फ्रेडरिक एङ्गेल्सको जन्म दिवसको सन्दर्भ

 

शालिकराम भण्डारी

फ्रेडरिक एंगेल्सको जन्म सन् १८२०, नोभेम्बर २८ मा भएको थियो । आगामी मंसिर १३ (२८ नोभेम्बर) को दिन २०६ औं जन्म दिवस हो । जहाँ माक्र्सको नाम आउँछ, त्यहाँ एङगेल्सको नाम जोडिन्छ । किनकि यो मित्रता करिब ३९ वर्षसम्म निरन्तर रह्यो । बीचमा टुटेको कहिले सुन्न पाएन । समय समयमा मतभेद देखा पर्थे । सहमतिमा टुंगिने गर्थे । यो मित्रता मानसिक रुपमा मात्र थिएन । भौतिक पनि थियो । दुवै जर्मन थिए । माक्र्सवादी सिद्धान्त नै हो,जसले संसारमा समाजमा ठूलो आँधी तुफान ल्याइदियो । पुराना विकृति, फोहर मैला धेरै टाढा लगेर फ्याँकिदियो । समाजलाई नयाँ रुप दिन सक्यो । समाजवाद हुँदै साम्यवादमा पुग्ने बाटो खोली दियो । माक्र्सवादका दुई प्रमुख कृतिहरु कम्युनिस्टपार्टीको घोषणापत्र, र पुँजी मध्ये पहिलो काम संयुक्त प्रयासमा नै सम्पन्न भयो । कम्युनिष्ट आन्दोलन विश्वमा विस्तार गर्न गठित लिगले यी दुवै , दिग्गजहरुलाई एउटा कार्यक्रम ड्राफ्ट गर्न जिम्मा दियो । यिनीहरु पनि कठोर परिश्रम गरी छोटै समयमा मस्र्यादाको प्रतिवेदन लिगलाई बुझाउ सक्यो । यस पछि तुरुन्तै १८४८ मा कम्युनिष्ट पार्टीको घोषणापत्र प्रकाशित गरियो । दोस्रो कृति पुँजी माक्र्सद्वारा लेख्न शुरु गरियो । यसमा ३ खण्ड मध्ये पहिलो भाग माक्र्सले आफ्नै जीवनकालमा प्रकाशित गरी भ्याए । बाँकी २ भाग माक्र्सको मौलिक रचनाको आधारमा एङगेल्सले नोटहरुलाई सफी गरेर प्रकाशित गरे । माक्र्सको मृत्यु १८८३ मा भैसकेको थियो । अनेक कृतिहरु लेख्दा दुवैबीचमा छलफल बहस हुने गथ्र्यो । विचार विमर्श भैरहन्थ्यो । पछि एङगेल्सले आफ्नो टिप्पणीमा लेखेका छन् । मैले आफ्नो विचार लिएर उनीसँग जान्थे तर उनको विचार मेरो भन्दा धेरै उत्तम ठहर्न गएको हुन्थ्यो र त्यसैले उनीहरु मेरो शिक्षक, म, विद्यार्थीको रुपमा सम्बन्ध राम्रो रह्यो । अर्को कुरा माक्र्सवादी विचारबाट भयभित भएर यसलाई बाङगोटिङगो पार्न, नष्ट गर्ने र संशोधन गर्नका लागि परेकाहरुबाट विश्वलाई सतर्क बनाउन माक्र्सको गाईडले अन्तर्राष्ट्रिय संगठन निर्माण ग¥यो । त्यसलाई प्रथम, द्वितीय र तृतिय अन्तर्राष्ट्रिय नामले पुकारिन्छ । माक्र्स जीवित छँदै गठन गरिएको पहिलो इन्टरनेश्नललाई संशोधनवादी किरणहरुले ठूलो आक्रमण गरे र विघटन गर्न बाध्य गराए । माक्र्सपछि एङगेल्स र उनका साथी सहयोगीहरुको परिश्रमबाट दोस्रो इन्टरनेश्नलको भेला १८८९ मा भयो । यसमा झन् भाँडभैलो हुन गयो । त्यतिकैमा एङगेल्स पनि यस संसारबाट विदा भए ।

माक्र्सवाद र संशोधनवाद बीचको संघर्षको जिम्मा लेनिनमाथि पर्न गयो । माक्र्सवाद श्रृजना गर्न एङगेल्सले धेरै लेखहरु लेखेका छन् । ती सबै भन्छन् । आजसम्मका सिद्धान्त मध्ये माक्र्सवाद नै सत्य यथार्थपरक नयाँ सिद्धान्त हो भन्ने प्रमाणित गर्दछन् । यो सिद्धान्त निर्माण गर्र्न दर्शन, अर्थतन्त्र, राजनीतिलाई प्रमुख मानिएको छ । जर्मन दर्शन, बेलायती अर्थतन्त्र, फ्रान्सेली समाजवाद यी तीन हुन् । यिनमा माक्र्सलाई सदा साथ दिने एङगेल्स नै हुन् । दर्शन क्षेत्रमा द्वन्द्ववाद, भौतिकवाद, ऐतिहासिक भौतिवादका रचना श्रृजना गर्नाले त्यसबेलासम्म महत्वपूर्ण स्थान राखेको अध्यात्मवाद, आदर्शवादका मिथ्या कल्पनामा आधारित सावित गरी दिए । दर्शनमा यो खोज गर्न सबभन्दा पुराना द्वन्द्ववाद दार्शनिक हेगेल र अर्का भौतिवादी दार्शनिक फायरवाखबाट ठूलो शिक्षा प्राप्त भएको स्वयम् माक्र्सले भनेका छन् । तर ती दुवै एउटा आदर्शवाद र अर्का अतिभूतवादमा फस्न गएकोले माक्र्सवादलाई साँचो अर्थमा द्वन्द्ववाद भौतिकवाद खोज गर्न ठूलो परिश्रम गर्न प¥यो । यी सबमा एङगेल्सको देन कम महत्वपूर्ण छैन । यसै गरी बेलायती अर्थतन्त्र आर्थिक अवस्थाको माक्र्सले गहिरो अध्ययन गरे । पुँजीवादमा तीव्र विकास गरिएको बेलायतमा उत्पादनका साधनहरुको मालिक पुँजीपति र उसको कारखानामा काम गर्ने श्रमिक सर्वहारा बीचको सम्बन्ध पनि देखे । एउटा शोषक अर्को शोषित उत्पादनको ठूलो भागबाट प्राप्त शोषकको खल्तीमा शोषितलाई जीवन धान्न पनि धौ धौ पर्ने श्रम नै धन कमाउने साधन भएको निष्कर्षमा उनी पुगे । कसरी श्रमिक वर्गलाई १८–१८ घण्टा र महिला र बालबालिकालाई १२–१४ घण्टासम्म काम लगाउने गरिंदोरहेछ । त्यो पनि यिनको अध्ययनको विषय बन्यो । पूँजी संग्रह गर्ने भन्ने श्रम मात्र होइन, अतिरिक्त श्रम रहेछ भन्ने उनले ठहर गरे । अतिरिक्त श्रम शक्तिको शोषण यसैलाई अतिरिक्त मूल्य सिद्धान्तको खोज भनिएको हो । माक्र्स यो अवस्था परिवर्तन गर्न चाहन्थे । साह्रै चिन्तित थिए । लेनिनले कैयौं ठाउँमा भनेका छन् । पूँजी ग्रन्थ जसले पढ्दैन त्यो सदा माक्र्सवादी कम्युनिष्ट हुन सक्दैन । माक्र्सवाद र एंगेल्सद्वारा संयुक्त रुपमा लिखित कम्युनिस्ट पार्टीको घोषणपत्रको यति दिन हुन गयो ? किनकि त्यसले संक्षिप्त रुपमा सम्पूर्ण विषय उठाइदियो । समाजमा रहेका दुई वर्ग, पुँजीपति र सर्वहारावर्गको संघर्षद्वारा नै पुँजीपति वर्गको हातमा रहेको सत्ता उसको हातमा आउँछ त्यसपछि मात्र समाजवादी साम्यवादी व्यवस्था स्थापित हुन सक्छ । नयाँ समाज पक्षमा हुन्छ, शोषण, दमन, अन्याय अन्त्य हुन्छ, समतामूलक समाज प्राप्त गर्न सकिन्छ । यस सहभागितामूलक कृतिले एंगेल्सको देनलाई मूल्यांकन गर्न सकिन्छ । त्यसैले जहाँ माक्र्स त्यहाँ एंगेल्स, माक्र्स भएको भए एंगेल्स हुने थिएनन्, एंगेल्सको अभावमा माक्र्सका विचार, सिद्धान्त यसरी विस्तार हुने थिएनन् ।

अर्कोकुरा, फ्रान्सेली समाजवादी माक्र्सवादी सिद्धान्त निर्माणको एउटा स्रोत मानिन्छ । माक्र्सलाई जर्मनीबाट निस्काशन गरियो । त्यही गई बस्न थाले र त्यस समाजको गहिरो अध्ययन गरे । पुँजीवादी वर्ग र सर्वहारावर्ग बीच संघर्ष बढ्दै गएको थाहा पाए । त्यसैले “फ्रान्समा वर्गसंघर्षहरु” कृति लेखे । अर्कोतिर एंगेल्सलाई पनि त्यही गई अध्ययन गर्दा १८३० देखि १८५२ सम्म जनसंघर्षहरु चर्केको महशुुस भयो र उनले लेखे “जनसंघर्षहरु” भन्ने कृति । त्यसबेलासम्म त्यहाँको राजतन्त्रिय तानाशाही व्यवस्थाले जनतामाथि गरेको दमन, अन्याय, अत्याचार खोजी नसक्नु थियो । सामान्य प्रजातान्त्रिक अधिकार जनतालाई प्राप्त थिएन । जनताको मुखमा ताल्चान लगाईएको थियो । सर्वहारावर्गको राज्यको ता कुरै उठ्न सक्दैनथ्यो । वंशीय राजतन्त्र, निरंकुशतन्त्र विरोधी जनताको हृदयदेखिको आवाजको तुफान देशभर फैलियो । परिणामस्वरुप निरंकुशतन्त्र उक्त समयमा सदाको निम्ति छुटाइयो । साथसाथै सर्वहारावर्गको संघर्ष पनि चारैतिर वृद्धि भयो । त्यसैले २०२१ वर्षपछि १८७१ मा ठूलो क्रान्ति भयो–पुँजीपति वर्गको हातमा रहेको शासन सत्ता सर्वहारावर्गले विश्वमा पहिलो पटक आफ्नो हातमा लिन सफल भयो । यद्यपि सम्पूर्ण प्रतिक्रियावादी, प्रतिक्रियावादीहरुको गठबन्धनले यसलाई धेरै समयसम्म टिक्न दिएनन् । दुई ढाई महिना भित्रै समाप्त परिदिए । यही नयाँ सत्तालाई पेरिस कम्युन भनिन्छ । तर माक्र्सवाद निर्माण गर्ने माक्र्स, एंगेल्सको जोडीलाई ठूलो आधार शिक्षा, अनुभव प्राप्त भयो । फ्रान्सेली समाजवाद पनि एउटा स्रोत भन्ने गरेको यसैले हो ।

एंगेल्सले धेरै लेखहरु लेखे– यो सानो टिप्पणीमा सबै उल्लेख गर्न सम्भव हुँदैन । तर केही कुरा उठाउनु आवश्यक देखिन्छ । जस्तो “परिवार, व्यक्तिगत सम्पत्ति र राज्यको उत्पत्ति” “प्रकृतिबाट जीव जन्तु हुँदै मानव जातिको उदय” भयो, डारवीनदेखि धेरै वैज्ञानिकहरु यही विषयलाई जोड दिन्छन् । तर प्रारम्भिक समाज सारै असभ्य, ज ंगली थियो । व्यक्तिगत परिवारको जन्म भएको थिएन । सम्पूर्ण कुरा सामूहिक हुन्थे–जीवन धान्ने काम जंगली जन्तुको शिकार, माछा मार्ने, फलफूल संग्रह गर्ने आदिद्वारा गरिन्थ्यो । सुस्तसुस्त व्यक्तिगत परिवारले आकार लियो उसका ईच्छा, आवश्यकताहरु बढ्दै गए, तेरो मेरोको भावना बढ्दै गयो, ज्यादा सम्पत्ति कमाउने श्रेष्ठ जीवन बिताउने मान्छे आकर्षित हुँदै गयो । सम्पत्ति बढी कमाउने प्रतियोगिता वृद्धि हुँदै जाँदा जसले बढी कमाउन सक्छन् । ऊ शक्तिशाली भयो –प्रतियोगितामा असक्तहरु शक्तिहीनमा व्यक्तिगत सम्पत्तिको त्यसैबेलादेखि उदय भयो । स्पष्ट २ वर्ग देखायो । तिनमा झैझगडा, मारकाट उथलपुथल हुँदै गए । शान्ति सुरक्षाको प्रश्न प्रमुख हुन थाल्यो । त्यसैले शान्ति सुरक्षा सुशान कायम गर्न एउटा छुट्टै संस्था जरुरत देखियो । सुरुमा त्यो संस्थालाई समाजदेखि अलग समाजदेखि माथिको संख्या मानियो–त्यहीदेखि राज्यको उदय भएको हो । राज्यलाई समाजदेखि छुट्टै रक्षक संस्था मानिदैन । राज्य त एउटा वर्गको रक्षक मात्रको यसले सामन्तवादी पुँजीवादी व्यवस्थामा सामन्ती र पुँजीपति वर्गको स्वार्थ रक्षाको प्रतिनिधित्व गर्दछ । समाजवादी व्यवस्थामा राज्यले सर्वहारावर्गको रक्षा गर्दछ । राज्य त वर्गीय प्रतिनिधि मात्र हो । यो विषय सामन्ती र पुँजीपतिवर्गले थाहा नभएको भन्न मिल्दैन, उनीहरुले लुकाएको छिपाएको मात्र हो । यो देखाउनु उनीहरुको हित विपरीत हानिकारक हुन्छ । यसलाई एंगेल्ससले आफ्नो लेखमा छर्लङ पारिदिए ।

एंगेल्सको अर्को लेख “समाजवाद–काल्पनिक कि वैज्ञानिक” यसमा उनले २ थरी समाजवादको भिन्नता देखाइ दिएका छन् । काल्पनिक समाजवादीहरु समाजवादी सजिलरी प्राप्त गरिने बस्तु मान्दछन् । उनीहरु श्रम संगठनलाई महत्वपूर्ण ठान्दथे । तर आजको युगमा ठूला ठूला पुँजीवर्ग र त्यही वर्गद्वारा निर्माण गरिएको विशाल सर्वहारावर्गको भयंकर संघर्षद्वारा आजसम्म सामन्तवादी युगदेखि पुँजीवादी युगसम्म तिनको हातमा रहेको सत्ता सर्वहारावर्गको हातमा आउनु पर्छ र तिनीसँग हिजो सम्पत्ति दिनुपर्छ । सर्वहारालगायत समस्य शोषितको हितमा योजनाबद्ध ढंगले प्रयोग गरिनुपर्छ, शासक शासित हुनुपर्छ । त्यसैबेला मात्र समाजवाद प्राप्त गर्न सकिन्छ । तर काल्पनिकहरु श्रमिकहरुलाई सानातिना सुविधाहरु तलववृद्धि, काम गर्ने घण्टा कम गर्ने, जस्ता काम गर्दागर्दै चेतनाको विकास हुन्छ र समाजवाद प्राप्त गर्न सकिने विश्वास गर्दथे । सर्वहारावर्गको क्रान्ति नेतृत्व प्रति उनीहरुको ध्यान थिएन । समाजवाद कुनै नाम होइन, राजनीति प्राप्त गर्ने मात्र होइन, यो त सम्पूर्ण समाजको आर्थिक अवस्थासँग गाँसिएको हुन्छ–एकातिर धनको थुप्रा, सुख सुविधाको चरम अवस्था अर्को ती गरिबी, भोकमरी, बेरोजगारी अथवा गास, बास कपासको अभाव यस्तो अवस्थालाई पूर्णरुपले नियन्त्रण गर्ने, नष्ट गर्ने यसको लक्ष्यको जहाँ दिनको शोषित, दमनकारी वर्गबाट समाजलाई मुक्त गरी न्याय, समतामूलक सुख, समृद्धिपूर्वक शान्तिपूर्ण जीवन प्रत्येक व्यक्तिले बिताउन सक्छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित