विश्व मधुमेह दिवसः सन्तुलित जीवनका लागि सचेत रहौँ

– नरेन्द्रबहादुर थापा

आज २०८२ साल कार्तिक २८ गते, तदनुसार १४ नोवेम्बर , सन् २०२५ , विश्व मधुमेह दिवस । मधुमेह मानिसमा लाग्ने एक प्रकारको घातक रोगको नाम हो । यसलाई अंग्रेजीमा डायबेटिज वा सुगर भनिन्छ । यसलाई नेपालीमा अर्को नाम चिनी रोग पनि भनिन्छ ।म आफू मधुमेह रोगबाट पीडित भएकोले आफुले पाएको अनुभव र अध्ययनबाट यो लेख लेख्ने प्रयत्न गरेको छु । पहिलो पटक सन् १९९१ देखि यो मधुमेह दिवस मनाउन थालिएको हो । अहिले ३५औं विश्व मधुमेह दिवस मनाइँदै छ । सन् २००६ देखि आजको दिनलाई विश्व मधुमेह दिवसका रूपमा संयुक्त राष्ट्र संघले पनि मान्यता दिन थालेको हो ।

प्रत्येक वर्ष नोभेम्बर १४ तारिखमा विश्व मधुमेह दिवस (world diabetes day) मनाइन्छ। यो दिवस महान वैज्ञानिक सर फ्रेडरिक ब्यान्टिङको जन्मदिनको स्मरणमा मनाइन्छ ( जसले सन् १९२१ मा इन्सुलिनको खोज गरे र लाखौं जीवनलाई बचाए। यही खोजले मधुमेह ९म्ष्बदभतभक० नियन्त्रणको यात्रा सुरु गर्‍यो ।

विश्वब्यापी शन्देशस्मधुमेह विरुद्ध जागरुकता, रोकथाम र उपचारका लागि
विश्व स्वास्थ्य संगठन (WHO) र अन्तर्राष्ट्रिय मधुमेह संघका अनुसार हाल विश्वभर झन्डै ५३ करोड भन्दा बढी मानिसहरू मधुमेहबाट प्रभावित छन् ।International Diabetes Atlas 2025 अनुसार २०–७९ वर्षको उमेर समूहका ५८९ मिलियन मानिसहरू मधुमेहसँग जीवन बिताइरहेका छन् । नेपालमा पनि मधुमेह रोगीको सङ्ख्या कुल जनसंख्याको ८५ छ र तीव्र गतिमा बढ्दै छ। सहरको व्यस्त जीवन शैली, असन्तुलित आहार, तनाव र शारीरिक निष्क्रियता यसका मुख्य कारण हुन्।
Diabetes दुई प्रकारका हुन्छन् । टाइप वन र टाइप टु डायबेटिज । हाम्रो प्यान्क्रिजका कोषहरु भत्किएर खराब भई इन्सुलिन उत्पादन हुन नसक्दा हुने डायबेटिजलाई टाइप वन भनिन्छ । यो विशेष त बच्चाहरूमा देखिन्छ । तर यसको अर्थ अरु उमेर समूहका मानिसहरूमा हुँदैन भन्ने होइन। यसको एकमात्र उपचार इन्सुलिन सुइ दिनु हो।

दोस्रो प्रकारको मधुमेह अहिले विश्वका मानिसहरूमा देखिने सामान्य प्रकारको डायबेटिज हो। जुनसुकै उमेर समूहका मानिसहरूमा पनि यो मधुमेह देखिन सक्छ। यसलाई चिकित्सकीय भाषामा टाइप टु डायबेटिज भनिन्छ ।

हाम्रो प्याङ्क्रिजले उत्पादन गर्ने इन्सुलिनलाई हाम्रो शरीरले सही प्रयोग नगर्दा यो डायबेटिज हुन्छ। हाम्रो शरीरमा आवश्यक सुगरको सही सन्तुलन नहुँदा यस्तो हुन जान्छ । हामीलाई केही काम गर्ने शक्ति वा ऊर्जाका लागि पनि सुगरको आवश्यकता हुन्छ। तर शरीरमा यसको सही वितरण नहुँदा समस्या निम्तिन्छ।

यो डायबेटिज हुने प्रमुख कारण चाहिँ मानिसको मोटोपना हो। अहिले विश्वभर मोटोपनाको चिन्ता देखिन थालेको छ। आधुनिक हुने नाममा हामीले गर्ने हेलचक्र्याईंका कारण पनि हामी डायबिटिजको सिकार हुने सम्भावना बढ्दै गएको छ। डायबेटिजको अर्को कारण तनाव हो। त्यस्तै उच्च रक्तचाप भएका र कोलेस्ट्रल बढी हुँदा पनि मधुमेहको समस्या देखिएको छ । यसलाई समयमै उपचार गर्ने हो भने छुटकारा पाउन सकिन्छ । प्रिडाइवेटिज भएको थाहा पाउँदासाथ हामीले शरीरको तौल घटाउने हो भने हामीलाई मधुमेह नै हुँदैन भन्ने विभिन्न अनुसन्धानबाट प्रमाणित भइसकेको छ।
यसको अर्थ हो डायबेटिजबाट बच्न सबभन्दा पहिले हामीले शरीरको तौललाई सन्तुलनमा राख्नुपर्ने हुन्छ। डायबेटिजको डर पनि हुने, तर हामीले बजारमा पाइने जङ्कफुड ,रक्सी तथा चुरोट पनि नछाड्ने हो भने, चुरोट , रक्सी सेवन गर्नेहरुको हृदयघातको सम्भावना पनि बढी हुन्छ । त्यसैले मधुमेह नियन्त्रणमा ल्याउन चाहनेहरूले यस्ता बानी तत्काल त्याग्नुपर्छ।

मधुमेह नियन्त्रणका लागि हामीले हाम्रो खानामा पनि विशेष ध्यान दिनुपर्ने हुन्छ। मधुमेह भएकाहरूले त खानामा विशेष ध्यान दिनै पर्छ । बजारको प्रोसेस खानेकुराभन्दा घरमा पकाइएका ताजा पौष्टिक खानेकुराले हामीलाई स्वास्थ्य राख्न मद्दत गर्छ ।

मधुमेह भएका मानिसहरूले पनि एकपटक भात खाँदा हुने चिकित्सकहरुले बताउँछन् । तर यसका लागि पहिले चिकित्सकहरूको सल्लाह लिनुपर्ने उनीहरू बताउँछन्। त्यस्तै फलफूललाई प्राथमिकतामा राखे पनि मधुमेह हुनेहरूले रातो मासु खानै नहुने पनि चिकित्सकहरूले सुझाव दिन्छन्।

मधुमेह समयमा नै थाहा भयो र यसलाई नियन्त्रणमा लिन सकियो भने यसका कारण हुनसक्ने विभिन्न गम्भीर रोगबाट बच्न सकिन्छ। मृगौला, कलेजो, मुटु, आँखा लगायतका हाम्रा महत्वपूर्ण अङ्गमा ठूलो असर गर्न सक्ने भएकोले मधुमेहबाट समयमै बचौँ। यसका लागि समयमै चिकित्सकसँग सल्लाह गरौं।समयसमयमा आफ्नो स्वास्थ्य परीक्षण गर्नु पर्दछ। मधुमेह र अन्य रोगबारे समयमै थाहा भयो भने, यस्ता रोगहरूको उपचार सम्भव छ।

मुधुमेह केवल रोग होइन, जीवनशैलीको संकेत हो। मधुमेह तब हुन्छ , जब शरीरमा इन्सुलिनको मात्रा पर्याप्त हुँदैन वा इन्सुलिनले ठिकसँग काम गर्न सक्दैन, यसले रगतमा ग्लुकोजको मात्रा बढाउँछ र दीर्घकालीन रुपमा हृदय, मृगौला ,आँखा जस्ता अङ्गहरूमा असर पार्छ। तर यसलाई पूर्ण रुपमा नियन्त्रणमा राख्न सकिन्छ, यदि हामी सचेत बन्यो भने ।
मधुमेह रोकथामका पाँच सरल उपाय
१. सन्तुलित आहार– चिनी , प्रशोधित कार्बोहाइड्रेट र फास्टफुड घटाउँ।
२. नियमित व्यायाम, दैनिक कम्तीमा ३० मिनेट हिँड्ने बानी बसालौँ।
३. तनाव नियन्त्रण– ध्यान योग वा मनपर्ने काममा समय दिउँ।
४. नियमित स्वास्थ्य परीक्षण (मधुमेहका रोगीहरुले कम्तीमा ३ महिनामा र स्वस्थ्य ब्यक्तिले वर्षमा कम्तीमा एकपटक रक्त परीक्षण (सुगर टेस्ट )  गरौं।
५. धुम्रपान र मध्यपानबाट टाढा रहौँ।
निलो वृत्त – आशा र एकताको प्रतीक
विश्व मधुमेह दिवसको प्रतीक (symbol ) हो( निलो वृत्त ( Blue circle ), निलो रङ्ग आकाश र संयुक्तताको प्रतीक हो ,जसले सम्पूर्ण विश्वलाई मधुमेह विरुद्धको साझा अभियानमा जोड्ने सन्देश दिन्छ।

सन्देशको सार
मधुमेह नियन्त्रण सम्भव छ ,उपचार पनि उपलब्ध छ, तर सबैभन्दा जरुरी कुरा हो, समयमै पहिचान र सचेत जीवनशैली। नोभेम्बर १४ को यो दिवस हामी सबैका लागि स्मरण हो। हामी आफै हाम्रो स्वास्थ्यको पहिलो संरक्षक हौं।विश्व मधुमेह दिवसको अवसरमा मधुमेह रोगी र स्वस्थ्य सबैलाई सजगता , सुस्वास्थ्य र दीर्घायुको शुभकामना !

मिति ः २०८२ कार्तिक २८ गते

 

 

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित