्टी गरभन्ने महत्वपूर्ण राष्ट्रिय बिषयमा पनि बैठकले जोड दिएको छ ।
७. यसरी नै राजनीतिक अस्थिरता, अन्यौल र असुरक्षाको अन्त्य गर्न जनता र राष्ट्रको हित चाहने साम्राज्यबाद तथा प्रतिगमन बिरोधी सबै सच्चा प्रगतिशील, लोकतान्त्रिक र देशभक्त शक्तिहरुको सर्वपक्षीय राष्ट्रिय भेला गरी त्यसमार्फत राष्ट्रिय स्वाधीन सरकार गठनको बाटो खोल्ने, जन संबिधानको पुनर्निर्माण गर्ने र देशमा राजनीतिक स्थिरता र सामाजिक स्थाईत्वसहितको समग्र विकासका लागि ठोस आधार प्रदान गर्ने भन्ने ऐतिहासिक राष्ट्रिय महत्वको निर्णय अघि सार्दै बैठकले यसनिम्ति संयुक्त र सशक्त आन्दोलन गरी निर्णायक विजयमा पुराउने नीति लिएको छ ।
८. बैठकले पार्टी एकीकरणका बाँकी सबै कार्यभार पूरागरी एकीकरणलाई पूर्णता दिदै यसलाई सुदृढीकरण गर्न नयाँ परिस्थितिमा नयाँ नीति, योजना र कार्यक्रमद्वारा प्रशिक्षित र आन्दोलित तुल्याउने कार्यक्रम अघि सार्दै यस क्रममा आगामी पौष ११ गते क. माओको जन्म जयन्तिको अबसर पारेर राष्ट्रिय किसान भेला गर्ने आगामीश्रमिक महिला विदस ८ मार्चका दिन राष्ट्रिय महिला भेला गर्ने र अन्तर्राष्ट्रिय मई दिवस १ मईका दिन राष्ट्रीय मजदुर भेला गर्ने समेत निर्णय लिएको छ ।”

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित