सुक्र बहादुर खपाङ्गी मगरप्रति हार्दिक श्रद्धाञ्जली अर्पण

काठमाण्डौ ।  क्रान्तिकारी महिला संगठन नेपालले केन्द्रीय सदस्य तथा उदयपुर जिल्लाको संयोजक हिरा खपाङगी मगरको पिता सुक्र बहादुर खपाँगीमगरको २०८३ श्रावण ११ गते असामयिक निधन भएकोप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ । राष्ट्रिय एकता सम्मेलन आयोजक समितिका संयोजक शारदा महतले २०८३ साउ १४ गते एक श्रद्धाञ्जली वक्तव्य जारी गर्दै सो कुरा बताउनु भएको हो । वक्तव्यको पूर्ण पाठ यसप्रकार छ –“
हाम्रो गौरवशाली संगठन क्रान्तिकारी महिला संगठन नेपालको केन्द्रीय सदस्य तथा उदयपुर जिल्लाको संयोजक हिरा खपाङगी मगरको पिता सुक्र बहादुर खपाँगी मगरको यहि मिति २०८३ श्रावण ११ गते उपचारका क्रममा ६९ बर्षको उमेरमा असमायिक निधन भएको छ । उहाँ लामो समय देखि उच्च रक्तचाप, पार्किन्सन लगायतका रोगबाट पीडित हुनु हुनुहुथ्यो । उहाँको जन्म वि.स. २०१४ सालमा भएको थियो । उहाँ उदयपुर जिल्ला चौदण्डीगढी न.पा . वडा ८ धारापानी निवासी हुनु हुन्थ्यो । उहाँ का ३ छोरा, २ छोरी हुनुहुन्छ । उहाँको निधनले वामपन्थी र आदिवासी जनजाति आन्दोलनलाई ठूलो क्षति पुगेको छ । हाम्रो संगठन पिता सुक्र बहादु र खपाङ्गी मगरप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । साथै यस दु ःखद घडिमा हिरा खपाङगी मगर लगायत शोक सन्तप्त परिवार जनमा गहिरो समवेदना प्रकट गर्दछ ।”

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित