काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य पूर्णबहादुर खड्कालाई रिहाईको माग गर्दै विभिन्न जिल्लाबाट ज्ञापन –पत्र बुझाइएको छ । खड्कालाई माघ १६गते सिन्धुलीको दुधौली नगरपालिका वडा नं ९ खोरभनुज्याङबाट प्रहरीले पक्राउ गरेको थियो ।
मोरङ
फागुन २१ को कथित चुनाब बहिस्कारको शान्तिपुर्ण रुपमा प्रचारप्रसार क्रममा माघ १६ गते सिन्धुलीबाट गिरफ्तार पुर्ण बहादुर खड्काको रिहाईको लागि संयुक्त संघर्ष समिती मोरङको तर्फबाट मोरङका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री लाई ज्ञापनपत्र बुझाईएको छ। २०८२माघ२२गते क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका बिमल निरौला, सुमन पराजुली,नेकपा (बहुमत)का सृजन, नेकपाका सतिलाल सहितले माघ २२ गते ज्ञापन पत्र बुझाउनुभएको थियो ।
भक्तपुर
संयुक्त संघर्ष समिति भक्तपुरले क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय समिति सदस्य पूर्ण बहादुर खड्काको रिहाइको माग गर्दे भक्तपुर जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीको कार्यलयको लागि ज्ञापन बुझाएको छ। क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका सुरेश अधिकारी, पदम लामा, नेकपा (बहुमत)का बजिर सिंह नेपाली, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालका कृष्ण बयलकोटीले माघ २१ गते ज्ञापन पत्र बुझाउनुभएको थियो ।

रुपन्देही
क्रान्तिकारी कम्युनिस्ट पाटि नेपाल को तर्फबाट रुपन्देही जिल्ला सचिवलक्ष्मी कान्त पौडेल, स्थायी समिति सदस्य कृष्णराज पौडेल, युबराज न्यौपाने, निमकला पुन, रामु अर्याल , दयाराम खनाल , अर्जुन केसीने.क.पा. (बहुमत)बाट रेखा खनाल , ओमप्रकाश थारुको सहभागितामा २०८२ माघ २२ गते रुपन्देहीका प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुुझाउँदे पूर्ण बहादुर खडकाको रिहाईको माग गरिएको छ ।

नेता खडकालाई अहिले सिन्धुलीको सदरमुकाम सिन्धुलीमाडीको हिरासतमा राखिएको छ ।
बाँके
सिन्धुलीको दुधौलिबाट प्रहरीबाट पक्राउ परेका क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य पुर्ण बहादुर खडका र सुर्खेतमा सिडिओलाई वहाँको रिहाइको ज्ञापन पत्र वुझाउन जाँदा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य कर्ण वीसी, रत्न वलि जिल्ला , नेकपा (वहुमत) का सुर्खेत जिल्ला सेक्रेटरी राज पौडेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य डेविट परियारलाई पनि सुर्खेतमा प्रहरीले पक्राउ गरेकाले बाँके जिल्ला प्रशासन कार्यालयमा सिडिओ मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै गिरफ्तार नेताहरुको रिहाइको लागि ज्ञापन पत्र बुझाइएको छ । २०८२ माघ २२ मा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका ३ नम्बर व्युरो सचिव प्रकास उर्जा सहितको टोलीले ज्ञापन पत्र बुझाएको हो ।
कपिलवस्तु
संयुक्त संघर्ष समिति कपिलवस्तुले क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य पुर्ण वहादुर खड्कालाई रिहाइको माग गर्दै जिल्ला प्रशासन मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । संयुक्त संघर्ष समिति कपिलवस्तु संयोजक हिमलाल वाग्लेले निर्वाचन बहिष्कार गर्नु लोकतान्त्रिक अधिकार भएको हुनाले संवैधानिक अधिकार संरक्षण गर्न माग गरेका छन् । ज्ञापनपत्र बुझाउने कार्यक्रम पश्चात् कपिलवस्तु नगरपालिकाका विभिन्न स्थानमा बहिष्कार पर्चा वितरण गरिएको छ ।
अर्घाखाँची
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिल्ला समिति अर्घाखाँचीले जिल्ला प्रशासन कार्यालय अर्घाखाँची मार्फत प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाएको छ। क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य पूर्णबहादुर खड्कालाई सरकारले गिरफ्तार गरी थुनामा राखेको हुँदा बिना शर्त अविलम्ब रिहाइको माग गर्दै ज्ञापनपत्र बुझाएको हो । सो क्रममा जिल्लाका समसामयिक महत्वपूर्ण विषयहरू,निर्वाचन बहिष्कार सम्बन्धी कार्यक्रम जानकारी लगायत विषयमा अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारीसँग छलफल भएको छ। ज्ञापनपत्र बुझाउने प्रतिनिधि मण्डलमा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल पोलिट व्यूरो सदस्य कृष्ण केसी, जिल्ला इन्चार्ज नरेन्द्रबहादुर थापा ,केन्द्रीय सदस्य तथा जिल्ला सेक्रेटरी राजेन्द्र नेपाली, क्रान्तिकारी ट्रेड युनियन महासङ्घ जिल्ला अध्यक्ष हिम्मत बिक लगायत हुनुहुन्थ्यो ।

