मनाइयो ३१औं जनयुुद्ध दिवस

काठमाण्डौ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले ३१औें ऐतिहासिक जनयुद्ध दिवस कार्यक्रम भव्यताको साथ सम्पन्न गेरको छ ।इच्छुुक साँस्कृतिक प्रतिष्ठान घट्टेकुलोमा आयोजित कार्यक्रमको अध्यक्षता स्थायी समिति सदस्य रामसिङ श्रीस र प्रमुख अतिथि क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव सी.पी.गजुरेल हुनुहन्थ्यो । ज्ञात अज्ञात शहिदहरुप्रति एक मिनेट मौनधारण पछि अगाडि बढेको कार्यक्रममा महासचिव गजुरेलले २०५२ साल फागुुन १ गतेदेखि शुुरु भएको जनयुद्ध सम्झौतामा टुङ्गिएपनि यसको अत्यन्त ठूलो महत्व रहेको बताउनुभयो ।वहाँले नेपाली जनयुुद्धको संसारभरि नै महत्व रहेको बताउँदै जनयुद्ध शुरु गर्दा थोरै भए पनि  पछि नेपाली जनता, किसान, मजदुुर सबैको साथले जनयुद्धले सैनिक क्षेत्रमा महत्वपूर्ण विकास गरेको धारणा राख्नुुभयो ।वहाँले बाँदर लखेट्न प्रयोग गरेको २ वटा भरुवा बन्दुकबाट जनयुद्ध शूरु गरेको र त्यो बन्दुुकको नाम दौडाहा (होलटाइमर)बन्दुुक राखिएको पनि स्मरण गर्नु भयो । त्यसरी शुरुभएको जनयुद्धले महत्वपर्ण उचाइ हासिल गरिरहेको अवस्थामा वार्ता गरी जनयुद्धलाई नेतृत्वले विसर्जनमा पु¥याएको बताउँदै यी सबैबाट शिक्षा लिँदै अबको नेपाली कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउनु पर्ने धारणा राख्नुुभयो । अहिले जनयुद्धको नेतृत्व एक नम्बरको संसदवादी भइ निर्वाचनमा आफुलाई जिताउन भन्दै जनयुद्ध दिवशमा चकलेट बाँड्दै हिनेको बताउँदै उनीहरुले जनयुद्धलाई परित्याग गरेको धारणा राख्नुुभयो ।

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका स्थायी समति सदस्य सन्तबहादुर नेपालीले स्वागत मन्तव्य राख्दै जनयुद्धलाई अवसरवादीहरुले गलत दिशातिर पुु¥याएको बताउनुु भयो । वहाँले जनयुद्धमा भएका कमी कमजोरीहरुबाट शिक्षा लिएर अगाडि बढाउनुपर्ने बताउनुभयो । पार्टी सदस्यहरुले अहिले पार्टीले लिएको जनविद्रोहको नीतिलाई सफल बनाउन लाग्नुपर्ने धारणा राख्नुु भयो । वहाँले अहिले देशमा साम्राज्यवादी हस्तक्षेप नाङ्गो रुपमा भएको भन्दै देशभक्त ,जनतान्त्रिक तथा वामपन्थी शक्तिहरुलाई एकजुट पारेर त्यसका विरुद्ध लाग्नुपर्ने कुरा औंल्याउनुभयो । जनयुद्ध दिवसमा शहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै संसारभरिका क्रान्तिकारीहरुलाई शुुभकामना प्रकट गर्नुुभयो । पार्टीका अर्का स्थायी समिति सदस्य हेमन्तप्रकाश ओलीको संचालनमा कार्यक्रम अगाडि बढेको थियो ।

 

बाँके र बर्दिया

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल बाँके बर्दियाको संयुुक्त आयोजनामा ३१ ओ महान जनयुद्ध दिबस समारोह बर्दियाको भोलागौडिमा भब्य रुपमा सम्पन्न भएको छ र केन्द्रीय सदस्य तथा बाँके जिल्ला सेक्रेटरी पिटीको अध्यक्षता रहेकोे सो कार्यक्रमको संञ्चालन बर्दिया जिल्ला सेक्रेटरी बिनयले गर्नुभएको थियोे भने स्वागत मन्तब्य जलनले राख्नु भएको थियोे । उक्त कार्यक्रमको प्रमुख अतिथि ३नं ब्युरो ईन्चार्ज तथा केन्द्रीय पोलिट ब्युरो सदस्य शिखर हुनुहुन्थ्यो भने अतिथिहरुमा पार्टी केन्द्रीय सदस्य तथा बर्दिया जिल्ला ईन्चार्ज बिपिन , पार्टी केन्द्रीय सदस्य कुशल ,केन्द्रीय सल्लाहकार किरण , क्रान्तिकारी दलित मुक्तिमोर्चा बाँकेका संयोजक शक्ति, मुस्लिम मोर्चा बर्दिया जिल्ला संयोजक नईम हासमी , क्रान्तिकारी महिला संगठन बर्दिया जिल्ला संयोजक छाँया रहनु भएको थियोे । कार्यक्रमका प्रमुख अतिथि शिखरले शुभकामना मन्तब्य राख्ने क्रममा शहिदहरुको सपना पूरा गर्न र सर्बहारा बर्गको पुर्ण मुक्तिको लागि अझै बलिदानको खाँचो परेको बताउनु भएको थियोे र आगामी फाल्गुन २१ गते हुने दलाल संसदीय निर्वाचन बहिस्कार गर्न सबै ले जोड गर्नुपर्ने कुरा दर्साउनु भएको थियोे। नेपाल िकम्युनिस्ट पार्टीबाट नवप्रबेसिका हरिराम थारु, राजु चौधरीलाई कार्यक्रमका प्रमुख अतिथिले अबिराबरन गरी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालमा प्रबेश गराउनु का साथै उपस्थित सबैले अबिराबरन गरी शहिदहरुलाई स्मरण गर्दै जन युद्ध दिबस मनाईएको थियोे।

मोरङ
३१ औं जनयुद्ध दिवसको अवसरमा विराटनगरको जनआन्दोलन चोकमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरिएको छ ।

चितवन
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, चितवन जिल्ला समितिको आयोजनामा ३१ औं जनयुद्ध दिवस भरतपुरमा एक कार्यक्रम गरेर मनाइएको छ । पार्टीका राजनैतिक ब्युरोका सदस्य एवं ११ नम्बर ब्यूरो ईञ्चार्ज अटल प्रमुख अतिथि रहनु भएको कार्यक्रममा राजनैतिक ब्यूरो सदस्य एवं क्रान्तिकारी महिला संगठनका अध्यक्ष अम्बिका मुडभरी, जनसांस्कृतिक महासंघका जिल्ला अध्यक्ष रविकिरण निर्जीव सहित पार्टीका सदस्य, समर्थक शुभचिन्तक जनता समेतको सहभागिता रहेको थियो ।

कार्यक्रममा रविकिरण निर्जीवले जनयुद्धका क्रममा जेल हिरासतको मोर्चाका अनुभव सुनाउनु भयो । अम्बिका मुडभरीले चितवनमा जनयुद्धका तुफानी दिनहरूको स्मरण, पटकपटकको जेल र हिरासतका अनुभव र देशैभरी खासगरी महिला, उत्पीडित समुदाय र क्षेत्रका जनतामा पैदा भएको जागरणको विषयमा आफ्नो धारणा राख्नु भयो ।
प्रमुख अतिथि अटलले जनयुद्धका आफ्ना स्मरण सहित वर्तमान राजनैतिक परिस्थितिका विषयमा आफ्नो धारणा समेत राख्नु भयो । आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधि सभा निर्वाचन बहिष्कारको कार्यनीति अप्नाउँदै आएको क्रान्तिकारी कम्युनिस्ट पार्टी सहित अन्य कतिपय राजनीतिक दलले आह्वान गरेको संघर्षका कार्यक्रम बारेपनी अटलले आफ्नो मन्तव्य व्यक्त गर्नु भयो । जिल्ला इन्चार्ज विकासको अध्यक्षता एवं कुलप्रसाद रिजालको सञ्चालनमा भएको कार्यक्रममा रविकिरण निर्जीव र नारायण शर्मा बिपिनले कविता वाचन गर्नु भएको थियो ।

 

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित