जोगाऔं हाम्रा सम्पदा

बुद्धिराम गैरे ‘कौडिल्य’
मेरोता मुटुनै विछिप्त हुनगो,सुन्दै छिर्लिङ्गे जल
फोर्ने रे मसिना पहाड पनिता,खोपेर गर्वे तल ।
लान्छन् रे खजना लुटेर मसीना, लोभी र लाल्ची अनी
कस्तो हो यिनमा मुहान जलका, मास्ने इरादा पनि।।

के गर्ला दुनिया मुहान जलका,सुक्दै गएमा अनि
पानीको महिमा बुझेर पनिता, सुन्दैन कोही पनि ।
पर्नेछन् दुःखमा न्वाकोट ढिकुरा,खिल्जी अश्रुकोट अनी
पानी नै नहुदा खुबै सकसमा, पर्नेछ धन्चौर पनि।।

प्यासी धेर हुँदा खटाइ कसरी, जन्ता सहलान् कहाँ
जन्ता जागृत भै समाज उठ्दा,केहाल होला यहाँ।
सग्ला ती गीरिको मुहार बदली,रूपै विगारीकन,
सक्दैनौ कपटी छलेर लुट्नै, भावुक छदै छौं जन।।

गर्वे छिर्लिङ मुहान जलको, मास्छौ र पात्ले किन,
जन्ताका अनमोल सम्पतिहरू, घाटी सुकाई कन।
यस्ता घातहरू सहन्न जनता,घातीहरूले सुन,
तिम्रा हालतले विनास हुनेभो, केही रहेनन् गुन।।

मास्दै गौरव यी पहाड वनका, व्यापार गर्दा भए,
नेपाली जनले युगौं युग खुबै, सम्झी सराप्ने भए।
सानो डेवा तथा अरू सुखदका,बस्ती बिगारी कन,
रम्छौ है कसरी अनादर गरी, जन्ता भुलाई कन।।

हाम्रा गौरव हुन पहाड चुचुरा,वेशी तथा जंगल
हाम्रा फाँट मदेशका जतिछन, नेपालका मंगल।
सग्ला सुन्दर यी पहाड धनमा,बेच्दै लिएको धन,
भावी सन्ततिको भविश्य पनिता,सोचेन तिम्रो मन।।
इतिः–

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित