अपत्य शर्मा
पुँजीवादको अस्तित्व नै विज्ञापनमा अडेको छ । सामान्य भन्दा सामान्य मालको पनि विज्ञापन गरिन्छ । सामान्यजनदेखि सर्वहारावर्गसम्मलाई पनि विज्ञापनले प्रभावित पारिरहेको हुन्छ । विना विज्ञापन पुँजीवादी माल बिक्री नै हुँदैन । यसकारण विज्ञापनले राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतलाई पनि समेटेको हुन्छ । पुँजीवादी विज्ञापनले सम्पूर्ण विश्वलाई उपभोक्तावादी बनाएर मन मस्तिष्कले कुन माल उपभोगयोग्य हो, कुन हानिकारक स्वास्थ्यलाई ठूलो क्षति पु¥याउने त्यो नै छुट्याउन नसक्ने बनाउँदै लगेको छ । विश्वव्यापी रुपमा खुबै प्रचारित र उपभोग गरिने शक्तिबर्धक चिसो पेय कोकाकोला नेपाली आम उपभोक्ताको रोजाई विवाह, ब्रतबन्ध र व्यक्तिगत उपभोक्तासम्मको प्रिय रहँदै आएको छ । कोकोकोलाले नेपालमा पनि आप्नो उत्पादन गर्छ र मोटो रकम अमेरिका लगिरहेछ । नेपालमा मात्रै कोक कारखाना बालाजु र चितवन, भरतपुरमा छन् र नेपालमा रहेका कोक कम्पनीले २०२३÷२४ मा ११.२१ अरब नेरु नाफा अमेरिका लग्यो ।
कोका कोला विश्वव्यापी पेय पदार्थ हो । यसले आफ्नो ब्राण्ड जोगाउन ४ अरब अमेरिकी डलरदेखि ५ अरब डलरसम्म खर्च गर्छ । कोकको प्रतिस्पर्धी पेप्सी कम्पनी भएकाले आफ्नो सेयरको मूल्य बढाउने प्रयास गर्छ । कोका कम्पनीले वार्षिक स्न २०२४ मा चोखो नाफा १०.६३१ अरब (करिब १०.६५ अरब) अमेरिकी डलर कमायो । सन् २०२३ मा चोखो नाफा १०.७१४ अरब अमेरिकी डलर कमायो । कोकका जन्मदाता फार्मिस्ट जोन पेम्बरस्टोन हुन् । उनले १८८६ मा कोका र कोला नट मिलाएर बनाएका हुन् । कोक २०० मुलुकहरुमा बिक्री हुन्छ । कोकलाई स्वास्थ्यबर्धक खाउँ खाउँ लाग्ने, खाएको पचाउने, तागतिलो आदि प्रचार प्रसार गर्न बहु चर्चित प्रभावकारी कलाकारद्वारा विज्ञापन गरिन्छ ।
पुँजीपतिहरुले विज्ञापनको घेरा यति विस्तृत गरेका छन् कि बालबालिका, युवायुवती वृद्धबृद्धा, महिलाका अंगप्रत्यंक विशेष गरेर मनोवैज्ञानिक रुपले नग्न यौन उत्तेजक गर्ने हाउभाउ पनि विज्ञापनका विषय बनाउनु पुँजीवादी दर्शनको (यौनवादी) विशेषता हो । पुँजीवादले मानव मस्तिष्कलार्य सिर्जनशीलता, सामूहिकता,सर्वहारावादी मानवतालाई समूल नष्ट गर्न यौनवादी दर्शन, गीत संगीत, नृत्य साहित्य आदिद्वारा भ्रष्टीकरण गर्दै आएका छन् । सर्वहारावादी जीवनदर्शनलाई विस्थापित गर्न पुँजीवादी जीवनर्शन भनेको पुँजीवाद–नाफा, यौन, शराव, मुद्रा, मानव श्रमशक्तिको चरम शोषण उत्पीडन, दमन र अपमान हो । पुँजीवादको अर्को नाम व्यक्तिवाद हो । अरबौंपति जेफ्री इप्स्टिनले यौनसम्बन्धी क्रियाकलाप गर्ने, नाबालिक ब्राजिल, द. अमेरिका रुस आदि मुलुकहरुबाट ल्याएर अपहरण गरेर यौन हिंसा गर्ने गराउने गर्दथे । यौन दुराचार गर्नेमा शाही परिवारको सदस्यहरुदेखि अर्बौंपति बिलगेट अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आदि अनेकौं विश्वका धनाढ्यहरु संलग्न थिए । ३० लाख भन्दा बढी पेजको इप्स्टिनको फाइलले पुँजीवादी जगतको वास्तविक घिनलाग्दो अपराधिक कुकर्मको पोल खोल्दछ । ट्रम्पले यो फाइल नखोल्न दबाब दिए तापनि खोलिन लागेको छ ।
पुँजीवादी विज्ञापनभित्र जस्तोसुकै मानव स्वास्थ्यलाई घातक असर गर्ने भए पनि स्वास्थ्यवर्धक भनेर विज्ञापन गरिन्छ । को को कोला के साँच्चिकै हानिरहित पेय हो त भन्ने प्रश्न छ त्यसबारे विज्ञहरुका अनुसार गुलियो ज्यादा हुनाले मोटोपन बढाउने, टाइप २ को सुगर हुने, दाँत खराब हुने अनुसन्धानले के देखायो भने एक (क्यान) ३५५ एमएल कोकोकोला खायो भने एक घण्टामै शरीरलाई खराब गर्छ । विश्वमा १८४००० मानिसको यस्ता चिनीयुक्त पेयपदार्थको सेवनले मृत्यु हुने गरेको छ ।
इन्फोग्राफिकद्वारा ब्रिटिश फार्मिष्ट निरज नायकले कोकको अत्यधिक चिनीको गुलियोपनले गर्दा ज्यादै खायो भने बान्ता हुनेर रगतमा चिनीकोस्तर २० मिनेटमै नाटकीय रुपले बढ्छ । कलेजोमा ठूलो मात्रामा चिनी जम्मा हुन्छ र बोसोमा परिणत हुन्छ । कोकोकोलाले वार्षिक ४ अरबदेखि १० अरब अमेरिकी डलरसम्म विज्ञापनमाखर्च गर्छ । विश्वमा सबैभन्दा ठूलो रकम विज्ञापनमा (२०२४–२०२५) मा आधारित) अमेजनले २१.४ अरब अमेरिकी डलर खर्च ग¥यो । उपभोगमा गरिने विज्ञापन भन्दा स्वास्थ्य कम्पनीहरुले सबैभन्दा बढी विज्ञापनमा ३० अरब अमेरिकी डलर खर्च गर्छन् । औषधि उत्पादक कम्पनीहरुले यति ज्यादा नाफा कमाउँछन् कि त्यो कल्पना पनि गर्न सक्दैन । स्वास्थ्य सम्बन्धी उपकरणहरु र औषधिको मूल्यमा नाफा ७०–८० प्रतिशत या असीमित हुन्छ ।
औषधि उत्पादक कम्पनीहरुले आप्mना औषधि बिकाउन सिफारिस गर्ने डाक्टरहरुलाइ विदेश भ्रमण निःशूल्क, महंगा गाडी, फ्रिज बोनस आदि अनेकौं सुविधा दिन्छन् । यसकारण नेपाल जस्ता देशका डाक्टरहरुले (अपवादलाई छाडेर) एन्टी बायोटिक औषधि नै चारथरी खान सिफारिस गरेको पाइन्छ । ज्यादै प्रचलनमा रहेका विश्वबजारमा (१)हाइड्रो कोडिन जुन पहिलो १९२३ मा पेटेन्ट गरिएको थियो र पछि २०१३ मा स्वीकृत गरिएको थियो । (२) मेटफोर्मिन (३) लोसार्टान (४) एन्टिवायोटिकस (४ अबलुटोरोल (५) एन्टिथिस्टामिन्स (६) गाबापेन्टिन (७) ओमे प्राजोल औषधि उत्पादकहरुमा संयुक्त राज्य एक नम्बरमा पर्छ । सदाबहार विश्वव्यापी रुपमा बिक्री हुने औषधिमा हुमिरा र लिपिटोर छन् । दोस्रोमा चीन पर्छ ।
विश्वमा प्रमुख ठूला औषधि उत्पादकमा (क) फाइजर (ख) मेर्क (ग) जोन्सन आइण्ड जोन्सन (घ) रोची आदि छन् । कोभिड १९ को समयमा फाइजरले विश्वव्यापी रुपमा फैलिएको कोभिडको भ्याक्सिन उत्पादन गरेर बिक्री गरेर चोखो नाफा ३५ अरब अमेरिकी डलर कमायो । जबकि यसको प्रयोग लामो समय परीक्षण नगरीकनै मानिसमाथि प्रयोग ग¥यो । जसको प्रयोगले कैयौंले सास्ती भोगेर मृत्युवरण गरे । भ्याक्सिनको प्रयोग गर्नेहरुले छाती दुख्ने सास फेर्न असजिलो हुने , ज्वरो आउने, मुटुको ढुकढुकी बढ्ने, थकित हुने मुखमा स्वाद हराउने, डिप्रेसनले सताउने, जिउ दुख्ने, टाउको दुख्ने र मुटु बन्द हुने, रगत जम्ने आदि असर ग¥यो ।एलोप्याथी औषधिले रोग निको पार्ने नभएर रोगलाई दबाउने काम गर्छ । यसकारण जन जिब्रोमा दबाई भनिन्छ । आजीवन औषधिहरु सेवन गर्नुपर्ने र त्यसको घातक असर पनि रोगीले सहनुपर्ने बाध्यता रहेको छ । चिरफारको कैयौं क्षेत्रहरुमा राम्रो प्रगति पनि गरेको छ ।
विश्वमा एलोप्याथी मात्र रोगको उपचार नभएर अनेकौं उपचार पद्धति प्रयोगमा छन् । नेपाली तथा भारतीयहरुमा भान्सामा रहेका तरकारीका मसला जीरा, धनियाँ, मेथी, सुप आदिले कैयौंथरी उपचार सहरी तथा ग्रामिण क्षेत्रहरुमा गरिन्छ । नेपालमा एलोप्याथिक औषधिबाहेक झारपात, जडीबुटीहरुले आयुर्वेदिक औषधिहरु गरिन्छ । एलोप्याथीले किटाणु विषाणुद्वारा शरीरमा रोग लाग्छ भन्छ भने आयुर्वेदले वायु, कफ र पित्तलाई रोगको कारण बताउँछ । आयुर्वेदका जन्मदाता धन्वन्तरीलाई भनिन्छ । यो होमियोप्याथी पनि केही जनमानसमा वैज्ञानिक उपचार पद्धति हो भन्ने विश्वास छ । यसका जन्मदाता सामूल हनिम्यान हुन् । उनले सन् १७९० तिर एलोप्याथिकको विकल्पको रुपमा ल्याएका हुन् । होमियोप्याथी औषधि (साइडइफेक्ट) ले कुनै खराब असर गर्दैन । यस पद्धतिमा रोगको लक्षण अनुसार उपचार गरिन्छ र विस्तृत रुपमा अनुसन्धान गरेर उपचार गरिन्छ । होमियोप्याथी औषधिले पनि कतिपय दुसाध्य रोगहरुलाई निको पार्दछ । रोगको जरैदेखि उन्मूलन गर्ने हुनाले पुनःबल्झिदैन । यो उपचार पद्धति वैश्विक रुपमा सात वटा मुलुकमा क्लिनिक छन् । यो पद्धतिले कपाल झरेको ठाउँमा पुनः विनासर्जनरी रौं उमार्छ, छालाको समस्या, स्वाँस प्रश्वासको समस्या महिलाहरुको महिनावारी गडवड बन्द हुने सुक्ने, बच्चाहरुमा हुने एलर्जी, टन्सिल, ओछ्यानमा पिसाव गर्नु, निम्न रोग प्रतिरोध भएका आदि छन् । सुगर र तौल घट्ने, मानसिक रोग आदि छन् । यो होमियोप्याथीलाई एलोप्याथी उपचारकहरुले हावाको औषधि भनेर भन्छन् ।
विश्वमा विभिन्न खाले उपचार पद्धति छन् । चीनमा आकुपंचर तथा अन्य पद्धतिलाई विकल्पको रुपमा प्रयोग गरेर उपचार गर्दछन् । अर्थात् जडीबुटीद्वारा आयुर्वेदिक उपचार पद्धति अपनाइन्छ । युनानी औषधोपचारदेखि स्टिमसेल जेनेटिक इन्जिनियरिङ र आम्ची सोवा रिग्पा अथवा पारम्परिक तिब्बती उपचार पद्धति हो । जुन तिब्बत, नेपाल र भुटानमा प्रचलित छ । यो आम्ची पद्धतिले पनि वाथ, कफ र पित्तलाई सन्तुलनमा राख्ने र जडीबुटी र खनिज पदार्थ पनि प्रयोग हुन्छ । प्राकृतिक उपचार पद्धति र योग र हस्तमुद्राले पनि एलोप्याथी उपचारले निको पार्न नसकेका जटिल रोगहरुलाई निको पारिरहेका छन् । एलोप्याथ उपचारकहरुले एलोप्याथिक उपचारको विकल्प अरु कुनै उपचार पद्धतिलाई अस्वीकार गर्छन्, “जुन विल्कुलै गलत सोच हो । यी बैकल्पिक उपचार पद्धति पछि पर्नुमा अध्ययन अनुसन्धान र विज्ञापनमा पछि पर्नु हो ।
प्रमुख विज्ञापनका किसिमहरुः
(१) डिजिटलः अनलाइन विज्ञापन जसमा सामाजिक सञ्जालको विज्ञापनमा इस्टाग्राम, फेसबुक, छन् भने सर्च इन्जिन मार्केटिङ (एसइएमा डिस्प्ले विज्ञापन, इमेल मार्केटिङ ।
(२) छापिने विज्ञापन जसमा पत्रपत्रिकाका विज्ञापन, म्यागेजिनहरु, पुस्तिका, पर्चा र (डाइरेक्टरी) निर्देशिकाहरु ।
(३) प्रसारण विज्ञापन –व्यापरिक टेलिभिजन, रेडियो, दृश्य श्रव्य, युटुव, फेसबुक र टिकटक ।
(४) घर बाहिरको –विज्ञापन जसमा बील बोर्ड, एक ठाउँबाट अर्को ठाउँ जाने बस, रेल र सार्वजनिक ठाउँहरुमा राखिने पोस्टर तथा होर्डिङ बोर्डहरु ।
(५) विशेष खालका विज्ञापन–जसमा उत्पादन रोजगारी सिफारिस स्थान । गोप्य विज्ञापन ।
६) प्वाइन्ट–अफ–सेन विज्ञापन भनेको विभिन्न व्यापारीहरुले ग्राहकले खरिद वा उपभोग गरेका (माल) वस्तु तथा सेवा विभिन्न कार्डहरुद्वारा प्राप्त गर्ने व्यवस्था ।
आजको विकसित विज्ञापनको प्रारम्भ हजारौं वर्ष पहिले भएको भनिएतापनि पनि ३००० इसापूर्व इजिप्टमा भएको थियो । यो पानीमा उब्जने वनस्पतिबाट बनाइएको कागज पेपिरसमा इजिप्टेलीहरुले भित्तामा पोस्टरहरु टाँसेर व्यापारिक सन्देशहरु लेखिएका हुन्थे । १७ औं शताब्दीमा बेलायतको लण्डनमा साप्ताहिक खबर पत्रिका प्रकाशित भएको थियो । त्यसपत्रिकाले विज्ञापनहरु प्रकाशित गर्न थाल्यो । १८ औं शताब्दीमा विज्ञापनले फड्को मा¥यो । यस भन्दा पहिले इजिप्सियनहरु पेपिरसलाई सन्देशहरु, भित्ते पोस्टर र राजनैतिक प्रचारहरु पोम्पैको भग्नावशेष र अरेवियामा पाइएको थियो । हराएका र पत्ता लागेका विज्ञापनहरु प्राचीन ग्रीक र प्राचीन रोममा पाइनु सामान्य थियो । भित्ता र चट्टानमा व्यापारिक विज्ञापन आज भोलिको एसिया, अफ्रिका र द. अमेरिकाका विभिन्न भागहरुमा पाइन्छन् ।
उपरोक्त विवरणले पुँजीवादको विज्ञापनसँग कति र कस्तो घनिष्ठ सम्बन्ध सम्बन्ध छ भन्ने पुष्टि हुन्छ र विज्ञापनको उद्देश्य नै नाफा हो । जति व्यापक विज्ञापन त्यति ज्यादा मुनाफा अथवा पुँजीवादको नाफा प्राण हो । यसकारण विज्ञापनले गलत उपभोक्तावादी बनाउने र अल्सी, सिर्जनशीलताविहीन हुनु हो । उपभोग्य खाद्यवस्तुहरुलाई धेरै समयसम्म जोगाई राख्ने घातक रासायनिक पदार्थ प्रयोग भएका हुनाले विभिन्न खाले रोगहरु ननिम्त्याउन उपभोक्ता नहुनु नै बुद्धिमानी हुन्छ । जति धेरै रोगी जनता हुन्छन् । त्यति ज्यादा डाक्टरहरुको आम्दानी बढ्छ र औषधि उत्पादक कम्पनीहरुको नाफा पनि दिन दुना रात चौगुनाले बढ्छ ।

