काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको मुखपत्र ‘कम्युनिस्ट’ अङ्क १ , (२०८२ फागुन) प्रकाशित भएको छ। क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको राष्ट्रिय एकता महाधिवेशन ०८१ देखि मंसिर १३ देखि २३ गतेसम्म कीर्तिपुरमा सम्पन्न भएको थियो। राष्ट्रिय एकता महाधिवेशन सम्पन्न भएपछि पहिलोपटक पार्टीले आफ्नो केन्द्रीय मुखपत्र प्रकाशित गरेको छ। ७४ पृष्ठको यस मुखपत्रमा केन्द्रीय नेताहरूको लेखहरूलाई महत्वका साथ प्रकाशित गरिएको छ। जसमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव गौरवको लामो अन्तर्वार्ता अग्रभागमा राखिएको छ। “राष्ट्रिय स्वाधीनताको रक्षाका लागि स्वाधीन संयुक्त सरकारको नारा अगाडि सारेका छौं” भन्ने शीर्षकमा उक्त अन्तर्वार्ता प्रकाशित गरिएको छ। राजबिरले “पार्टीमा देखिएका संगठनसम्बन्धी समस्या र चुनौतीहरू”, प्रतिकले “राष्ट्रिय एकता महाधिवेशन र त्यसपछिका गतिविधिहरू”,असिमले “जेन्जी विद्रोहबारे ”, सुदर्शनले “संसदीय चुनाव बहिष्कार सम्बन्धमा ”,बसन्तले “अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका सम्भावना र चुनौतीहरू”, एसतीले “नेपालको अर्थ– सामाजिक अवस्था र सामाजिक क्रान्ति”, प्रीतमले “साम्राज्यवादी सङ्कट र क्रान्तिकारीहरूको भूमिका” शीर्षकमा लेखेका लेखहरू प्रकाशित गरिएको छ । प्रकाशनमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल केन्द्रीय कार्यालयबाट २०८१ मङ्सिर २५ गतेदेखि २०८२ फागुन १ गते सम्मको प्रेस वक्तव्यहरुलाई पनि संकलन गरी प्रकाशित गरिएको छ। क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको आन्तरिक प्रकाशन विभागले प्रकाशित गरेको मुखपत्र ‘कम्युनिस्ट’ को बिक्री मूल्य रु १५० राखिएको छ। कागजको स्तर र कभरको साज सज्जा आकर्षक छ ।पठनयोग्य सामग्री प्रकाशित भएको छ ।
यस मुखपत्रको प्रकाशकीयमा लेखिएको छ, “क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको मुखपत्र कम्युनिस्टको पहिलो अङ्क प्रकाशित हुन गइरहेको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी ), नेपाल कम्युनिस्ट पार्टी (बहुमत) र नेपाल कम्युनिष्ट पार्टी (मशाल) का बीच एकता भएर बनेको पार्टी हो। यो एकता एकैपटक भएको भने होइन । पहिले २०८० वैशाख १८ गते नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेपाल कम्युनिष्ट पार्टी (बहुमत)को बीचमा एकता भएर क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निर्माण भएको थियो । २०८१ वैशाख १९ गते क्रान्तिकारी कम्युनिष्ट ‘।।नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादीको मुखपत्र माओवादी थियो भने नेकपा बहुमतको मुखपत्र बहुमत थियो। पहिलो एकतापछि पार्टीको मुखपत्र “माओवादी” नै बनाउने निर्णय भयो र त्यसको अङ्क १७ प्रकाशित पनि भयो। तर नेपाल कम्युनिस्ट पार्टी (मशाल)को मुखपत्र ‘मशाल’ नै थियो । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेपाल कम्युनिष्ट पार्टी (मशाल)का बीचमा एकता भएपछि मुखपत्रको विषयमा कुनै निर्णय भएको थिएन । २०८२ मंसिर १६ र १७ गते बसेको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले पार्टीको मुखपत्रको नाम ‘कम्युनिस्ट’ राख्ने निर्णय गर्यो । मुखपत्रमा सम्पादकीय स्तम्भ “साम्राज्यवाद र तिनका दलालका योजना प्रास्त गरौँ, स्वाधीन संयुक्त सरकार गठन गरौँ! भन्ने राखिएको छ ।

