नक्कली प्रहरी बनेर ठगी गर्ने पक्राउ

 

काठमाण्डौ । प्रहरी परिसर काठमाण्डौबाट अटिएको प्रहरी टोलीले नक्कली प्रहरी बनेर पाँच लाख ठगी गर्ने व्यक्ति दीपक थापा मगरलाई माघ १९ गते पक्राउ गरेको छ । पक्राउ गरी काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको प्रहरी परिसर काठमाण्डौले जनाएको छ । वादी नेपाल सरकार प्रतिवादी दावा भन्ने दाफुरी शेर्पा समेत भएको हुन्डी कारोबार सम्बन्धी कसुर मुद्दामा मिति २०८२।०८।१५ गते पक्राउ परेका प्रतिवादी दावा भन्ने दाफुरी शेर्पाको आमालाई आफू प्रहरी रहेको र पाँच लाख रकम दिएमा दावा भन्ने दाफुरी शेर्पालाई छुटाई दिन्छु भनि रकम ठगी गरि फरार रहेका थिए । उनी जिल्ला नुवाकोट, लिखु गाउँपालिका १ घर भइ जिल्ला काठमाडौं, तारकेश्वर नगरपालिका ८ नेपालटार बस्दै आएका थिए ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित